सोमवार, असार ११ गते, २०७५
शनिवार, २०७४ पुस २१ गते ००:१५

वैदेशिक रोजगारका सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका नेपाली ७ महिलालाई भारतले उद्धार गरेको छ । ७ नेपालीसहित ३ भारतीय महिलालाई उद्धार गरिएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बताएकी छिन् ।
 
मानव तस्करीमा संलग्न गिरोहले केन्याको बन्दरगा शहर मोम्बासामा भारतीयसहित नेपाली महिलालाई बन्दी बनाएको थाहा पाएपछि उद्धार गरिएको स्वराजले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएकी हुन् । ‘हामीले ३ जना भारतीय युवतीलाई उद्धार गरेका छौं, ७ जना नेपाली युवती पनि उद्धार गरिएका छन्।’ –स्वराजले ट्वीटरमा उल्लेख गरेकी छिन् ।
 
संगठित मानव तस्कर समूहको फन्दामा परेर उद्धार गरिएका नेपाली र भारतीय महिलालाई भारत ल्याउने तयारी भइरहेको बताइएको छ । तर उद्धार गरिएका नेपालीबारे सरकारले बिहीबार अबेरसम्म विस्तृत सूचना पाउन सकेको छैन । यसबारेमा जिज्ञाशा राख्दा परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले खबर थाहा पाउनेबित्तिकै दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावासमार्फत सूचना लिने प्रयास भए पनि बिहीबार अबेरसम्म विस्तृत सूचना नआएको बताए ।
 
‘त्यस्तो खबर थाहा पाउनेबित्तिकै मन्त्रालयले दक्षिण अफ्रिकामार्फत खबर बुझ्ने प्रयास जारी राखेको छ’, उनले भने – ‘अफ्रिकी दूतावासले केन्यामा रहेका अवैतनिक नेपाली वाणिज्यदूतमार्फत पनि सूचना लिने प्रयास गरेको छ।’ मन्त्रालयकै एक उच्च स्रोतका अनुसार केन्यामा बन्धक बनाइएका नेपाली महिला स्थानीय डान्स बारमा काम गर्नेहरू हुन् ।
 
मानव तस्कर गिरोहले युवतीहरुको राहदानी र फोन कब्जामा लिएर सम्पर्क विहीन बनाएको अवस्थामा उद्धार गरिएको बताइएको छ ।  भारतीय समाचारपत्रहरुले युवतीहरुलाई केन्याको मुम्बासा पु¥याउने मानव तस्करहरुलाई पञ्जाव सरकारले कारबाहीको प्रक्रृया अघि बढाउने बताएका छन् । उनीहरु पञ्जावबाट त्यहाँ पु¥याइएका थिए ।
 
पछिल्लो केही वर्ष यता मानव तस्करहरुले आकर्षक कमाई हुने प्रलोभन देखाउँदै अफ्रिकी मुलुकका डान्सबारहरुमा नर्तकीका रुपमा काम गर्न नेपाली युवतीलाई त्यहाँ पु¥याउने गरेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
176.   नेपाली कांग्रेसको घोषणापत्रमा प्रतिवर्ष ५ लाख युवालाई रोजगार
177.   नियमन गर्ने कार्यपालिका भएको देशमा यो बन्द गर र यो खोल भन्ने को हो समिति ?
178.   मल्ल बिनाको महासंघ रानो बिनाको मौरी
179.   संघका पदाधिकारीहरु पुनः नेतृत्व लिन अघि नसरे हुन्छ : वाग्ले (भिडियोसहित)
180.   भाग्यमा एक मत,फिनिसिङ गर्न जानिन्,कुपात्रले सिध्याए : वाग्ले (हेर्नुस भिडियो )
181.   विदेशी कामदारलाई दिने भिसा रद्द गर्ने अष्ट्रेलियाली प्रधानमन्त्रीको घोषणा
182.   अन्तत : मेनपावर व्यवसायीले सरकार सामु घूँडा टेके
183.   अध्ययनका लागि दक्षिण अमेरिका जान प्रतिबन्ध
184.   आप्रवासी नेपाली घरेलु कामदारको सम्मेलन सुरु
185.   खाडी मुलुकमा घरेलु कामदार नपठाउन संसदीय समितिको निर्देशन
186.   कोरियन भाषा परीक्षाका लागि ७५ हजारभन्दा बढीको आवेदन
187.   रोजगार मैत्री श्रम ऐन बनाउन सरकारलाई संसदीय समितिको निर्देशन
188.   वैदेशिक रोजगारीमा गएका परिवार बिरामी भएमा आर्थिक सहयोग पाउने
189.   वैदेशिक रोजगारीबाट फर्किएकालाई सीपका आधारमा योग्यताको प्रमाणपत्र
190.   साउदीद्वारा ९० दिने आममाफीको घोषणा
191.   फ्री भिसा फ्री टिकटमा पठाएको कामदारको विवरण माग्यो सरकारले, व्यवसायी भन्छन दिदैनौ
192.   वैदेशिक रोजगार छात्रवृत्तिका लागि निवेदन दिने म्याद थपियो
193.   बंगालीलाई खुल्यो मलेसियाको ढोका
194.   ​सरकारी जागिरमा ठुलो संख्यामा अवसर, ७ सय ६९ खरिदारको माग (सूचनासहित)
195.   वैदेशिक रोजगारी व्यवस्थित गर्न पाँच सदस्यीय गृहकार्य कार्यदल गठन
196.   कुर्मीको हत्याबारे सत्य तथ्य सार्वजनिक गरि हत्यारालाई कारवाहीको माग
197.   इजरायलमा ६० जना नेपाली केयरगिभरको माग (सूचनासहित)
198.   मलेसिया जाने कामदारसँग खुल्लम खुल्ला १ लाख असुल्दै ग्राण्ड सुइट
199.   सन् २०१८ मा कोरियाले १० हजार २ सय नेपाली लैजाने, आवेदन चैत ९ देखि, परीक्षा जेठ अन्तिममा
200.   के मेनपावर व्यवसाय नै बदनाम हो वा व्यवसायी ?
Results 568: You are at page 8 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media