शुक्रवार, बैशाख १४ गते, २०७५
विहिवार, २०७४ पुस २७ गते २२:०७

आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते बिदा दिइए सँगै राष्ट्रिय एकता दिवस मनाइँदैछ । पिता नरभूपाल शाह र माता कौशल्यावतीको कोखबाट विसं १७७९ पुस २७ गते शाहको जन्म भएको थियो । 
 
विसं १८२५ असोज १३ गते इन्द्रजात्राका बेला श्रीकुमारी रथमा आरुढ मल्ल राजा जयप्रकाश मल्ललाई यसै दिन गोर्खाली फौजले काठमाडौँ आक्रमण गरेर काठमाडौँमाथि विजय प्राप्त गरेपछि शाह सिंहासनमा बसेका थिए । विसं २०६२ सालसम्म सरकारले यसै दिन राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउँदै आएको भए पनि विसं २०६३ को तेस्रो जनआन्दोलनपछि सार्वजनिक बिदासमेत कटौती गरेर जयन्ती मनाउन छोडेको थियो । 
 
राष्ट्रिय सङ्ग्रहालय छाउनीमा एकीकरण झल्काउने सामग्री राखिएको छ । नेपाल एकीकरण गर्दा प्रयोग गरेका हातहतियार तथा युद्ध सामग्री, गोरखा सङ्ग्रहालयमा रहेको शाहको विनयमुद्राको शालिक, छाउनीस्थित सैनिक सङ्ग्रहालयमा रहेको पृथ्वीनारायण शाहका पुर्खा सिन्चा खाँ र मिन्चा खाँसहितको वंशावली विवरण, कँडेल्चोक भगवती, हनुमानढोकामा रहेको पृथ्वीनारायणको सालिक र सिंहदरबार पश्चिम प्रवेशद्वार सामुन्ने रहेको शाहको पूर्णकदको सालिकलाई अवलोकन तथा माल्यार्पण गरेर दिवस मनाइँदैछ । 
 
‘घूस लिने र दिने दुवै देशका महाशत्रु हुन्’ भन्ने शाहको उद्गारलाई यसै दिन संस्मरण गरेर वर्षभरि नै सदाचार र सुशील जीवनयापनको प्रतिज्ञा गर्ने गरिन्छ । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
351.   विदेशबाटै बढी पेन्सन बुझ्छन् नेपाली
352.   त्रिभुवन विमानस्थलमा साँढे सात गुणा महंगी
353.   हुण्डी ब्यापारी पक्राउ
354.   राष्ट्र बैंकको कार्यक्रममा अनिवार्य उपस्थित हुन अध्यक्ष मल्लको आग्रह
355.   स्वास्थ्य मन्त्री थापाको पहिलो निर्णय : बैदेशिक रोजगारीमा जाने कामदारलाई गलत रिपोर्ट दिनेलाई कारवाही गरिने
356.   ब्राजिलका लागि पोखरेल राजदूत नियुक्त
357.   रोजगार मिडियाकर्मी गिरीलाई पितृ शोक
358.   भारतले १७ वटा दमकल दिदै
359.   सवारी लाइसेन्सका लागि थप तीन कार्यालय खुल्दै
360.   रोज ब्युटिपार्लरको तीज विशेष कार्यक्रम
361.   मानव तस्करमा पूर्व सांसद
362.   कुलेश्वर पोलिक्लिनिकको निःशुल्क मधुमेह परीक्षण र रक्तदान कार्यक्रम सम्पन्न
363.   युवती बेच्न खोज्नेलाई १० वर्ष कैद र ५० हजार जरिवाना
364.   राजदूतको सिफारिस फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
365.   राजनैतिक भागबण्डाका राजदूत सिफारिस फिर्ता
366.   रोटरी क्लव अफ राजधानीद्धारा वृक्षारोपण
367.   भुईंचालोले घर भत्कियो, तर मन भत्किन दिएनन् कोइराला दम्पतीले ।
368.   गभर्नरद्धारा मौद्रिक नीति सार्बजनिक
369.   डा. केसीले आठौं पटक अनसन थाले
370.   राहदानी वितरणमा नयाँ आयाम, अब दश मिनेटमै राहदानी
371.   विमानस्थलमै डलर तस्करीमा
372.   त्रिभुवन विमानस्थलमा फेसबुक र युट्युब प्रतिवन्धित
373.   धुर्मुसको हातमा हाराबारा
374.   नेशनल टेक्नोलोजिकल फेस्टिभल २०१६ हुँदै
375.   अफगानिस्तानमा मारिएका १३ नेपालीका परिवारलाई सरकारले १० लाख दिने
Results 686: You are at page 15 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media