शुक्रवार, माघ ०५ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २२:०७

आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते बिदा दिइए सँगै राष्ट्रिय एकता दिवस मनाइँदैछ । पिता नरभूपाल शाह र माता कौशल्यावतीको कोखबाट विसं १७७९ पुस २७ गते शाहको जन्म भएको थियो । 
 
विसं १८२५ असोज १३ गते इन्द्रजात्राका बेला श्रीकुमारी रथमा आरुढ मल्ल राजा जयप्रकाश मल्ललाई यसै दिन गोर्खाली फौजले काठमाडौँ आक्रमण गरेर काठमाडौँमाथि विजय प्राप्त गरेपछि शाह सिंहासनमा बसेका थिए । विसं २०६२ सालसम्म सरकारले यसै दिन राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउँदै आएको भए पनि विसं २०६३ को तेस्रो जनआन्दोलनपछि सार्वजनिक बिदासमेत कटौती गरेर जयन्ती मनाउन छोडेको थियो । 
 
राष्ट्रिय सङ्ग्रहालय छाउनीमा एकीकरण झल्काउने सामग्री राखिएको छ । नेपाल एकीकरण गर्दा प्रयोग गरेका हातहतियार तथा युद्ध सामग्री, गोरखा सङ्ग्रहालयमा रहेको शाहको विनयमुद्राको शालिक, छाउनीस्थित सैनिक सङ्ग्रहालयमा रहेको पृथ्वीनारायण शाहका पुर्खा सिन्चा खाँ र मिन्चा खाँसहितको वंशावली विवरण, कँडेल्चोक भगवती, हनुमानढोकामा रहेको पृथ्वीनारायणको सालिक र सिंहदरबार पश्चिम प्रवेशद्वार सामुन्ने रहेको शाहको पूर्णकदको सालिकलाई अवलोकन तथा माल्यार्पण गरेर दिवस मनाइँदैछ । 
 
‘घूस लिने र दिने दुवै देशका महाशत्रु हुन्’ भन्ने शाहको उद्गारलाई यसै दिन संस्मरण गरेर वर्षभरि नै सदाचार र सुशील जीवनयापनको प्रतिज्ञा गर्ने गरिन्छ । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
376.   भ्रष्टाचार सूचकांकमा नेपाल चार स्थान तल
377.   गोरखाको आरु पोखरीमा न्यानो कपडा वितरण
378.   अख्तियारले इन्धन वितरण पारदर्शी बनाउन निर्देशन
379.   अमेरिका जाँदै गरेका २० नेपाली विद्यार्थी फर्काइए
380.   ११ बर्षपछि कै तेलको मूल्यमा गिरावट
381.   नाटा निर्वाचनमा धाख्वा समूहको उम्मेदवारी घोषणा (प्रतिवद्धतासहित)
382.   पुनर्निर्माण प्राधिकरणको तीन महिने कार्ययोजना
383.   पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिबश भव्यरुपमा सम्पन्न (फोटोफिचरसहित)
384.   श्रम सम्झौतालाई तीब्रता दिन्छौ : मन्त्री बोहरा
385.   संचारकर्मी खडकालाई वैदेशिक रोजगार पत्रकार समाजको सहयोग
386.   विश्वका भ्रमणयोग्य मुलुकको सूचीमा नेपाल पहिलो
387.   राजदूत नियुक्त गर्न पहल शुरु
388.   भुकम्पले क्षतिग्रस्त विद्यालय पुननिर्माणका सहयोगी हातहरु सम्मानित
389.   शुक्रवारदेखि लोडसेडिङ बढ्यो (तालिकासहित)
390.   श्रम तथा रोजगार मन्त्रीमा बोहोरा
391.   साउदीमा बन्धक बनाइएका नेपालीको उद्धार हुन सकेन
392.   काठमाडौंमा महंगी बढ्यो
393.   भारतीयलाई नेपालीको सहयोग
394.   साउदी अरबले एक करोड लिटर इन्धन नेपाललाई दिने
395.   डान्सबारमा काम गर्न हिडेका १ सय ७८ लाई तातोपानी नाकाबाट फर्काइयो
396.   क्यान्सर रोगी थापालाई हङकङका नेपालीको सहयोग
397.   लाइसेन्स मात्र होइन ब्लु–बुकलाई पनि स्मार्ट कार्डमा रुपान्तरण गरिने
398.   प्रवासी श्रमिकका समस्याप्रति साउदी अरबमा चिन्ता
399.   ‘बाँच्न र पढ्न देऊ’ भन्दै चक्रपथमा मानव साङ्लो
400.   युएईको एनएमसी ग्रुपद्वारा ५ करोडको औषधि हस्तान्तरण
Results 633: You are at page 16 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media