शुक्रवार, बैशाख १४ गते, २०७५
विहिवार, २०७४ पुस २७ गते २२:०७

आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते बिदा दिइए सँगै राष्ट्रिय एकता दिवस मनाइँदैछ । पिता नरभूपाल शाह र माता कौशल्यावतीको कोखबाट विसं १७७९ पुस २७ गते शाहको जन्म भएको थियो । 
 
विसं १८२५ असोज १३ गते इन्द्रजात्राका बेला श्रीकुमारी रथमा आरुढ मल्ल राजा जयप्रकाश मल्ललाई यसै दिन गोर्खाली फौजले काठमाडौँ आक्रमण गरेर काठमाडौँमाथि विजय प्राप्त गरेपछि शाह सिंहासनमा बसेका थिए । विसं २०६२ सालसम्म सरकारले यसै दिन राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउँदै आएको भए पनि विसं २०६३ को तेस्रो जनआन्दोलनपछि सार्वजनिक बिदासमेत कटौती गरेर जयन्ती मनाउन छोडेको थियो । 
 
राष्ट्रिय सङ्ग्रहालय छाउनीमा एकीकरण झल्काउने सामग्री राखिएको छ । नेपाल एकीकरण गर्दा प्रयोग गरेका हातहतियार तथा युद्ध सामग्री, गोरखा सङ्ग्रहालयमा रहेको शाहको विनयमुद्राको शालिक, छाउनीस्थित सैनिक सङ्ग्रहालयमा रहेको पृथ्वीनारायण शाहका पुर्खा सिन्चा खाँ र मिन्चा खाँसहितको वंशावली विवरण, कँडेल्चोक भगवती, हनुमानढोकामा रहेको पृथ्वीनारायणको सालिक र सिंहदरबार पश्चिम प्रवेशद्वार सामुन्ने रहेको शाहको पूर्णकदको सालिकलाई अवलोकन तथा माल्यार्पण गरेर दिवस मनाइँदैछ । 
 
‘घूस लिने र दिने दुवै देशका महाशत्रु हुन्’ भन्ने शाहको उद्गारलाई यसै दिन संस्मरण गरेर वर्षभरि नै सदाचार र सुशील जीवनयापनको प्रतिज्ञा गर्ने गरिन्छ । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
226.   निर्वाचन गराउन दुई लाख कर्मचारी आवश्यक
227.   पुनर्निर्माणमा सक्दो सहयोग गर्न तयार छौं : विश्व बैंक
228.   चेपाङ समुदायको स्थलगत अवस्था बुझ्दै चितवन युवा समुह
229.   आज अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
230.   छोराले रेस्लिङ्ग जित्दा आमा रिङमा
231.   दुबई एयरपोर्टमा डोरीले बाँधेको लगेज प्रतिबन्धित
232.   लिस्नर्स क्लबले पर्यवेक्षण प्रतिवेदन बुझायो
233.   १२ मुलुकमा सिफारिस राजदूतको सुनुवाइका लागि सूचना प्रकाशित गरिने, लामाको नाम हटाइयो
234.   मलेसियाबाट नेपालसम्म रेलको प्रस्ताव
235.   नेपाल स्काउटको विवाद कायमै, पुनर्गठनमा सरोकारित निकाय मौन
236.   विदेशी लगानी भित्रयाउन आजबाट लगानी सम्मेलन हुँदै
237.   पोखरामा इण्डो–नेपाल रेस्लिङ शुरु
238.   मन्जिभसिंह बन्ने भए नेपालका लागि नयाँ भारतीय राजदूत
239.   निर्वाचन आचारसंहिता आजबाट लागू
240.   आजदेखि काठमाडौंमा थोत्रा गाडी नचल्ने
241.   'समस्यामा परेका कामदारको क्षतिपूर्ति दिलाउँदा म कसरी ठग भएँ ?’ आशा लामा
242.   शेर्पा समुदायको ग्याल्बो ल्होसार आज, विभिन्न कार्यक्रमसहित मनाइदै
243.   पोखराको जंगलमा इन्डो–नेपाल रेस्लिङ प्रतियोगिता हुदै
244.   सरकारले भूकम्प पीडितलाई चैत २६ मा १५ सय ट्याक्सी वितरण गर्ने
245.   लायन्स क्लब अफ काठमाडौं टेम्पलको ‘उज्यालो उत्सव २०७३’
246.   १४ मुलुकका लागि राजदूत सिफारिस
247.   सिन्धुलीको सितलपाटीमा विपी राजमार्ग अवरुद्ध
248.   मानव तस्करमा दक्षिणपुर्वी एसियालाई ‘ट्रान्जिट’
249.   श्रममन्त्री बनेपछि किन मलेसिया नै पुग्छन् ?
250.   अमेरिकामा सयौँ आप्रवासी पक्राउ, ३० लाख गैरकानुनी आप्रवासीमा त्रास
Results 686: You are at page 10 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media