सोमवार, असार ११ गते, २०७५
शनिवार, २०७४ पुस २१ गते ००:१५

वैदेशिक रोजगारका सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका नेपाली ७ महिलालाई भारतले उद्धार गरेको छ । ७ नेपालीसहित ३ भारतीय महिलालाई उद्धार गरिएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बताएकी छिन् ।
 
मानव तस्करीमा संलग्न गिरोहले केन्याको बन्दरगा शहर मोम्बासामा भारतीयसहित नेपाली महिलालाई बन्दी बनाएको थाहा पाएपछि उद्धार गरिएको स्वराजले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएकी हुन् । ‘हामीले ३ जना भारतीय युवतीलाई उद्धार गरेका छौं, ७ जना नेपाली युवती पनि उद्धार गरिएका छन्।’ –स्वराजले ट्वीटरमा उल्लेख गरेकी छिन् ।
 
संगठित मानव तस्कर समूहको फन्दामा परेर उद्धार गरिएका नेपाली र भारतीय महिलालाई भारत ल्याउने तयारी भइरहेको बताइएको छ । तर उद्धार गरिएका नेपालीबारे सरकारले बिहीबार अबेरसम्म विस्तृत सूचना पाउन सकेको छैन । यसबारेमा जिज्ञाशा राख्दा परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले खबर थाहा पाउनेबित्तिकै दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावासमार्फत सूचना लिने प्रयास भए पनि बिहीबार अबेरसम्म विस्तृत सूचना नआएको बताए ।
 
‘त्यस्तो खबर थाहा पाउनेबित्तिकै मन्त्रालयले दक्षिण अफ्रिकामार्फत खबर बुझ्ने प्रयास जारी राखेको छ’, उनले भने – ‘अफ्रिकी दूतावासले केन्यामा रहेका अवैतनिक नेपाली वाणिज्यदूतमार्फत पनि सूचना लिने प्रयास गरेको छ।’ मन्त्रालयकै एक उच्च स्रोतका अनुसार केन्यामा बन्धक बनाइएका नेपाली महिला स्थानीय डान्स बारमा काम गर्नेहरू हुन् ।
 
मानव तस्कर गिरोहले युवतीहरुको राहदानी र फोन कब्जामा लिएर सम्पर्क विहीन बनाएको अवस्थामा उद्धार गरिएको बताइएको छ ।  भारतीय समाचारपत्रहरुले युवतीहरुलाई केन्याको मुम्बासा पु¥याउने मानव तस्करहरुलाई पञ्जाव सरकारले कारबाहीको प्रक्रृया अघि बढाउने बताएका छन् । उनीहरु पञ्जावबाट त्यहाँ पु¥याइएका थिए ।
 
पछिल्लो केही वर्ष यता मानव तस्करहरुले आकर्षक कमाई हुने प्रलोभन देखाउँदै अफ्रिकी मुलुकका डान्सबारहरुमा नर्तकीका रुपमा काम गर्न नेपाली युवतीलाई त्यहाँ पु¥याउने गरेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
301.   विदेश होइन तरकारी खेतीप्रति युवाको आकर्षण
302.   नेपाल प्रहरीमा जागिर खुल्यो, ५ सय ५१ प्रहरी सहायक निरीक्षकको माग (सूचनासहित)
303.   कतारमा कफला सिस्टम खारेज, आप्रवासी कामदारलाई थप अधिकार
304.   साउदीमा अलपत्र परेका कामदारलाई फर्काउन संसदीय समितिको निर्देशन
305.   नेपाल बैंकमा जागिर खुल्यो (सुचनासहित)
306.   कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक (नतिजासहित)
307.   वैदेशिक रोजगारका लागि विदेसिने १८ प्रतिशतले घटे
308.   राष्ट्रिय बाणिज्य बैंकमा जागिर खुल्यो (सुचनासहित)
309.   मेनपावरका शाखा र एजेन्ट कति छन् ? बिभागसँगै तथ्यांक छैन
310.   सबैभन्दा बढी कामदार विदेश पठाउनेमा एसओएस, दि रिभर दोश्रो र प्याराडाइज तेस्रो
311.   नेपाली कामदार लिन कुवेतका रोजगारदातासँग दूतावासको आग्रह
312.   कोरियामा कामदारको तलब बृद्धि, नेपालीको न्यूनतम तलब १ लाख ३० हजार हुने
313.   कुवेतले घरेलु कामदारको न्यूनतम पारिश्रामिक तोक्यो
314.   कोरियन भाषा परीक्षाको नतिजा साउन ११ मा आउने
315.   गैरकानूनीरुपमा विदेश जाने अनि बैधानिक हुने
316.   ऐन संशोधनको विषयमा अन्तर्राष्ट्रिय संस्थाहरुसँग संघले गर्यो छलफल
317.   राजदूत फिर्ता बोलाउन संघद्वारा परराष्ट्र मन्त्रीको ध्यानाकर्षण (ज्ञापनपत्रसहित)
318.   श्रममन्त्री बोहराको मलेसिया भ्रमण घुमफिरमै सीमित (भिडियो सहित )
319.   मलेसियाका राजदुत बस्न्यात कमिशन र घुसखोरीमा लिप्त रहेको व्यवसायीको आरोप
320.   मलेसियामा न्युनतम पारिश्रामिकमा बृद्धि, नेपाली कामदार लाभान्वित हुने
321.   कामदार उड्न छोडेपछि श्रम मन्त्री किन मलेसिया उड्दैछन् ?
322.   वैदेशिक रोजगारलाई सुरक्षित बनाउन स्थानियस्तरमा युवाहरु जुटदै
323.   द्वन्द्वग्रस्त मुलुकबाट फर्कन चाहने नेपालीलाई तत्काल फर्काउने व्यवस्था मिलाउन निर्देशन
324.   इपीएस कोरियन भाषा परीक्षा सम्पन्न, ८८ नक्कली परीक्षार्थी पक्राउ
325.   आयल निगममा अवसर, विभिन्न पदमा ६२ जनाको माग
Results 568: You are at page 13 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media