बुधवार, माघ ०३ गते, २०७४
शनिवार, २०७४ पुस २१ गते ००:१५

वैदेशिक रोजगारका सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका नेपाली ७ महिलालाई भारतले उद्धार गरेको छ । ७ नेपालीसहित ३ भारतीय महिलालाई उद्धार गरिएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बताएकी छिन् ।
 
मानव तस्करीमा संलग्न गिरोहले केन्याको बन्दरगा शहर मोम्बासामा भारतीयसहित नेपाली महिलालाई बन्दी बनाएको थाहा पाएपछि उद्धार गरिएको स्वराजले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएकी हुन् । ‘हामीले ३ जना भारतीय युवतीलाई उद्धार गरेका छौं, ७ जना नेपाली युवती पनि उद्धार गरिएका छन्।’ –स्वराजले ट्वीटरमा उल्लेख गरेकी छिन् ।
 
संगठित मानव तस्कर समूहको फन्दामा परेर उद्धार गरिएका नेपाली र भारतीय महिलालाई भारत ल्याउने तयारी भइरहेको बताइएको छ । तर उद्धार गरिएका नेपालीबारे सरकारले बिहीबार अबेरसम्म विस्तृत सूचना पाउन सकेको छैन । यसबारेमा जिज्ञाशा राख्दा परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले खबर थाहा पाउनेबित्तिकै दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावासमार्फत सूचना लिने प्रयास भए पनि बिहीबार अबेरसम्म विस्तृत सूचना नआएको बताए ।
 
‘त्यस्तो खबर थाहा पाउनेबित्तिकै मन्त्रालयले दक्षिण अफ्रिकामार्फत खबर बुझ्ने प्रयास जारी राखेको छ’, उनले भने – ‘अफ्रिकी दूतावासले केन्यामा रहेका अवैतनिक नेपाली वाणिज्यदूतमार्फत पनि सूचना लिने प्रयास गरेको छ।’ मन्त्रालयकै एक उच्च स्रोतका अनुसार केन्यामा बन्धक बनाइएका नेपाली महिला स्थानीय डान्स बारमा काम गर्नेहरू हुन् ।
 
मानव तस्कर गिरोहले युवतीहरुको राहदानी र फोन कब्जामा लिएर सम्पर्क विहीन बनाएको अवस्थामा उद्धार गरिएको बताइएको छ ।  भारतीय समाचारपत्रहरुले युवतीहरुलाई केन्याको मुम्बासा पु¥याउने मानव तस्करहरुलाई पञ्जाव सरकारले कारबाहीको प्रक्रृया अघि बढाउने बताएका छन् । उनीहरु पञ्जावबाट त्यहाँ पु¥याइएका थिए ।
 
पछिल्लो केही वर्ष यता मानव तस्करहरुले आकर्षक कमाई हुने प्रलोभन देखाउँदै अफ्रिकी मुलुकका डान्सबारहरुमा नर्तकीका रुपमा काम गर्न नेपाली युवतीलाई त्यहाँ पु¥याउने गरेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
276.   विदेशिएको छोरो वर्षौपछि घर आएपछि ...(भिडियोसहित)
277.   साधारण सदस्यसमेत नरहने गरी महासंघमा राजिनामा दिने तयारी
278.   बायोमेट्रिक प्रणाली नमान्ने संघको निर्णय
279.   वैदेशिक रोजगारीले टुक्रिदैँ परिवार, बालबच्चाको बिचल्ली
280.   मन्त्री बोहोराका सय दिने कार्य 'प्रगतिभन्दा हल्ला बढि'
281.   ‘एक घर, एक रोजगार’ सरकारको उदघोष
282.   साउदीको एक कम्पनीले ५० हजार कामदार हटायो
283.   वैदेशिक रोजगार विभागका लेखा अधिकृत घुससहित अख्तियारको फन्दामा
284.   घरेलु महिला कामदार विदेश पठाउन नेपालका ६ शर्त, एमओयुको तयारी अन्तिम चरणमा
285.   कामदारको मोवाइल नम्बर दिन नसक्ने व्यवसायीको भनाई
286.   २०७२ मा वैदेशिक रोजगार
287.   वैदेशिक रोजगारमा जाने महिला अब श्रमग्राम पुग्नै पर्ने
288.   पहिलो चरणमा १४ नेपाली केयरगिभरको टोली इजरायल उड्यो
289.   विदेशमा ज्यान गुमाउने नेपालीको परिवारले साढे १७ लाख क्षतिपूर्ति पाउने
290.   स्वास्थ्य क्षेत्रमा सरकारी जागिरको अवसर (सुचनासहित)
291.   कोरियन भाषा परीक्षाको आवेदन बैशाख १५ मा खुल्ने, परीक्षा असार ४ र ५ मा
292.   वैदेशिक रोजगारमा सार्क राष्ट्रको प्राक्टिसको छलफल
293.   वैदेशिक रोजगार व्यवसायीको आन्दोलन वार्ताका लागि आशिंक खुल्ला
294.   सहमति जुटाउन मन्त्रालय र व्यवसायीबीच नजिकियो संवाद
295.   संकटमा मलेसिया रोजगारी
296.   वैदेशिक रोजगारबाट रेमिट्यान्ससँगै शिशु भित्रिदै
297.   फ्री भिसा र टिकटको व्यवस्था फेर्न सांसद नै म्यानपावरको पक्षमा
298.   संघको आन्दोलन बेवास्ता गर्दै २३ मेनपावरले निकाले श्रमस्वीकृति
299.   सक्लान् यी दुईले निकास दिन ?
300.   डिडिसीमा जागिरको अवसर, अधिकृत र सहायक स्तरमा ७४ कर्मचारी माग
Results 506: You are at page 12 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media