मंगलवार, माघ ०२ गते, २०७४
कोषाध्यक्षका उम्मेदवार श्रेष्ठद्धारा नाट्टाको भवन बनाउने प्रतिवद्धता
मंगलवार, २०७४ पुस २४ गते ०९:५३

 
फणिन्द्र दाहाल । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को आगामी पुष २८ गते शुक्रवार हुने नयाँ नेतृत्व चयनका लागि नाट्टाका वर्तमान द्वितीय उपाध्यक्ष दीपेन्द्र कुमार घिमिरे (डि.के शर्मा)  समुहले प्यानल घोषणा गर्दै आफ्नो १५ बूँदे प्रतिवद्धता सार्वजनिक गरेको छ ।
 
डिके शर्माको प्यानलबाट प्रथम उपाध्यक्षमा चित्र बहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा संगिता जिरेल बादे, महासचिवमा विनय बस्नेत, सचिवमा सविता के.सी.भट्टराई, कोषाध्यक्षमा राम प्रसाद श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज सुवेदी तथा सदस्यहरुमा अमृत कुमार ढकाल, रवि थापा,सन्तोष कुमार क्षेत्री,बेन्जु श्रेष्ठ मुखिया, डोलप्रसाद अर्याल,रघनाथ परियार, गीता ढकाल र विनोद कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । 
 
होटल अन्नपूर्णमा सोमबार पत्रकार सम्मेलन गर्दै स्वतन्त्र र व्यवसायिक प्यानलको दावी गर्दै १५ बूँदे प्रतिवद्धता पत्र शर्मा प्यानलले घोषणा गरेको छ । अध्यक्षका उम्मेदवार शर्माले नाट्टामा राजनैतिक संस्कारको विकाश गर्न प्रयास भएकोले त्यस्तो दुस्प्रयासलाई अघि बढ्न नदिने उद्देश्यले आफ्नो समुह निर्माण भएको जनाएका छन् । 
 
घोषणापत्रमा नाट्टालाई राजनीतिक संक्रमणवाट जोगाउने,पर्यटन विभागले खारेज गरेका सम्पूर्ण ईजाजत पत्रहरुलाई नविकरणको अवसर सिर्जना गर्ने, आएटासंग आपसी समझदारी वृद्धि गर्ने, नाट्टाके आफ्नै भवन निमार्ण गर्ने लगायतका १५ बूँदे प्रतिबद्धता रहेका छन् । 


 
कार्यक्रममा नाट्टाका पूर्व अध्यक्षहरु रविन्द्रमान सिंह प्रधान,भोलाविक्रम थापा,रामकाजि कोने,डि.बि.लिम्बु,पवित्रकुमार कार्की तथा वर्तमान अध्यक्ष मधुसुदन आचार्य लगायतको पनि उपस्थिति थियो ।
 
नाट्टाका प्रथम वर्तमान प्रथम उपाध्यक्ष सि.एन.पाण्डेले आफ्नो नेतृत्वमा अर्को प्यानल घोषणा गरिसकेका छन् । पाण्डे सम्राट टुर्स एण्ड ट्राभल्स प्रा.लि.का प्रबन्ध निर्देशक हुन भने शर्मा डि.के. टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक हुन ।
 
सिएन पाण्डे प्यानलबाट उपाध्यक्षमा अच्यूत गुरागाई द्वितीय उपाध्यक्षमा सुनिल शर्मा, महासचिव रमेश थापा, सचिवमा हरि भक्त श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार थापा, सह–कोषाध्यक्षमा सुरेन्द्र भटराई तथा सदस्यहरुमा इनु थापा, कुमार थपलिया, राजु ढकाल, फुरी शेर्पा, सुर्दशन नेपाल, रमेश पौड्याल, देवकी गुरुङ र रोमी श्रेष्ठको उम्मेद्वारी परेको छ ।
 
यसपटक नाट्टाको निर्वाचनमा सहमति गर्ने निकै लामो प्रयास गरेपनि सफल हुन सकेन । 

नाट्टाको आफ्नै भवन बनाउने श्रेष्ठको प्रतिवद्धता 

अग्रणी कम्पनी हार्भेष्टमुन ट्राभल्स एण्ड टुर्सका संचालक तथा डि.के शर्मा समुहवाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका रामप्रसाद श्रेष्ठले नाट्टाको आफ्नै अत्याधुनिक भवन निमार्ण गर्ने प्रतिवद्धता जनाएका छन् । 


 
ट्राभल व्यवसायमा सफलता चुमिरहेका श्रेष्ठ नाट्टालाई विभिन्न ठाउँवाट स्रोत पहिचान गरि सवै सुविधा र एउटा सम्मेलन केन्द्र सहितको नाट्टाको आफ्नै अत्याधुनिक भवन निर्माण गर्नुको साथै नाट्टालाई आर्थिक रुपमा समृद्ध बनाउने योजना रहेको बताउँछन् । 
 
श्रेष्ठले भने आर्थिक रुपमा पारदर्शी बनाउन र नाट्टा भित्र राजनीतिक गतिविधिलाई रोक्न आँफुले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको वताउँछन ।
नेपालमा रहेका टुर अपरेटरहरुको अन्तर्रा्ष्ट्रिय सञ्जाल विस्तारका लागि नाट्टाले हरेक वर्ष कम्तीमा उनीहरुलाई २ पटक विदेश लैजाने र सस्तोमा टिकट उपलब्ध गराउन आँफुले पहल गर्ने श्रेष्ठको प्रतिबद्धता रहेको छ । वैदेशिक रोजगारमा जाने अधिकांशको हवाइ टिकट काटिरहेका श्रेष्ठ सबैको चिरपरिचित छन् ।
 


कोषाध्यक्षका उम्मेदवार श्रेष्ठद्धारा नाट्टाको भवन बनाउने प्रतिवद्धता


प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
126.   संघको महासचिवमा आउन गेलालको यस्तो खेल
127.   प्रधानमन्त्री प्रचण्डले दिए राजीनामा
128.   भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा
129.   राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त रकम दिने बजेट आउँदै
130.   किरणकिशोरलाई फोरमले अध्यक्षको उम्मेदवार बनाउने पक्का
131.   संघको अध्यक्षमा प्रगतिशिल मञ्चले गुरुङलाई अघि सार्दै
132.   ‘इमान नभएका वाग्लेका बारेमा प्रश्न गरेर आफ्नो समय बर्बाद नगर्नुस्’
133.   उपत्यकाका चारै दिशामा चार नयाँ सहर बन्ने
134.   गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच संझौता
135.   वैशाख २५ देखि ३१ सम्म विद्यालय बिदा
136.   दीप बस्न्यात अख्तियारको प्रमुख आयुक्तमा सिफारिस
137.   स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता धमाधम
138.   ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’
139.   प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता
140.   काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने
141.   शर्मिला पराजुली ओमानका लागि नेपाली राजदूतमा नियुक्त
142.   हिमालय एअरलाइन्सले काठमाडौं-दुबई सिधा उडान सुरु गर्‍यो
143.   नेपाल स्काउटमा आन्दोलनको घोषणा
144.   भुकम्प गएको दुइ बर्ष पुग्यो, अनुदानबाट एक घर पनि बनेन
145.   कामदारबाट उठाएको अर्बौं रकम ६ वर्षदेखि थन्कियो
146.   अष्ट्रेलिया जाने विद्यार्थीले अब जुनसुकै बाणिज्य बैंकबाट ऋण लिन सक्ने
147.   अमेरिकाको सियाटलमा नेपाली वाणिज्य दूतावास स्थापना हुने
148.   कतारका लागि कोइराला र इजरायलका लागि थापा नेपाली राजदूतमा नियुक्त
149.   महिला नेतृहरु पनि के कम ? बलेफि गाँउपालीकामा गीता नेपालको दावेदारी
150.   डलर कमजोर हुँदा नेपाली रुपैयाँ बलियो
Results 631: You are at page 6 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media