विहिवार, असार ०७ गते, २०७५
बुधवार, २०७४ पुस २६ गते २३:००

वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् ।
 
विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् ।
 
टोकन अनुसार कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्ने भन्ने कुरा सिस्टमले नै जानकारी दिने विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।
 
‘व्यक्तिगत श्रम स्वीकृतिका लागि टोकन सिस्टम नलगाउँदा रातिदेखि नै सेवाग्राही लाइनमा बस्ने क्रम जारी रह्यो । अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिने छ । कति बजे कार्यालयमा पुग्ने भन्ने जानकारी पनि दिनेछ,’ अधिकारीले भने ।
 
यो सिस्टम लागू भएपछि श्रम ग्राममा व्यक्तिगत श्रम स्वीकृति लिनेको भीड घट्ने विश्वास गरिएको छ । त्यसैगरी दलालका आडमा अनियमित रुपमा हुने सेटिङ पनि कम हुने अपेक्षा सरकारको छ ।
 
अहिले श्रमग्राममा दैनिक रुपमा सेवाग्राहीको ठूलो भीड लाग्ने गरेको छ । व्यक्तिगत श्रम स्वीकृति पाउन काठमाडौंमा मात्रै सेवा केन्द्रित गरिएको छ ।
 
त्यसैका कारण ताहचल कार्यालयका कर्मचारीहरुले सेवाग्राहकीसाग अतिरिक्त रकम लिएर काम गर्ने क्रम रोकिएको छैन । - अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
326.   भिसा लाग्दा–लाग्दै पनि जेनेभा वैठकमा किन गएनन् संघका अध्यक्ष ढकाल ?
327.   इपीएस कोरियन भाषा परीक्षाको परीक्षाकेन्द्र तोकियो (सूचिसहित)
328.   ईपीएस कोरियन भाषा परीक्षाको तयारी अब मोबाइल एपबाटै
329.   सुनसरीमा सुरक्षित वैदेशिक रोजगारका लागि प्रहरीसँग अन्तरक्रिया
330.   वैदेशिक रोजगारको क्षेत्रमा अलपत्र महिला कामदारको उद्धार गर्न ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन
331.   बजेटमा वैदेशिक रोजगार : ४ वटा मुलुकसँग श्रम सम्झौता गरिने
332.   अभिमूखिकरण महासंघका अध्यक्षको सहित ४ संस्थालाई विभागको कारवाही
333.   बायोमेट्रिकबिरुद्धको मुद्धा अदालतद्धारा खारेज
334.   वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो
335.   चार मेनपावरमा मन्त्रालयको छापा
336.   विदेशिएको छोरो वर्षौपछि घर आएपछि ...(भिडियोसहित)
337.   साधारण सदस्यसमेत नरहने गरी महासंघमा राजिनामा दिने तयारी
338.   बायोमेट्रिक प्रणाली नमान्ने संघको निर्णय
339.   वैदेशिक रोजगारीले टुक्रिदैँ परिवार, बालबच्चाको बिचल्ली
340.   मन्त्री बोहोराका सय दिने कार्य 'प्रगतिभन्दा हल्ला बढि'
341.   ‘एक घर, एक रोजगार’ सरकारको उदघोष
342.   साउदीको एक कम्पनीले ५० हजार कामदार हटायो
343.   वैदेशिक रोजगार विभागका लेखा अधिकृत घुससहित अख्तियारको फन्दामा
344.   घरेलु महिला कामदार विदेश पठाउन नेपालका ६ शर्त, एमओयुको तयारी अन्तिम चरणमा
345.   कामदारको मोवाइल नम्बर दिन नसक्ने व्यवसायीको भनाई
346.   २०७२ मा वैदेशिक रोजगार
347.   वैदेशिक रोजगारमा जाने महिला अब श्रमग्राम पुग्नै पर्ने
348.   पहिलो चरणमा १४ नेपाली केयरगिभरको टोली इजरायल उड्यो
349.   विदेशमा ज्यान गुमाउने नेपालीको परिवारले साढे १७ लाख क्षतिपूर्ति पाउने
350.   स्वास्थ्य क्षेत्रमा सरकारी जागिरको अवसर (सुचनासहित)
Results 566: You are at page 14 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media