बुधवार, माघ ०३ गते, २०७४
सोमवार, २०७४ पुस २३ गते ०१:२५

जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको तापक्रम शून्य डिग्री सेल्सियससम्म झर्नसक्ने जनाएको छ । काठमाडौंलगायत मुलुकभर चिसोको प्रभाव बढिरहेका बेला महाशाखाले चिसो थप बढ्न सक्ने जनाएको हो ।
 
महाशाखाका मौसमविद् वरुण पौडेलले काठमाडौं उपत्यकामा अबका केही दिन चिसो अझै बढ्ने बताए । ‘अझै एकदुई दिनसम्म तापक्रम अझै घट्ने सम्भावना छ,’ पौडेलले भने । उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म झर्न सक्ने सम्भावना रहेको उनले जनाए । महाशाखाका अनुसार देशभर चलिरहेको चिसो हावाको प्रभावले तापक्रम निरन्तर घटिरहेको हो ।  चिसोको प्रभाव काठमाडौं उपत्यका, पहाडी क्षेत्र तथा तराईमा समेत परिरहेको महाशाखाले जनाएको छ ।
 
यस वर्ष काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम गत बिहीबार १।४ डिग्री सेल्सियससम्म पुगेको थियो । शनिबार उपत्यकाको न्यूनतम तापक्रम १।६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
 
चिसोको प्रभाव तराई क्षेत्रमा पनि केही समय रहिरहने देखिएको छ । पूर्वी तराइमा मौसम केही खुल्ने सम्भावना रहे पनि पश्चिम तराईमा भने चिसोसँगै कुहिरो लाग्ने महाशाखाले जानकारी दिएको छ । मौसम खुल्न पानी पर्नुपर्ने भए पनि हाल पानी पर्ने सम्भावना नरहेको पौडेलले बताए ।
 
महाशाखाले अझै एक सातादेखि १० दिनसम्म चिसोको प्रभाव भइरहने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । ‘अझै एक साताभन्दा बढी चिसोको प्रभाव रहिरहने सम्भावना छ, त्यसैले सावधानी अपनाउन आवश्यक छ,’ पौडेलले भने । चिसो बढेसँगै तराई क्षेत्रमा विद्यालय बन्द गरिएको छ भने पहाडी क्षेत्र तथा काठमाडौं उपत्यकामा समेत सर्वसाधारणहरु चोक–चोकमा आगो बालेर बसेको देखिन्छ ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
2.   सुरक्षित घर अभियान सुरु
3.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
4.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
5.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
6.   अदालतको अपहेलना गरेको अभियोगमा डा. केसी पक्राउ
7.   चिसो अझै बढ्न सक्ने
8.   नाकामा अध्यागमन कार्यालय राख्ने तयारी
9.   ५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल
10.   फेरि इन्धनको मूल्य बढ्यो
11.   अन्तर्राष्ट्रिय हवाई यात्रु ९.६३ प्रतिशत बढे
12.   संसद् भवन भाडामात्र एक अर्ब ६८ करोड
13.   राष्ट्रपतिबाट राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण
14.   नेपालीकरणका नाममा लाइसेन्स बिक्री
15.   पशुपति मन्दिर परिसरमा सवारी साधन प्रवेशमा रोक
16.   आज क्रिसमस मनाइँदै, सरकारले दियो सार्वजनिक विदा
17.   स्थानीय तहमा अझै पुगेनन् कर्मचारी, सेवा प्रवाहमा समस्या
18.   एक लाख भूकम्पपीडितले दोस्रो किस्ता बुझे
19.   मंगलबारदेखि लागू हुने गरी बढ्यो हवाई भाडा
20.   मतगणना जारी, पूर्वमन्त्री गुरुङ पराजित
21.   निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द
22.   ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा सहित आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
23.   महासंघको साधारण सभामा ३ संचारकर्मी सम्मानित
24.   धुलोमुक्त बनाउन काठमाडौंको सडकमा ब्रुमर
25.   तारा एयरको विमान हुम्लाको सिमकोटमा दुर्घटना, पाइलटसहित ५ घाइते
Results 631: You are at page 1 of 26
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media