सोमवार, असार ११ गते, २०७५
शनिवार, २०७४ पुस २१ गते ००:१५

वैदेशिक रोजगारका सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका नेपाली ७ महिलालाई भारतले उद्धार गरेको छ । ७ नेपालीसहित ३ भारतीय महिलालाई उद्धार गरिएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बताएकी छिन् ।
 
मानव तस्करीमा संलग्न गिरोहले केन्याको बन्दरगा शहर मोम्बासामा भारतीयसहित नेपाली महिलालाई बन्दी बनाएको थाहा पाएपछि उद्धार गरिएको स्वराजले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएकी हुन् । ‘हामीले ३ जना भारतीय युवतीलाई उद्धार गरेका छौं, ७ जना नेपाली युवती पनि उद्धार गरिएका छन्।’ –स्वराजले ट्वीटरमा उल्लेख गरेकी छिन् ।
 
संगठित मानव तस्कर समूहको फन्दामा परेर उद्धार गरिएका नेपाली र भारतीय महिलालाई भारत ल्याउने तयारी भइरहेको बताइएको छ । तर उद्धार गरिएका नेपालीबारे सरकारले बिहीबार अबेरसम्म विस्तृत सूचना पाउन सकेको छैन । यसबारेमा जिज्ञाशा राख्दा परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले खबर थाहा पाउनेबित्तिकै दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावासमार्फत सूचना लिने प्रयास भए पनि बिहीबार अबेरसम्म विस्तृत सूचना नआएको बताए ।
 
‘त्यस्तो खबर थाहा पाउनेबित्तिकै मन्त्रालयले दक्षिण अफ्रिकामार्फत खबर बुझ्ने प्रयास जारी राखेको छ’, उनले भने – ‘अफ्रिकी दूतावासले केन्यामा रहेका अवैतनिक नेपाली वाणिज्यदूतमार्फत पनि सूचना लिने प्रयास गरेको छ।’ मन्त्रालयकै एक उच्च स्रोतका अनुसार केन्यामा बन्धक बनाइएका नेपाली महिला स्थानीय डान्स बारमा काम गर्नेहरू हुन् ।
 
मानव तस्कर गिरोहले युवतीहरुको राहदानी र फोन कब्जामा लिएर सम्पर्क विहीन बनाएको अवस्थामा उद्धार गरिएको बताइएको छ ।  भारतीय समाचारपत्रहरुले युवतीहरुलाई केन्याको मुम्बासा पु¥याउने मानव तस्करहरुलाई पञ्जाव सरकारले कारबाहीको प्रक्रृया अघि बढाउने बताएका छन् । उनीहरु पञ्जावबाट त्यहाँ पु¥याइएका थिए ।
 
पछिल्लो केही वर्ष यता मानव तस्करहरुले आकर्षक कमाई हुने प्रलोभन देखाउँदै अफ्रिकी मुलुकका डान्सबारहरुमा नर्तकीका रुपमा काम गर्न नेपाली युवतीलाई त्यहाँ पु¥याउने गरेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
476.   वैदेशिक रोजगारीमा शुल्क प्रणाली लागू गर्ने तयारी
477.   कोरिया भाषा परीक्षाको आवेदन आजबाट खुल्ला
478.   इजरायलमा नेपाली कामदार सरकारले नै पठाउँदै
479.   इपीएसको आवेदन फारम खुल्यो
480.   बेरोजगारलाई रोजगार दिन सरकारलाई आदेश
481.   मृतक चौधरीको परिवारलाई एसओएस मेनपावरको सहयोग
482.   व्यवसायी संघको चुनाव बैशाखमा हुन्छ त ?
483.   म आफै पीडित भएको छु: मेनपावर व्यवसायी
484.   मलेसियाबाट फर्कियो संसदिय समिति
485.   दुवै देशका सरकारको कमजोरीले मलेसियामा नेपालीलाई दुख
486.   कोरियाको नेपाली दूतावास नेपालीप्रति नै बेखबर
487.   वैदेशिक रोजगार पत्रकार समाजमा नयाँ नेतृत्व
488.   कोरिया जाने युवा भन्छन्-'सरकारी निकायले नै ठग्यो'
489.   खाडीदेखि अफ्रिकासम्मका डान्स बारमा नेपाली युवती
490.   कोरिया जाने चक्करमा यसरी ठगिए युवा
491.   संघका अध्यक्ष वाग्लेलाई पितृ शोक
492.   संघको साधारण सभा पुन आगामी शुक्रबार हुने
493.   जिल्ला प्रशासनको निर्देशन नटेर्दै संघले साधारणसभा गर्ने
494.   लोग्ने खोज्न मलेसिया
495.   भिएलएन नेपालको दर्ता खारेजी नहुने
496.   पुसमा ४५ हजार नेपाली बिदेसिए
497.   यूरोपियन मापदण्डको गोर्खा सेक्युरिटी संचालनमा
498.   कानूनीरुपमा संचालन भइरहेको भिएलएन नेपालको दावी
499.   मलेसियामा थुनामा परेका नेपालीको चित्कार
500.   विदेश जाँदा कति लाग्छ ?
Results 568: You are at page 20 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media