मंगलवार, माघ ०२ गते, २०७४
बुधवार, २०७४ पुस २६ गते २३:००

वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् ।
 
विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् ।
 
टोकन अनुसार कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्ने भन्ने कुरा सिस्टमले नै जानकारी दिने विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।
 
‘व्यक्तिगत श्रम स्वीकृतिका लागि टोकन सिस्टम नलगाउँदा रातिदेखि नै सेवाग्राही लाइनमा बस्ने क्रम जारी रह्यो । अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिने छ । कति बजे कार्यालयमा पुग्ने भन्ने जानकारी पनि दिनेछ,’ अधिकारीले भने ।
 
यो सिस्टम लागू भएपछि श्रम ग्राममा व्यक्तिगत श्रम स्वीकृति लिनेको भीड घट्ने विश्वास गरिएको छ । त्यसैगरी दलालका आडमा अनियमित रुपमा हुने सेटिङ पनि कम हुने अपेक्षा सरकारको छ ।
 
अहिले श्रमग्राममा दैनिक रुपमा सेवाग्राहीको ठूलो भीड लाग्ने गरेको छ । व्यक्तिगत श्रम स्वीकृति पाउन काठमाडौंमा मात्रै सेवा केन्द्रित गरिएको छ ।
 
त्यसैका कारण ताहचल कार्यालयका कर्मचारीहरुले सेवाग्राहकीसाग अतिरिक्त रकम लिएर काम गर्ने क्रम रोकिएको छैन । - अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
251.   कुवेतले घरेलु कामदारको न्यूनतम पारिश्रामिक तोक्यो
252.   कोरियन भाषा परीक्षाको नतिजा साउन ११ मा आउने
253.   गैरकानूनीरुपमा विदेश जाने अनि बैधानिक हुने
254.   ऐन संशोधनको विषयमा अन्तर्राष्ट्रिय संस्थाहरुसँग संघले गर्यो छलफल
255.   राजदूत फिर्ता बोलाउन संघद्वारा परराष्ट्र मन्त्रीको ध्यानाकर्षण (ज्ञापनपत्रसहित)
256.   श्रममन्त्री बोहराको मलेसिया भ्रमण घुमफिरमै सीमित (भिडियो सहित )
257.   मलेसियाका राजदुत बस्न्यात कमिशन र घुसखोरीमा लिप्त रहेको व्यवसायीको आरोप
258.   मलेसियामा न्युनतम पारिश्रामिकमा बृद्धि, नेपाली कामदार लाभान्वित हुने
259.   कामदार उड्न छोडेपछि श्रम मन्त्री किन मलेसिया उड्दैछन् ?
260.   वैदेशिक रोजगारलाई सुरक्षित बनाउन स्थानियस्तरमा युवाहरु जुटदै
261.   द्वन्द्वग्रस्त मुलुकबाट फर्कन चाहने नेपालीलाई तत्काल फर्काउने व्यवस्था मिलाउन निर्देशन
262.   इपीएस कोरियन भाषा परीक्षा सम्पन्न, ८८ नक्कली परीक्षार्थी पक्राउ
263.   आयल निगममा अवसर, विभिन्न पदमा ६२ जनाको माग
264.   कोरियन इपीएस भाषा परीक्षा आजबाट, नतिजा साउन ११ मा
265.   बैंकिङ च्यानलमार्फत रेमिट्यान्स पठाउने व्यवस्थासहित श्रम सम्झौता गर्न निर्देशन
266.   भिसा लाग्दा–लाग्दै पनि जेनेभा वैठकमा किन गएनन् संघका अध्यक्ष ढकाल ?
267.   इपीएस कोरियन भाषा परीक्षाको परीक्षाकेन्द्र तोकियो (सूचिसहित)
268.   ईपीएस कोरियन भाषा परीक्षाको तयारी अब मोबाइल एपबाटै
269.   सुनसरीमा सुरक्षित वैदेशिक रोजगारका लागि प्रहरीसँग अन्तरक्रिया
270.   वैदेशिक रोजगारको क्षेत्रमा अलपत्र महिला कामदारको उद्धार गर्न ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन
271.   बजेटमा वैदेशिक रोजगार : ४ वटा मुलुकसँग श्रम सम्झौता गरिने
272.   अभिमूखिकरण महासंघका अध्यक्षको सहित ४ संस्थालाई विभागको कारवाही
273.   बायोमेट्रिकबिरुद्धको मुद्धा अदालतद्धारा खारेज
274.   वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो
275.   चार मेनपावरमा मन्त्रालयको छापा
Results 506: You are at page 11 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media