बुधवार, माघ ०३ गते, २०७४
शनिवार, २०७४ पुस २१ गते ००:१५

वैदेशिक रोजगारका सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका नेपाली ७ महिलालाई भारतले उद्धार गरेको छ । ७ नेपालीसहित ३ भारतीय महिलालाई उद्धार गरिएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बताएकी छिन् ।
 
मानव तस्करीमा संलग्न गिरोहले केन्याको बन्दरगा शहर मोम्बासामा भारतीयसहित नेपाली महिलालाई बन्दी बनाएको थाहा पाएपछि उद्धार गरिएको स्वराजले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएकी हुन् । ‘हामीले ३ जना भारतीय युवतीलाई उद्धार गरेका छौं, ७ जना नेपाली युवती पनि उद्धार गरिएका छन्।’ –स्वराजले ट्वीटरमा उल्लेख गरेकी छिन् ।
 
संगठित मानव तस्कर समूहको फन्दामा परेर उद्धार गरिएका नेपाली र भारतीय महिलालाई भारत ल्याउने तयारी भइरहेको बताइएको छ । तर उद्धार गरिएका नेपालीबारे सरकारले बिहीबार अबेरसम्म विस्तृत सूचना पाउन सकेको छैन । यसबारेमा जिज्ञाशा राख्दा परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले खबर थाहा पाउनेबित्तिकै दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावासमार्फत सूचना लिने प्रयास भए पनि बिहीबार अबेरसम्म विस्तृत सूचना नआएको बताए ।
 
‘त्यस्तो खबर थाहा पाउनेबित्तिकै मन्त्रालयले दक्षिण अफ्रिकामार्फत खबर बुझ्ने प्रयास जारी राखेको छ’, उनले भने – ‘अफ्रिकी दूतावासले केन्यामा रहेका अवैतनिक नेपाली वाणिज्यदूतमार्फत पनि सूचना लिने प्रयास गरेको छ।’ मन्त्रालयकै एक उच्च स्रोतका अनुसार केन्यामा बन्धक बनाइएका नेपाली महिला स्थानीय डान्स बारमा काम गर्नेहरू हुन् ।
 
मानव तस्कर गिरोहले युवतीहरुको राहदानी र फोन कब्जामा लिएर सम्पर्क विहीन बनाएको अवस्थामा उद्धार गरिएको बताइएको छ ।  भारतीय समाचारपत्रहरुले युवतीहरुलाई केन्याको मुम्बासा पु¥याउने मानव तस्करहरुलाई पञ्जाव सरकारले कारबाहीको प्रक्रृया अघि बढाउने बताएका छन् । उनीहरु पञ्जावबाट त्यहाँ पु¥याइएका थिए ।
 
पछिल्लो केही वर्ष यता मानव तस्करहरुले आकर्षक कमाई हुने प्रलोभन देखाउँदै अफ्रिकी मुलुकका डान्सबारहरुमा नर्तकीका रुपमा काम गर्न नेपाली युवतीलाई त्यहाँ पु¥याउने गरेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
376.   ‘सरकारसँगको सम्झौता दुवै पक्षको जीत’
377.   अब फ्री भिसा र फ्री टिकटको विषय मिल्यो
378.   फ्री भीषा फ्री टिकटमा आफै चुके मेनपावर व्यवसायी
379.   ५ हजारमा मिलेन मन्त्रालय र व्यवसायीको वार्ता
380.   मेनपावर व्यवसायी–मन्त्रालय वार्ता सहमति नजिक
381.   श्रम मन्त्रालय र व्यवसायीबीच वार्ता जारी
382.   कुर्सीमा बस्ने मेनपावर व्यवसायीलाई गर्मीमा आन्दोलन नगर्न मन्त्रीको आग्रह
383.   व्यवसायीले नटेरे जीटुजी मार्फत कामदार पठाउन सकिन्छ : मन्त्री गुरुङ
384.   व्यवसाय ठप्प पार्दै वैदेशिक रोजगार व्यवसायीहरुको आन्दोलन जारी
385.   सरकारले निर्णय फिर्ता नगरे मेनपावर अनिश्चितकाल बन्द
386.   “फ्री भिसा, फ्री टिकट” सरकारले लागु गरेरै छोड्ने
387.   संघमा विमल ढकाल विजयी (मत परिणामसहित)
388.   वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा सम्पन्न
389.   संघमा नयाँ नेतृत्वको निर्वाचन भोली बिहिबार हुदै
390.   आकर्षणको अग्रसरतामा सिन्धुपाल्चोकका भुकम्पपीडितलाई २६ लाख वितरण
391.   अध्यक्षका प्रत्यासीले मागे श्रमराज्यमन्त्री राजिनामा
392.   संघको महासचिवमा महासंग्राम
393.   संघ निर्वाचनमा प्रथम उपाध्यक्षमा तीन प्रतिष्पर्धी
394.   कांग्रेसले भन्यो संघको नेतृत्वमा आधिकारिक ढकाल प्यानल
395.   ढकालको नेतृत्वमा फोरमको पूर्ण प्यानल घोषणा
396.   संघको आगामी नेतृत्वमा पोखरेलको प्यानल घोषणा
397.   विशुद्ध व्यवसायिक घिमिरेको सबै पदसहितको प्यानल सार्वजनिक
398.   ‘फ्रि भिषा, फ्रि टिकट’ तत्काल लागु नहुने संकेत
399.   बिशुद्ध व्यवसायिक नेतृत्वका लागि घिमिरेको प्यानल
400.   वैदेशिक रोजगार अब निःशुल्क
Results 506: You are at page 16 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media