शुक्रवार, माघ ०५ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते १९:५४

 
 
उत्तर अमेरिकामा रहेका  सम्पूर्ण तामाङहरुलाई एकीकृत गर्दै सहमति र सहकार्यबाट अब बन्ने नयाँ नेतृत्व आफूले सम्हाल्ने टिएसएका पूर्व अध्यक्ष भरत मोक्तानले बताएका छन् । 
 
आउँदो जनवरी १३ र १४ तारिखमा हुन लागेको पहिलो उत्तर अमेरिका तामाङ सम्मेलनमा सहभागी जनाउने प्रतिनिधि तथा पर्यवक्षेकहरुलाई न्यूयोर्कमा स्वागत गर्दै उनले उत्तर अमेरिकी  तामाङ सोसाइटीको अध्यक्ष पदका लागि आफनो उम्मेदवारी घोषणा गरेका छन् । उनले भने, 'मैले सोसाइटीमा काम गरेको अनुभवलाई आफनो समुदायको हितका लागि काम गर्नेछु । संसारभरि रहेका  तामाङ दाजुभाई तथा दिदिबहिनीहरुलाई आपसी सहकार्य कार्य गरि सिँगो  तामाङ समुदायकै भाषा, धर्म, संस्कृति र संस्कारलाई संरक्षण र सम्बद्र्धन गर्नका लागि योजनाबद्धढंगले कार्य योजना बनाउनेछु ।' 
 
अमेरिकाको विभिन्न राज्यमा रहेका तामाङहरुसँग आपसी भाइचारा, सहकार्यलाई अभिवृद्धि गर्दै नेपालमा रहेका तामाङहरुको शैक्षिक, सामाजिक, आिर्थक, राजनैतिकलगायतका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । 

 
'हाम्रो मौलिक भाषा, धर्म, संस्कृति र पहिचानलाई संरक्षण र प्रबद्र्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु ज्यादै चुनौति देखिएको छ । यसका लागि हाम्रा नयाँ पुस्तालाई अझ जिम्मेवारीबोध गराउनु हाम्रो दायित्व बनेको छ, उनले भने ।'
 
उत्तर अमेरिकी  तामाङ सम्मेलन नजिकिदै जाँदा सम्मेलनका सदस्य सचिव तथा टिएसएका पूर्व महासचिव लकेन लामाले पनि आफनो उम्मेद्धवारी दिएका छन् । न्यूयोर्क राज्यभित्रबाटै २ दजनाले नेतृत्वको दावी गर्दै उम्मेद्धवारी दिएको प्रसंगमा भरतले अग्रज तथा सम्मेलनमा सहभागी प्रतिनिधिलगायत सबै जनाको व्यापक छलफलबाट निचोड निकाली सहमति र सहकार्यबाट नेतृत्व चयन हुने दावी गरे । 
 
उत्तर अमेरिका सम्मेलनबाट एकताको सन्देश दिदैं संसारभरी छरिएर रहेका  तामाङहरुलाई पनि ऐतिहासिक सन्देश जाने भएकोले नयाँ नेतृत्व चयन गर्दा आपसी सहमति र सहकार्यबाट सक्षम र सवल नेतृत्व चयन हुनुपर्ने उनको जोड रहेको छ । 
 
आफू तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष हुँदा धेरै उपलब्धीमूलक सामाजिक कार्य गरेको उनको भनाई छ । उनले नियमित सांस्कृतिक कार्यक्रममा मात्र सीमित संस्थालाई युवा समुहको अवधारणा ल्याई सोसाइटीमा नयाँ आयाम र उर्जा थपेको बताए । उनले भने, 'मेरो कार्यकालमा धेरै उपलब्धीमूलक कार्यहरु भए । ती मध्ये सोसाइटीले आदिवासी जनजाति महासंघसँग आबद्धता जनायो, नेपाल र अमेरिकामा रहेका छात्रछात्राहरुलाई प्रोत्साहन कार्यक्रम र संस्थालाई १८ हजार डलर जम्मा गरेको दिएको हुँ ।'
 
मोक्तानले सबै अग्रज, अगुवा तथा सम्मेलनमा सहभागी दाजुभाई तथा दिदिबहिनीहरुलाई आपसी सहमतिका आधारमा सर्व सम्मतिले नेतृत्व चयन गर्नका लागि अनुरोध समेत गरे ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
76.   कास्की आदर्श सेवा समाज, कतारको भलिवल प्रतियोगिता सम्पन्न
77.   दूतावासमा दुखः पोख्दा किन हामीलाई दलाल भनिन्छ परराष्ट्र मन्त्री ज्यू ?
78.   थपलिया स्वीडेनको पर्यटनदूत
79.   रोजगारीका लागि कतार गएका नरेशकुमार ८ वर्षदेखि बेपत्ता
80.   काम गरेको पारिश्रामिक माग्दा साउदी जेलमा यातना भोग्दै एक नेपाली
81.   प्रवासी नेपाली मंच युएई आबुधाबी क्षेत्रीय समितिको आठौं अधिबेसन सम्पन
82.   नेपाली महिला समुह ओमानद्धारा अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न
83.   यूएईमा वेटरदेखि सेफ बनेका थापा
84.   युएईमा नेपाली स्वाद चखाउदै 'नेपालीको सगरमाथा रेष्टुरेण्ट'
85.   नारी दिवसमा एकता समाज कतारको बनभोज
86.   गोरखा सेवा समाज युएईको बनभोज कार्यक्रम सम्पन्न
87.   अमेरिकामा नेपाली विषयको पढाइ
88.   काम सिकेर आएमा युएईमा प्रशस्त अवसर छ
89.   प्रवासीतर्फ राप्रपा केन्द्रीय सदस्यमा कुँवरको उम्मेदवारी
90.   भिजिट भिषामा यूएई आउनेलाई व्यवस्थित गर्नु पर्ने माग
91.   जिल्ला समन्वय समिति कतारको अन्तरक्रिया सम्पन्न
92.   लेवनानबाट डिपोट भएका सुजना र रोजीको अपिल: ‘हामीलाई न्याय र फसाउनेलाई कारवाही होस्’
93.   कुवेतमा नेपाली दुताबासको हटलाइन सेवा सुरु
94.   मृतकको परिवारलाई युएर्इबाट सहयोग
95.   मोरङ्ग–सुनसरी कतारको अध्यक्षमा कार्की
96.   मलेसियामा भएको हिमालयन गोल्डकप फुटबलको उपाधि आयोजकलाई
97.   मलेसियामा हिमालय गोल्डकप फुटबलको उद्घाटन
98.   कतारमा अलपत्र परेका तीन नेपालीको उद्धार
99.   इजरायलको लागि जासूसी गरेको अभियोगमा लेबनानमा दुई नेपाली महिला पक्राऊ
100.   जनसम्पर्क समिति अष्ट्रेलियाद्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न
Results 354: You are at page 4 of 15
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media