मंगलवार, माघ ०२ गते, २०७४
बुधवार, २०७४ पुस २६ गते २३:००

वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् ।
 
विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् ।
 
टोकन अनुसार कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्ने भन्ने कुरा सिस्टमले नै जानकारी दिने विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।
 
‘व्यक्तिगत श्रम स्वीकृतिका लागि टोकन सिस्टम नलगाउँदा रातिदेखि नै सेवाग्राही लाइनमा बस्ने क्रम जारी रह्यो । अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिने छ । कति बजे कार्यालयमा पुग्ने भन्ने जानकारी पनि दिनेछ,’ अधिकारीले भने ।
 
यो सिस्टम लागू भएपछि श्रम ग्राममा व्यक्तिगत श्रम स्वीकृति लिनेको भीड घट्ने विश्वास गरिएको छ । त्यसैगरी दलालका आडमा अनियमित रुपमा हुने सेटिङ पनि कम हुने अपेक्षा सरकारको छ ।
 
अहिले श्रमग्राममा दैनिक रुपमा सेवाग्राहीको ठूलो भीड लाग्ने गरेको छ । व्यक्तिगत श्रम स्वीकृति पाउन काठमाडौंमा मात्रै सेवा केन्द्रित गरिएको छ ।
 
त्यसैका कारण ताहचल कार्यालयका कर्मचारीहरुले सेवाग्राहकीसाग अतिरिक्त रकम लिएर काम गर्ने क्रम रोकिएको छैन । - अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
151.   कामदारलाई आर्थिक भार पार्ने प्रक्रिया खारेज गर्न संघको चेतावनी
152.   अनलाइन प्रणालीको सुरुवातसँगै अभिमूखिकरण तालिमका कक्षा ‘हाउसफुल’
153.   नेपाल प्रहरीमा जागिर खुल्यो, २ हजार ६७८ जवान पदमा दरखास्त आह्वान
154.   श्रमस्वीकृतिका सबै काम अव अनलाइन मार्फत
155.   कसरी पाए महासंघका अध्यक्ष खड्काले राज्यमन्त्रीपछि बोल्ने पालो ?
156.   विदेशमा कार्यरत कामदारको बिमाको म्याद सकिए परिवारलाई खबर गरिने
157.   संघ नेतृत्वको षडयन्त्रले सक्षम व्यवसायी अध्यक्ष बन्न बन्देज
158.   विदेशबाट बर्सेनि आउँछन् हजार 'बाकस'
159.   वार्षिक ७ हजार नर्स श्रम बजारमा, थोरैले मात्रै पाउँछन् रोजगारी
160.   युएईमा सुरक्षागार्डको न्यूनतम पारिश्रामिकमा बृद्धि
161.   श्रम शोषणले बढायो विदेशमा आत्महत्या
162.   वैदेशिक रोजगारमा भारत जान अनुमति लिनु पर्ने
163.   पर्यटन बोर्डले माग्यो २५ जना अधिकृतस्तरका कर्मचारी (सूचनासहित)
164.   श्रम स्वीकृतिको अनलाइन सेवा : ‘बाँदरको हातमा नरिवल...’
165.   ‘आफ्नै असक्षमताले संघ नेतृत्व अवुधावी डाइलगमा सहभागी हुन सकेन’
166.   गैह्रकानूनी विदेशी कामदारलाई ‘वर्कपास’ दिने मलेसियाको घोषणा
167.   आप्रवासी कामदारको लेबी हटाउने निर्णय मलेसिया सरकारले उल्टायो
168.   विद्युत प्राधिकरणमा जागिर खुल्यो, २५० बढी कर्मचारी माग (सूचनासहित)
169.   मलेसियाबाट जान चाहने सबै नेपालीलाई फर्काउँछौ: राजदुत बस्न्यात
170.   नेपाल वायु सेवा निगमले माग्यो २० जना पाइलट (सूचनासहित)
171.   भूकम्प अति प्रभावित जिल्लामा ४५ हजार दक्ष कामदार अभाव
172.   वैदेशिक रोजगार विभागमा अनियमितताको पराकाष्ठा
173.   मंसीर महिनामा ६६ हजार युवा वैदेशिक रोजगारमा उडे
174.   लोकसेवा आयोगले मागेभन्दा ३० गुणा बढी आवेदन
175.   मलेसियामा अब कामदारले लेबी तिर्नु नपर्ने
Results 506: You are at page 7 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media