सोमवार, असार ११ गते, २०७५
बुधवार, २०७४ पुस २६ गते २३:००

वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् ।
 
विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् ।
 
टोकन अनुसार कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्ने भन्ने कुरा सिस्टमले नै जानकारी दिने विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।
 
‘व्यक्तिगत श्रम स्वीकृतिका लागि टोकन सिस्टम नलगाउँदा रातिदेखि नै सेवाग्राही लाइनमा बस्ने क्रम जारी रह्यो । अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिने छ । कति बजे कार्यालयमा पुग्ने भन्ने जानकारी पनि दिनेछ,’ अधिकारीले भने ।
 
यो सिस्टम लागू भएपछि श्रम ग्राममा व्यक्तिगत श्रम स्वीकृति लिनेको भीड घट्ने विश्वास गरिएको छ । त्यसैगरी दलालका आडमा अनियमित रुपमा हुने सेटिङ पनि कम हुने अपेक्षा सरकारको छ ।
 
अहिले श्रमग्राममा दैनिक रुपमा सेवाग्राहीको ठूलो भीड लाग्ने गरेको छ । व्यक्तिगत श्रम स्वीकृति पाउन काठमाडौंमा मात्रै सेवा केन्द्रित गरिएको छ ।
 
त्यसैका कारण ताहचल कार्यालयका कर्मचारीहरुले सेवाग्राहकीसाग अतिरिक्त रकम लिएर काम गर्ने क्रम रोकिएको छैन । - अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
126.   संघ कार्यसमिति सदस्यको कार्य बाडफाँड, बोर्ड सदस्यमा लिम्बुको नाम शिफारिस
127.   वैदेशिक रोजगारीका समस्या समाधान गर्न अन्तर मन्त्रालय समन्वयको माग
128.   मेनपावरको धरौटी बढाउन खोजेकै हौ, तर छलफल गरेर पुर्नबिचार गर्न सक्छौ : महानिर्देशक पाण्डे
129.   ‘गुरुङ प्यानललाई एमालेले जितायो, अब एमाले नै उनको कार्यकाल सफल बनाउन लाग्छ’ पूर्वप्रम ओली
130.   कर्मचारीको भ्रमणमा अर्बौ सक्ने सरकारको जवाफ : नेपालीको शव फर्काउन ३ लाख छैन
131.   एसओएसलाई पछार्दै द रिभर बन्यो उत्कृष्ट
132.   दक्षिण कोरियामा कामदारको न्यूनतम तलबमा बृद्धि हुदै
133.   संघ नेतृत्वका लागि आज चुनाव
134.   १२ मेनपावर छनोट भएको दुस्प्रचार गर्ने माथि एफडब्लुसीएमएसले कानुनी उपचार खोज्ने
135.   विदेशमा मृत्यु भएका नेपालीका परिवारलाई अब बोर्डबाट ७ लाख क्षतिपूर्ति
136.   वर्तमान सरकारले नै फ्री भिसा फ्री टिकट परिमार्जन र सिन्डिकेट खारेज गर्ने कांग्रेसका प्रभावशाली नेताको प्रतिवद्दता
137.   वैदेशिक रोजगारीमा ठगिनु भएको छ,उद्धारका लागि स्थापना भयो ‘सहायता कक्ष’
138.   दक्षिण कोरियामा दक्ष कामदार पनि लिन श्रम मन्त्री मन्सुरको आग्रह
139.   सरकारद्धारा विदेशमा काम गरी फर्किएका ८ जना उद्यमीलाई राष्ट्रिय सम्मान
140.   ढकाल प्यानललाई बिजयी गराउन आक्रामक रणनीतिका साथ घिमिरे चुनावी मैदानमा(हेर्नुस भिडियो)
141.   संघमा लेबी बुझाउने समय असार २३ सम्म
142.   बैद्यरुपमा बसेका आप्रवासीलाई नहटाउँने वेलायती प्रधानमन्त्रीको चाहना
143.   वैदेशिक रोजगारका समस्याप्रति प्रतिवद्ध छु : प्रधानमन्त्री देउवा
144.   रङ फेर्नेहरुलाइ लत्याइदिनुुहोस : कांग्रेस नेता पाण्डे
145.   घरेलु कामदार खुलाउन पहल गर्छु : मन्त्री मन्सुर
146.   अन्तत गेलालको पोल्टामा महासचिव, प्यानल नै जित्ने दावी
147.   रोजगारीकालागि कतार जाने कामदार घट्दै
148.   सही नेतृत्व नछान्दा व्यवसायीले दुःख पाए, दोहोर्याएर त्यो गल्ति अब व्यवसायीले गर्ने छैनन् : गेलाल
149.   संघको निर्वाचनमा प्रगतिशिल मञ्च गठवन्धनसहित होमिने निर्णय
150.   बिमल ढकाल फोरमको उम्मेदवार,भोलि औपचारिक घोषणा
Results 568: You are at page 6 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media