बुधवार, माघ ०३ गते, २०७४
बुधवार, २०७४ पुस २६ गते २३:००

वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् ।
 
विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् ।
 
टोकन अनुसार कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्ने भन्ने कुरा सिस्टमले नै जानकारी दिने विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।
 
‘व्यक्तिगत श्रम स्वीकृतिका लागि टोकन सिस्टम नलगाउँदा रातिदेखि नै सेवाग्राही लाइनमा बस्ने क्रम जारी रह्यो । अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिने छ । कति बजे कार्यालयमा पुग्ने भन्ने जानकारी पनि दिनेछ,’ अधिकारीले भने ।
 
यो सिस्टम लागू भएपछि श्रम ग्राममा व्यक्तिगत श्रम स्वीकृति लिनेको भीड घट्ने विश्वास गरिएको छ । त्यसैगरी दलालका आडमा अनियमित रुपमा हुने सेटिङ पनि कम हुने अपेक्षा सरकारको छ ।
 
अहिले श्रमग्राममा दैनिक रुपमा सेवाग्राहीको ठूलो भीड लाग्ने गरेको छ । व्यक्तिगत श्रम स्वीकृति पाउन काठमाडौंमा मात्रै सेवा केन्द्रित गरिएको छ ।
 
त्यसैका कारण ताहचल कार्यालयका कर्मचारीहरुले सेवाग्राहकीसाग अतिरिक्त रकम लिएर काम गर्ने क्रम रोकिएको छैन । - अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
26.   श्रमिकको अधिकार नै मध्यपूर्वका एनआरएनका साझा मुद्धा
27.   म्यादी प्रहरीमा जागिर खुल्यो, ९८ हजारको माग
28.   महासंघका अध्यक्ष मल्ल प्रदेश सभाको उम्मेदवार सिफारिस
29.   सेनामा २७ सय जनालाई जागिरको मौका, सिपाहीदेखि सिकर्मी र ड्राइभरसम्म माग
30.   निजामती कर्मचारीको पदपूर्ति नरोकिने
31.   मेनपावरको धरौटी रकम बढ्न नदिन लोकतान्त्रिक फोरम राजनीतिक लबिङमा
32.   वन तथा भू-संरक्षण राज्यमन्त्री शर्मालाई अग्रज व्यवसायीको बधाई
33.   बढी पैसा असुल्ने मिथिला मेनपावरलाई कारबाही गर्न विभागलाई अख्तियारको पत्र
34.   कृषि बिकास बैंकले माग्यो २ सय ६० कर्मचारी (सूचनासहित)
35.   बबन सिंहले निकालेको विज्ञप्तिले वैदेशिक रोजगार क्षेत्रमा बबाल
36.   धरौटी बिरुद्ध मेनपावर व्यवसायीको आन्दोलन
37.   व्यवसायी केसीले बनाए आफुले पढेको विद्यालयमा ५ लाखको अक्षयकोष
38.   २५ मेनपावर कम्पनीलाई कारबाही गर्न अख्तियारले काट्यो पत्र
39.   मेनपावरको धरौटी नगद १ करोड सहित वैदेशिक रोजगार ऐनको संशोधित मस्यौदा तयार
40.   सर्लाही र सुनसरीका बाढी पीडितलाई संघको टोलीले दियो राहत सामाग्री
41.   दोस्रो नाफिया कर्पोरेट व्याडमिण्टन प्रतियोगिता भाद्र ३१ बाट, बिजेतालाई नगद ५० हजार
42.   अन्तर्वार्ता लिँदै १ लाख बढी असुल्ने इन्टरनेसनल जबलिंक विभागको फन्दामा
43.   बढी पैसा असुल्ने मेनपावर खारेज गर्ने महानिर्देशक पाण्डेको चेतावनी
44.   अन्तर मन्त्रालय सहकार्य भए वैदेशिक रोजगारका समस्या न्युनिकरण गर्न सहज हुन्छ : परराष्ट्रमन्त्री
45.   पूर्वी क्षेत्रका बाढीपीडितको पिडामा मल्हम लगाउदै व्यवसायी संघको टोली
46.   सिआईबीमा पुगेको सिण्डिकेटका फाइल उपर गृहराज्यमन्त्रीको नजर
47.   ६ मुलुकमा श्रम सहचारी र कन्सुलर नियुक्त, कुन देशमा को ?
48.   रोजगारी चाहियो या कर्मचारी ? खोज्नुहोस यसरी
49.   आप्रवासन,मानव बेचबिखन र बालश्रम प्रति बेलायतको विशेष चासो छ : राजदूत मोरिस
50.   वैदेशिक रोजगार नेवा समाजको अध्यक्षमा प्रधान
Results 506: You are at page 2 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media