विहिवार, असार ०७ गते, २०७५
बुधवार, २०७४ पुस २६ गते २३:००

वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् ।
 
विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् ।
 
टोकन अनुसार कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्ने भन्ने कुरा सिस्टमले नै जानकारी दिने विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।
 
‘व्यक्तिगत श्रम स्वीकृतिका लागि टोकन सिस्टम नलगाउँदा रातिदेखि नै सेवाग्राही लाइनमा बस्ने क्रम जारी रह्यो । अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिने छ । कति बजे कार्यालयमा पुग्ने भन्ने जानकारी पनि दिनेछ,’ अधिकारीले भने ।
 
यो सिस्टम लागू भएपछि श्रम ग्राममा व्यक्तिगत श्रम स्वीकृति लिनेको भीड घट्ने विश्वास गरिएको छ । त्यसैगरी दलालका आडमा अनियमित रुपमा हुने सेटिङ पनि कम हुने अपेक्षा सरकारको छ ।
 
अहिले श्रमग्राममा दैनिक रुपमा सेवाग्राहीको ठूलो भीड लाग्ने गरेको छ । व्यक्तिगत श्रम स्वीकृति पाउन काठमाडौंमा मात्रै सेवा केन्द्रित गरिएको छ ।
 
त्यसैका कारण ताहचल कार्यालयका कर्मचारीहरुले सेवाग्राहकीसाग अतिरिक्त रकम लिएर काम गर्ने क्रम रोकिएको छैन । - अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
501.   प्रगतिशिल रोजगार व्यवसायीले छुट्टै संघ खोल्ने चेतावनी
502.   वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनुपर्नेमा ओलीको जोड
503.   सार्कको घोषणा पत्रमा आप्रवासनको मुद्धा
504.   श्रम गन्तव्य खोज्न गठित समितिले पूर्णता पायो
505.   ब्यवस्थित वैदेशिक रोजगारका लागि आकर्षणको अन्तरक्रिया
506.   व्यवसायिक कृषिमा आकर्षित भए युवा
507.   कतारमा दक्ष जनशक्तिको माग:राजदूत हमर
508.   राहदानी विभाग पनि दुई सत्रमा सञ्चालन
509.   वैदेशिक रोजगारको सामाजिक पीडा
510.   मलेसियामा मृत्यु भएका दुई परिवारले पाए राहत
511.   एकता समितिको छुट्टै मेडिकल सेन्टर सुचारु
512.   मलेसियामा घाइते नेपालीलाई १ करोड ७ लाख क्षतिपुर्ति
513.   अवैध रुपमा अमेरिका जाने ३४ नेपाली पक्राउ
514.   वैदेशिक रोजगारमा हाउसमेडमा जान महिला कामदारलाई रोक
515.   इजरायलले पाँच हजार नेपाली लैजाने
516.   बर्दिया बाढी पीडितलाई प्याराडाइज इन्टरनेशनलको सहयोग
517.   मलेसियाले घरेलु नेपाली कामदार लिने घोषणा
518.   सेप्टेम्बर १ बाट बायोमेट्रिक अनिवार्य लागू गर्नु पर्ने मलेसियाको निर्णय
519.   कोरियाली भाषा परिक्षाको आवेदन फाराम खुल्यो
520.   रिजल्ट देखाउनुहोस् नत्र सरकारले कठोर नीति ल्याउँछ ः सचिव शिवाकोटी
521.   उड्ने बेलामा होइन पहिला नै तालिम प्रदान गर्ने गृहकार्य
522.   इराकबाट उद्धार गरिएका ११ नेपाल त्रिभुवन विमानस्थलमा (एक्स्क्लुसिव भिडिओ)
523.   आकर्षणको नवौ बाषिकोत्सवमा फलफुल वितरण
524.   विदेश जानेको भविष्य विगार्ने वा सपार्ने हात मेनपावरको
525.   अन्तर्राष्ट्रिय तालिम केन्द्र राजधानीमा खुल्यो
Results 566: You are at page 21 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media