सोमवार, असार ११ गते, २०७५
शनिवार, २०७४ पुस २१ गते ००:१५

वैदेशिक रोजगारका सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका नेपाली ७ महिलालाई भारतले उद्धार गरेको छ । ७ नेपालीसहित ३ भारतीय महिलालाई उद्धार गरिएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बताएकी छिन् ।
 
मानव तस्करीमा संलग्न गिरोहले केन्याको बन्दरगा शहर मोम्बासामा भारतीयसहित नेपाली महिलालाई बन्दी बनाएको थाहा पाएपछि उद्धार गरिएको स्वराजले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएकी हुन् । ‘हामीले ३ जना भारतीय युवतीलाई उद्धार गरेका छौं, ७ जना नेपाली युवती पनि उद्धार गरिएका छन्।’ –स्वराजले ट्वीटरमा उल्लेख गरेकी छिन् ।
 
संगठित मानव तस्कर समूहको फन्दामा परेर उद्धार गरिएका नेपाली र भारतीय महिलालाई भारत ल्याउने तयारी भइरहेको बताइएको छ । तर उद्धार गरिएका नेपालीबारे सरकारले बिहीबार अबेरसम्म विस्तृत सूचना पाउन सकेको छैन । यसबारेमा जिज्ञाशा राख्दा परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले खबर थाहा पाउनेबित्तिकै दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावासमार्फत सूचना लिने प्रयास भए पनि बिहीबार अबेरसम्म विस्तृत सूचना नआएको बताए ।
 
‘त्यस्तो खबर थाहा पाउनेबित्तिकै मन्त्रालयले दक्षिण अफ्रिकामार्फत खबर बुझ्ने प्रयास जारी राखेको छ’, उनले भने – ‘अफ्रिकी दूतावासले केन्यामा रहेका अवैतनिक नेपाली वाणिज्यदूतमार्फत पनि सूचना लिने प्रयास गरेको छ।’ मन्त्रालयकै एक उच्च स्रोतका अनुसार केन्यामा बन्धक बनाइएका नेपाली महिला स्थानीय डान्स बारमा काम गर्नेहरू हुन् ।
 
मानव तस्कर गिरोहले युवतीहरुको राहदानी र फोन कब्जामा लिएर सम्पर्क विहीन बनाएको अवस्थामा उद्धार गरिएको बताइएको छ ।  भारतीय समाचारपत्रहरुले युवतीहरुलाई केन्याको मुम्बासा पु¥याउने मानव तस्करहरुलाई पञ्जाव सरकारले कारबाहीको प्रक्रृया अघि बढाउने बताएका छन् । उनीहरु पञ्जावबाट त्यहाँ पु¥याइएका थिए ।
 
पछिल्लो केही वर्ष यता मानव तस्करहरुले आकर्षक कमाई हुने प्रलोभन देखाउँदै अफ्रिकी मुलुकका डान्सबारहरुमा नर्तकीका रुपमा काम गर्न नेपाली युवतीलाई त्यहाँ पु¥याउने गरेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
26.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
27.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
28.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
29.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
30.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
31.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
32.   कतारले कामदारको क्षतिपूर्ति दिने
33.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
34.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
35.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
36.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
37.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
38.   १६ हजार युवालाई सीपमूलक तालीम दिइने
39.   श्रम तथा रोजगार मन्त्रालयमा विष्टको प्रवेश
40.   जोर्डन जानेले यी ५ मेडिकल नै जानु पर्ने
41.   गृहमन्त्रीको वैदेशिक रोजगारमा हुने ठगीमा चासो
42.   विभागमा संस्थागत भन्दा व्यक्तिगत उजुरी धेरै (भिडियो रिपोर्टसहित)
43.   यूएई जानेको आर्थिकभार अझ बढ्दै, प्रहरी रिपोर्ट प्रमाणीकरणको जिम्मा दुई ट्राभल्सलाई
44.   नवौं कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा, चैत्र ८ देखि १७ सम्म आवेदन खुल्ला
45.   राम्रो जागिरको लोभमा ठगिए ४ सय युवा
46.   युएई दुतावास परिसरमा भीड बढेपछि प्रहरीसँगको सहकार्यमा रोजगार मिडियाले ग¥यो टोकन वितरण
47.   कोरियाले सन् २०१९ मा ७ हजारभन्दा बढी नेपाली कामदार लैजाने
48.   अवैधरुपमा विदेश गएका नेपाली महिलाका समस्याबारे जनचेतना
49.   दूतावासमै युएई जाने नेपालीको भीड, एउटै छापको लागि घण्टौ लाइन र चर्को शुल्क
50.   संघियता लागूभए सँगै ठूलो सङ्ख्यामा कर्मचारी आवश्यक
Results 568: You are at page 2 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media