शुक्रवार, माघ ०५ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २२:०७

आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते बिदा दिइए सँगै राष्ट्रिय एकता दिवस मनाइँदैछ । पिता नरभूपाल शाह र माता कौशल्यावतीको कोखबाट विसं १७७९ पुस २७ गते शाहको जन्म भएको थियो । 
 
विसं १८२५ असोज १३ गते इन्द्रजात्राका बेला श्रीकुमारी रथमा आरुढ मल्ल राजा जयप्रकाश मल्ललाई यसै दिन गोर्खाली फौजले काठमाडौँ आक्रमण गरेर काठमाडौँमाथि विजय प्राप्त गरेपछि शाह सिंहासनमा बसेका थिए । विसं २०६२ सालसम्म सरकारले यसै दिन राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउँदै आएको भए पनि विसं २०६३ को तेस्रो जनआन्दोलनपछि सार्वजनिक बिदासमेत कटौती गरेर जयन्ती मनाउन छोडेको थियो । 
 
राष्ट्रिय सङ्ग्रहालय छाउनीमा एकीकरण झल्काउने सामग्री राखिएको छ । नेपाल एकीकरण गर्दा प्रयोग गरेका हातहतियार तथा युद्ध सामग्री, गोरखा सङ्ग्रहालयमा रहेको शाहको विनयमुद्राको शालिक, छाउनीस्थित सैनिक सङ्ग्रहालयमा रहेको पृथ्वीनारायण शाहका पुर्खा सिन्चा खाँ र मिन्चा खाँसहितको वंशावली विवरण, कँडेल्चोक भगवती, हनुमानढोकामा रहेको पृथ्वीनारायणको सालिक र सिंहदरबार पश्चिम प्रवेशद्वार सामुन्ने रहेको शाहको पूर्णकदको सालिकलाई अवलोकन तथा माल्यार्पण गरेर दिवस मनाइँदैछ । 
 
‘घूस लिने र दिने दुवै देशका महाशत्रु हुन्’ भन्ने शाहको उद्गारलाई यसै दिन संस्मरण गरेर वर्षभरि नै सदाचार र सुशील जीवनयापनको प्रतिज्ञा गर्ने गरिन्छ । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
451.   भूकम्पपीडितलाई मिडिल इस्टको सहियोग
452.   राहत वितरणमा अनियमितता र पक्षपात गर्नेलाई कारबाही
453.   फेसबुकको सेफ्टी चेक
454.   भुकम्प पीडितलाई प्रभा एलुम्नार्ईको सहयोग
455.   भुकम्प पिडितलाई आकर्षणको सहयोग
456.   बैदेशिक रोजगार व्यवसायीले ६५ लाख राहत उठाए
457.   सिनामंगल क्षेत्रका वैदेशिक रोजगार व्यवसायीहरुद्धारा सिन्धुपाल्चोकमा राहत प्रदान
458.   वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बाटाजुको निधन
459.   वैदेशिक रोजगारीमा ठगिएपछि हत्याको योजना बनाउने समुह पक्राउ
460.   निगमको दोश्रो जहाज आउँदै
461.   वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा पोखरेलको उम्मेदवारी घोषणा
462.   २२ मुलुकमा श्रम सहचारी प्रस्ताव
463.   कतारमा नेपाली कामदारको सुरक्षामा ध्यान दिन आग्रह
464.   बहराइनका श्रम बजार नियमन प्रमुख नेपालमा
465.   नीजि क्षेत्रलाई भिषाको काम गर्न नदिन श्रम समितिको निर्देशन
466.   ठग दम्पतिलाई पीडितले बुझाए विभागमा
467.   कोरियाले यस वर्ष बढायो कोटा
468.   कोरियन भाषा परीक्षा जेठमा
469.   बन्दिपुरमा ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
470.   बन्दिपुरमा ३ दिने निशुल्क स्वास्थ्य शिविरको उदघाटन
471.   वैदेशिक रोजगारमा हुनेको बेलैमा एमआरपी बनाइसक्न गाह्रो
472.   विवादका बीच सभासदहरु विदेश उडदै
473.   एनआरएनले संचालन गरेका व्यवसायमा महिला सशक्तिकरण बनाइने
474.   आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
475.   विमान हट्यो, अन्तर्राष्ट्रिय उडान आजै हुने
Results 633: You are at page 19 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media