बुधवार, माघ ०३ गते, २०७४
बुधवार, २०७४ पुस २६ गते २३:००

वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् ।
 
विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् ।
 
टोकन अनुसार कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्ने भन्ने कुरा सिस्टमले नै जानकारी दिने विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।
 
‘व्यक्तिगत श्रम स्वीकृतिका लागि टोकन सिस्टम नलगाउँदा रातिदेखि नै सेवाग्राही लाइनमा बस्ने क्रम जारी रह्यो । अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिने छ । कति बजे कार्यालयमा पुग्ने भन्ने जानकारी पनि दिनेछ,’ अधिकारीले भने ।
 
यो सिस्टम लागू भएपछि श्रम ग्राममा व्यक्तिगत श्रम स्वीकृति लिनेको भीड घट्ने विश्वास गरिएको छ । त्यसैगरी दलालका आडमा अनियमित रुपमा हुने सेटिङ पनि कम हुने अपेक्षा सरकारको छ ।
 
अहिले श्रमग्राममा दैनिक रुपमा सेवाग्राहीको ठूलो भीड लाग्ने गरेको छ । व्यक्तिगत श्रम स्वीकृति पाउन काठमाडौंमा मात्रै सेवा केन्द्रित गरिएको छ ।
 
त्यसैका कारण ताहचल कार्यालयका कर्मचारीहरुले सेवाग्राहकीसाग अतिरिक्त रकम लिएर काम गर्ने क्रम रोकिएको छैन । - अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प खुला, फागुन १४ सम्म निवेदन दिन सकिने
2.   जोर्डनमा घरेलू कामदार लैजान तोकियो २३ संस्थाहरु
3.   विदेश जाने श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू
4.   फोरमले दियो श्रम मन्त्री र काँग्रेसका नेतालाई ज्ञापनपत्र
5.   अफ्रिकी मुलुक केन्या पुगेका ७ नेपालीको उद्धार
6.   मलेसियामा कामदारहरुले अब लेबी तिर्नु नपर्ने
7.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवस मनाइयो (फोटो फिचर)
8.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवसको यस बर्षको नारा ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार : हाम्रो सरोकार’
9.   सेवा शुल्क सम्बन्धी नीति परिमार्जन नगरिए कडा कदम चाल्ने संघको चेतावनी
10.   लोकसेवाले ३९० जना शाखा अधिकृतको दरखास्त आह्वान
11.   अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन मूल आयोजक समिति गठन
12.   वैदेशिक रोजगार विभागले फेरि पायो नयाँ महानिर्देशक
13.   कारबाही फुकुवा गर्न महानिर्देशक पाण्डेले अन्य मेनपावरबाट पनि लाखौ लिएको खुलासा
14.   कैलाश खड्का महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित (फोटो फिचर)
15.   वैदेशिक रोजगार व्यवसायी संघको भवन शिलान्याश
16.   दुई बर्षमा ३ सय १३ नयाँ मेनपावर दर्ता
17.   पाण्डे त पक्राउ परे, निर्देशक रमा भट्टराईको पालो कहिले ?
18.   सुभद्रासँग पैसा असुल्ने दाउमा पाण्डे परे अख्तियारको फन्दामा
19.   अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ
20.   केन्द्र र प्रदेश सभाको उम्मेदवार बनेका श्रममन्त्री र राज्यमन्त्रीलाई संघले दियो बिजयको शुभकामना
21.   महानिर्देशक माथि नै झम्टिए वैदेशिक रोजगार पीडितका आफन्त (हेर्नुहोस् भिडियो )
22.   अवैध रूपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा
23.   कोरियामा तलब नपाउने प्रवासी मजदुर ३ गुणाले बढे : ४ करोड डलरमाथि तलब पाउन बाँकी
24.   अलैँचीको आम्दानीले युवालाई बिदेसिन दिएन
25.   मेनपावर सञ्चालक नै भिजिट भिसाको धन्दामा
Results 506: You are at page 1 of 21
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media