मंगलवार, माघ ०२ गते, २०७४
कोषाध्यक्षका उम्मेदवार श्रेष्ठद्धारा नाट्टाको भवन बनाउने प्रतिवद्धता
मंगलवार, २०७४ पुस २४ गते ०९:५३

 
फणिन्द्र दाहाल । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को आगामी पुष २८ गते शुक्रवार हुने नयाँ नेतृत्व चयनका लागि नाट्टाका वर्तमान द्वितीय उपाध्यक्ष दीपेन्द्र कुमार घिमिरे (डि.के शर्मा)  समुहले प्यानल घोषणा गर्दै आफ्नो १५ बूँदे प्रतिवद्धता सार्वजनिक गरेको छ ।
 
डिके शर्माको प्यानलबाट प्रथम उपाध्यक्षमा चित्र बहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा संगिता जिरेल बादे, महासचिवमा विनय बस्नेत, सचिवमा सविता के.सी.भट्टराई, कोषाध्यक्षमा राम प्रसाद श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज सुवेदी तथा सदस्यहरुमा अमृत कुमार ढकाल, रवि थापा,सन्तोष कुमार क्षेत्री,बेन्जु श्रेष्ठ मुखिया, डोलप्रसाद अर्याल,रघनाथ परियार, गीता ढकाल र विनोद कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । 
 
होटल अन्नपूर्णमा सोमबार पत्रकार सम्मेलन गर्दै स्वतन्त्र र व्यवसायिक प्यानलको दावी गर्दै १५ बूँदे प्रतिवद्धता पत्र शर्मा प्यानलले घोषणा गरेको छ । अध्यक्षका उम्मेदवार शर्माले नाट्टामा राजनैतिक संस्कारको विकाश गर्न प्रयास भएकोले त्यस्तो दुस्प्रयासलाई अघि बढ्न नदिने उद्देश्यले आफ्नो समुह निर्माण भएको जनाएका छन् । 
 
घोषणापत्रमा नाट्टालाई राजनीतिक संक्रमणवाट जोगाउने,पर्यटन विभागले खारेज गरेका सम्पूर्ण ईजाजत पत्रहरुलाई नविकरणको अवसर सिर्जना गर्ने, आएटासंग आपसी समझदारी वृद्धि गर्ने, नाट्टाके आफ्नै भवन निमार्ण गर्ने लगायतका १५ बूँदे प्रतिबद्धता रहेका छन् । 


 
कार्यक्रममा नाट्टाका पूर्व अध्यक्षहरु रविन्द्रमान सिंह प्रधान,भोलाविक्रम थापा,रामकाजि कोने,डि.बि.लिम्बु,पवित्रकुमार कार्की तथा वर्तमान अध्यक्ष मधुसुदन आचार्य लगायतको पनि उपस्थिति थियो ।
 
नाट्टाका प्रथम वर्तमान प्रथम उपाध्यक्ष सि.एन.पाण्डेले आफ्नो नेतृत्वमा अर्को प्यानल घोषणा गरिसकेका छन् । पाण्डे सम्राट टुर्स एण्ड ट्राभल्स प्रा.लि.का प्रबन्ध निर्देशक हुन भने शर्मा डि.के. टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक हुन ।
 
सिएन पाण्डे प्यानलबाट उपाध्यक्षमा अच्यूत गुरागाई द्वितीय उपाध्यक्षमा सुनिल शर्मा, महासचिव रमेश थापा, सचिवमा हरि भक्त श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार थापा, सह–कोषाध्यक्षमा सुरेन्द्र भटराई तथा सदस्यहरुमा इनु थापा, कुमार थपलिया, राजु ढकाल, फुरी शेर्पा, सुर्दशन नेपाल, रमेश पौड्याल, देवकी गुरुङ र रोमी श्रेष्ठको उम्मेद्वारी परेको छ ।
 
यसपटक नाट्टाको निर्वाचनमा सहमति गर्ने निकै लामो प्रयास गरेपनि सफल हुन सकेन । 

नाट्टाको आफ्नै भवन बनाउने श्रेष्ठको प्रतिवद्धता 

अग्रणी कम्पनी हार्भेष्टमुन ट्राभल्स एण्ड टुर्सका संचालक तथा डि.के शर्मा समुहवाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका रामप्रसाद श्रेष्ठले नाट्टाको आफ्नै अत्याधुनिक भवन निमार्ण गर्ने प्रतिवद्धता जनाएका छन् । 


 
ट्राभल व्यवसायमा सफलता चुमिरहेका श्रेष्ठ नाट्टालाई विभिन्न ठाउँवाट स्रोत पहिचान गरि सवै सुविधा र एउटा सम्मेलन केन्द्र सहितको नाट्टाको आफ्नै अत्याधुनिक भवन निर्माण गर्नुको साथै नाट्टालाई आर्थिक रुपमा समृद्ध बनाउने योजना रहेको बताउँछन् । 
 
श्रेष्ठले भने आर्थिक रुपमा पारदर्शी बनाउन र नाट्टा भित्र राजनीतिक गतिविधिलाई रोक्न आँफुले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको वताउँछन ।
नेपालमा रहेका टुर अपरेटरहरुको अन्तर्रा्ष्ट्रिय सञ्जाल विस्तारका लागि नाट्टाले हरेक वर्ष कम्तीमा उनीहरुलाई २ पटक विदेश लैजाने र सस्तोमा टिकट उपलब्ध गराउन आँफुले पहल गर्ने श्रेष्ठको प्रतिबद्धता रहेको छ । वैदेशिक रोजगारमा जाने अधिकांशको हवाइ टिकट काटिरहेका श्रेष्ठ सबैको चिरपरिचित छन् ।
 


कोषाध्यक्षका उम्मेदवार श्रेष्ठद्धारा नाट्टाको भवन बनाउने प्रतिवद्धता


प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
576.   मलेसियामा कामदारको न्यूनतम पारिश्रामिक ९ सय रिङगेट
577.   ३० लाख कामदारको गन्तव्य १२ देश
578.   श्रम सम्झौता गर्न परराष्ट्र सचिवको आग्रह
579.   काठमाडौंमा अब पार्किङ शुल्क नलाग्ने
580.   म्यानपावरको नाममा ठग्नेलाई एकैपटक तीन वटा मुद्दा
581.   राहदानीको फारम अब अनलाइनमा
582.   विभिन्न कार्यक्रमका साथ आप्रवासन दिवस सम्पन्न
583.   अबदेखि दैनिक ९ घन्टा लोडसेडिङ
584.   सीप सिकेर मात्र बैदेशिक रोजगारमा जान आग्रह
585.   गौतम बुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाईंदै
586.   कतारबाट हडतालमा उत्रिएका ४ सय नेपाली स्वदेश फर्काइदै
587.   पुस ३ सम्म समानुपातिक सूची बुझाउने म्याद थपियो
588.   क्याम्पसमै सुरु भयो पशुपालन तथा तरकारी खेती
589.   इपीएसमा कोरिया पुग्नेहरू बेरोजगार बन्दै
590.   अध्यागमन विरुद्ध व्यवसायीले मुद्धा हाल्ने
591.   ३ सय भन्दा वढि यूएई जाने कामदारलाई अध्यागमनले फर्कायो
592.   कामदार कोरिया पठाउनेमा नेपाल उत्कृष्ट
593.   स्वास्थ्य परीक्षण बायोमेट्रिक प्रणालीमा लगिने तयारी अन्तिम चरणमा
594.   विभागमा केसीलाई बाइबाई, भट्टराईको प्रतिक्षा
595.   नेपाल विश्वकप क्रिकेटमा पुग्यो
596.   संविधान सभाको चुनावमा मेनपावर व्यवसायी
597.   निवार्चनका कारण विदेश जाने घटे
598.   श्रम स्वीकृति सम्बन्धि बाधा अड्काउ फुकाउ आदेश
599.   भारतको कार्यवाहक राजदुतमा ढकाल
600.   ३३ दलद्धारा कात्तिक २५ गते आमहडताल तथा मंशिर ५ सम्म यातायात बन्दको घोषणा
Results 631: You are at page 24 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media