शुक्रवार, माघ ०५ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते १९:५४

 
 
उत्तर अमेरिकामा रहेका  सम्पूर्ण तामाङहरुलाई एकीकृत गर्दै सहमति र सहकार्यबाट अब बन्ने नयाँ नेतृत्व आफूले सम्हाल्ने टिएसएका पूर्व अध्यक्ष भरत मोक्तानले बताएका छन् । 
 
आउँदो जनवरी १३ र १४ तारिखमा हुन लागेको पहिलो उत्तर अमेरिका तामाङ सम्मेलनमा सहभागी जनाउने प्रतिनिधि तथा पर्यवक्षेकहरुलाई न्यूयोर्कमा स्वागत गर्दै उनले उत्तर अमेरिकी  तामाङ सोसाइटीको अध्यक्ष पदका लागि आफनो उम्मेदवारी घोषणा गरेका छन् । उनले भने, 'मैले सोसाइटीमा काम गरेको अनुभवलाई आफनो समुदायको हितका लागि काम गर्नेछु । संसारभरि रहेका  तामाङ दाजुभाई तथा दिदिबहिनीहरुलाई आपसी सहकार्य कार्य गरि सिँगो  तामाङ समुदायकै भाषा, धर्म, संस्कृति र संस्कारलाई संरक्षण र सम्बद्र्धन गर्नका लागि योजनाबद्धढंगले कार्य योजना बनाउनेछु ।' 
 
अमेरिकाको विभिन्न राज्यमा रहेका तामाङहरुसँग आपसी भाइचारा, सहकार्यलाई अभिवृद्धि गर्दै नेपालमा रहेका तामाङहरुको शैक्षिक, सामाजिक, आिर्थक, राजनैतिकलगायतका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । 

 
'हाम्रो मौलिक भाषा, धर्म, संस्कृति र पहिचानलाई संरक्षण र प्रबद्र्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु ज्यादै चुनौति देखिएको छ । यसका लागि हाम्रा नयाँ पुस्तालाई अझ जिम्मेवारीबोध गराउनु हाम्रो दायित्व बनेको छ, उनले भने ।'
 
उत्तर अमेरिकी  तामाङ सम्मेलन नजिकिदै जाँदा सम्मेलनका सदस्य सचिव तथा टिएसएका पूर्व महासचिव लकेन लामाले पनि आफनो उम्मेद्धवारी दिएका छन् । न्यूयोर्क राज्यभित्रबाटै २ दजनाले नेतृत्वको दावी गर्दै उम्मेद्धवारी दिएको प्रसंगमा भरतले अग्रज तथा सम्मेलनमा सहभागी प्रतिनिधिलगायत सबै जनाको व्यापक छलफलबाट निचोड निकाली सहमति र सहकार्यबाट नेतृत्व चयन हुने दावी गरे । 
 
उत्तर अमेरिका सम्मेलनबाट एकताको सन्देश दिदैं संसारभरी छरिएर रहेका  तामाङहरुलाई पनि ऐतिहासिक सन्देश जाने भएकोले नयाँ नेतृत्व चयन गर्दा आपसी सहमति र सहकार्यबाट सक्षम र सवल नेतृत्व चयन हुनुपर्ने उनको जोड रहेको छ । 
 
आफू तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष हुँदा धेरै उपलब्धीमूलक सामाजिक कार्य गरेको उनको भनाई छ । उनले नियमित सांस्कृतिक कार्यक्रममा मात्र सीमित संस्थालाई युवा समुहको अवधारणा ल्याई सोसाइटीमा नयाँ आयाम र उर्जा थपेको बताए । उनले भने, 'मेरो कार्यकालमा धेरै उपलब्धीमूलक कार्यहरु भए । ती मध्ये सोसाइटीले आदिवासी जनजाति महासंघसँग आबद्धता जनायो, नेपाल र अमेरिकामा रहेका छात्रछात्राहरुलाई प्रोत्साहन कार्यक्रम र संस्थालाई १८ हजार डलर जम्मा गरेको दिएको हुँ ।'
 
मोक्तानले सबै अग्रज, अगुवा तथा सम्मेलनमा सहभागी दाजुभाई तथा दिदिबहिनीहरुलाई आपसी सहमतिका आधारमा सर्व सम्मतिले नेतृत्व चयन गर्नका लागि अनुरोध समेत गरे ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
251.   यूएईमा ३३ औं मगर दिवस सम्पन्न
252.   तेश्रो एशियन कम्युनिटी फुटबल टुर्नामेन्टमा नेपाली टिम पनि सहभागी हुँदै
253.   काठमाडौमा क्यानेडियन भिषा अफिस खोल्न पहल
254.   जनप्रगतिशील मञ्च ओमानको बार्षिक भेला सम्पन्न
255.   नेपाली फुटबल टिमलाई अल अहली क्लवले दियो डेड दर्जन फुटबल
256.   मलेसियामा राहदानी नविकरणबारे एसएमएसबाटै थाहा पाइने
257.   अमेरिकामा नेपालीलाई १० करोडको चिठ्ठा
258.   बेलायतमा नेपालीले किने नर्सिङ् होम
259.   मलेसियाका मेनपावर व्यवसायीहरुको छुट्टै संघ गठन
260.   समयमा तलव नदिने कम्पनीले थप कामदार ल्याउन नपाउने
261.   स्याङजा सहयोग समाज क्याक्मी ईकाईमा राना
262.   भोजपुर समाज कतारद्धारा विभिन्न संस्था तथा व्यक्तित्व सम्मानित
263.   हङकङ निवासी राईले दिए कलेजलाई ३ सय थान पुस्तक
264.   कतारमा नेपालीलाई उत्कृष्ट कामदारको अवार्ड
265.   कतारमा अलि मिया पुनः सम्मानित
266.   यूएईमा एनआरएनको नयाँ बर्षको कार्यक्रम सम्पन्न
267.   द नेपालीज् कम्युनिटी नेटवर्क अफ क्यानाडामा नयाँ कार्यसमिति
268.   यूएईमा अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस मनाइयो
269.   आश्रय स्थल राख्नका लागि नेपाली दूतावास ओमान समक्ष ज्ञापनपत्र
270.   दूतावास र एनआरएनको पहलमा नरबहादुर स्वदेश फर्कदै
271.   कतारका व्यवसायीहरु लगानी गर्न उत्साहित
272.   चितवन युवा समूह कतारले गर्यो आर्थिक सहयोग
273.   बाग्लुङ सेवा समाजको बनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
274.   बरालको नेतृत्वमा मोसुको नयाँ कार्यसमिति
275.   समूहमा बचत गर्दै कतारबासी युवाहरु
Results 354: You are at page 11 of 15
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media