सोमवार, असार ११ गते, २०७५
बुधवार, २०७४ पुस २६ गते २३:००

वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् ।
 
विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् ।
 
टोकन अनुसार कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्ने भन्ने कुरा सिस्टमले नै जानकारी दिने विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।
 
‘व्यक्तिगत श्रम स्वीकृतिका लागि टोकन सिस्टम नलगाउँदा रातिदेखि नै सेवाग्राही लाइनमा बस्ने क्रम जारी रह्यो । अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिने छ । कति बजे कार्यालयमा पुग्ने भन्ने जानकारी पनि दिनेछ,’ अधिकारीले भने ।
 
यो सिस्टम लागू भएपछि श्रम ग्राममा व्यक्तिगत श्रम स्वीकृति लिनेको भीड घट्ने विश्वास गरिएको छ । त्यसैगरी दलालका आडमा अनियमित रुपमा हुने सेटिङ पनि कम हुने अपेक्षा सरकारको छ ।
 
अहिले श्रमग्राममा दैनिक रुपमा सेवाग्राहीको ठूलो भीड लाग्ने गरेको छ । व्यक्तिगत श्रम स्वीकृति पाउन काठमाडौंमा मात्रै सेवा केन्द्रित गरिएको छ ।
 
त्यसैका कारण ताहचल कार्यालयका कर्मचारीहरुले सेवाग्राहकीसाग अतिरिक्त रकम लिएर काम गर्ने क्रम रोकिएको छैन । - अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
451.   संघमा नयाँ नेतृत्वको निर्वाचन भोली बिहिबार हुदै
452.   आकर्षणको अग्रसरतामा सिन्धुपाल्चोकका भुकम्पपीडितलाई २६ लाख वितरण
453.   अध्यक्षका प्रत्यासीले मागे श्रमराज्यमन्त्री राजिनामा
454.   संघको महासचिवमा महासंग्राम
455.   संघ निर्वाचनमा प्रथम उपाध्यक्षमा तीन प्रतिष्पर्धी
456.   कांग्रेसले भन्यो संघको नेतृत्वमा आधिकारिक ढकाल प्यानल
457.   ढकालको नेतृत्वमा फोरमको पूर्ण प्यानल घोषणा
458.   संघको आगामी नेतृत्वमा पोखरेलको प्यानल घोषणा
459.   विशुद्ध व्यवसायिक घिमिरेको सबै पदसहितको प्यानल सार्वजनिक
460.   ‘फ्रि भिषा, फ्रि टिकट’ तत्काल लागु नहुने संकेत
461.   बिशुद्ध व्यवसायिक नेतृत्वका लागि घिमिरेको प्यानल
462.   वैदेशिक रोजगार अब निःशुल्क
463.   कामदारको मागपत्र प्रमाणीकरण दूतावासबाट मात्र गर्न निर्देशन
464.   बाणिज्य बैंकमा १ सय ९५ जनालार्इ स्थायी जागिर खुल्यो
465.   विद्युत प्राधिकरणमा १६ सय ९९ जनाको जागिर खुल्यो
466.   तामाङ निर्वाचन प्रमुख बनेपछि संघको विवादमा ‘यूटर्न’
467.   शर्त पुरा नगरेसम्म घरेलु कामदार नपठाउन राजदूतको आग्रह
468.   नेपालले दियो क्यानडालाई दक्ष कामदारको सूची
469.   भूकम्पबाट मृत्यु भएका परिवारका सदस्यलाई रोजगारी माग
470.   स्वास्थ्य व्यवसायी महासंघले बाँड्यो १५ लाखको राहत
471.   ‘जिरो कष्ट’ मा कामदार पठाउन व्यवसायी तयार
472.   विदेसिने क्रम र रेमिट्यान्स बढ्ने
473.   ईपीएस कोरियन भाषा परीक्षा सर्ने
474.   घरेलु कामदार मेनपावरले मात्र पठाउन पाउने
475.   सरकारकी मेनपावर एजेन्सी !
Results 568: You are at page 19 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media