शुक्रवार, माघ ०५ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २२:०७

आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते बिदा दिइए सँगै राष्ट्रिय एकता दिवस मनाइँदैछ । पिता नरभूपाल शाह र माता कौशल्यावतीको कोखबाट विसं १७७९ पुस २७ गते शाहको जन्म भएको थियो । 
 
विसं १८२५ असोज १३ गते इन्द्रजात्राका बेला श्रीकुमारी रथमा आरुढ मल्ल राजा जयप्रकाश मल्ललाई यसै दिन गोर्खाली फौजले काठमाडौँ आक्रमण गरेर काठमाडौँमाथि विजय प्राप्त गरेपछि शाह सिंहासनमा बसेका थिए । विसं २०६२ सालसम्म सरकारले यसै दिन राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउँदै आएको भए पनि विसं २०६३ को तेस्रो जनआन्दोलनपछि सार्वजनिक बिदासमेत कटौती गरेर जयन्ती मनाउन छोडेको थियो । 
 
राष्ट्रिय सङ्ग्रहालय छाउनीमा एकीकरण झल्काउने सामग्री राखिएको छ । नेपाल एकीकरण गर्दा प्रयोग गरेका हातहतियार तथा युद्ध सामग्री, गोरखा सङ्ग्रहालयमा रहेको शाहको विनयमुद्राको शालिक, छाउनीस्थित सैनिक सङ्ग्रहालयमा रहेको पृथ्वीनारायण शाहका पुर्खा सिन्चा खाँ र मिन्चा खाँसहितको वंशावली विवरण, कँडेल्चोक भगवती, हनुमानढोकामा रहेको पृथ्वीनारायणको सालिक र सिंहदरबार पश्चिम प्रवेशद्वार सामुन्ने रहेको शाहको पूर्णकदको सालिकलाई अवलोकन तथा माल्यार्पण गरेर दिवस मनाइँदैछ । 
 
‘घूस लिने र दिने दुवै देशका महाशत्रु हुन्’ भन्ने शाहको उद्गारलाई यसै दिन संस्मरण गरेर वर्षभरि नै सदाचार र सुशील जीवनयापनको प्रतिज्ञा गर्ने गरिन्छ । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
326.   गिरानचौर एकिकृत वस्ती निर्माणमा लायन्स क्लब अफ टेम्पलद्धारा सहयोग
327.   कृषियोग्य जमिन बाँझो राख्न नपाइने
328.   अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवद्र्धनको तयारी
329.   खाडीका अस्पतालमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन संसदीय समितिको निर्देशन
330.   अध्यागमन विभागले मेसिन रिडेबल भिसा जारी गर्दै
331.   ग्रिनसिटी अस्पतालले एनआरएनको लगानी ल्यायो
332.   नेपालमा प्रत्येक वर्ष धूम्रपानका कारण पन्ध्र हजारको मृत्यु
333.   वैदेशिक रोजगार विभागको महानिर्देशकबाट बोगटीलाई हटाइयो
334.   कुलेश्वर पोलिक्लिनिकद्वारा निःशुल्क थाइराइड परीक्षण
335.   राहदानी अब एक दिनमै बन्ने
336.   विदेशी नागरिक आन्दोलनमा सरिक भए कारवाही
337.   अमेरिका भिषाका लागि बैंक स्टेटमेण्ट र लालपूर्जा नचाहिने
338.   संखुवासभाली सांसद खड्काले एनसेलको सिम नचलाउने
339.   काठमाडौंमा युएईले संचालनमा ल्यायो दूतावास
340.   नक्क्ली कागजातमा महिला कामदार उडाउँदै विभागका कर्मचारी
341.   रोटरी क्लव अफ राजधानीद्धारा कमला – कृष्ण छात्रवृत्ति प्रदान ।
342.   २०७३/७४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने
343.   पत्रकारको न्यूनतम तलब अब १९ हजार पाँच सय
344.   दजाकोट अग्नि पिडितलाई लग्जम्बर्गमा सहयोग संकलन
345.   अमेरिकी डिभीको नतिजा आज
346.   ‘दुरगामी असर गर्छ भने फ्री भिसा फ्री टिकट पुनर्विचार गर’
347.   नेपाली कामदारको उद्धारका लागि आपतकालीन राहत कोषको व्यवस्था गर्न सरकारलाई निर्देशन
348.   ‘एक्सलेन्ट इन सर्भिस’ अवार्ड प्याकुरेललाई प्रदान
349.   २१ मुलुकका लागि राजदूत शिफारिस (सूचिसहित)
350.   नामिबियाविरुद्ध नेपालको दोश्रो जीत, विश्वकप छनोट खेल्ने सम्भावना बलियो
Results 633: You are at page 14 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media