सोमवार, असार ११ गते, २०७५
शनिवार, २०७४ पुस २१ गते ००:१५

वैदेशिक रोजगारका सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका नेपाली ७ महिलालाई भारतले उद्धार गरेको छ । ७ नेपालीसहित ३ भारतीय महिलालाई उद्धार गरिएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बताएकी छिन् ।
 
मानव तस्करीमा संलग्न गिरोहले केन्याको बन्दरगा शहर मोम्बासामा भारतीयसहित नेपाली महिलालाई बन्दी बनाएको थाहा पाएपछि उद्धार गरिएको स्वराजले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएकी हुन् । ‘हामीले ३ जना भारतीय युवतीलाई उद्धार गरेका छौं, ७ जना नेपाली युवती पनि उद्धार गरिएका छन्।’ –स्वराजले ट्वीटरमा उल्लेख गरेकी छिन् ।
 
संगठित मानव तस्कर समूहको फन्दामा परेर उद्धार गरिएका नेपाली र भारतीय महिलालाई भारत ल्याउने तयारी भइरहेको बताइएको छ । तर उद्धार गरिएका नेपालीबारे सरकारले बिहीबार अबेरसम्म विस्तृत सूचना पाउन सकेको छैन । यसबारेमा जिज्ञाशा राख्दा परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले खबर थाहा पाउनेबित्तिकै दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावासमार्फत सूचना लिने प्रयास भए पनि बिहीबार अबेरसम्म विस्तृत सूचना नआएको बताए ।
 
‘त्यस्तो खबर थाहा पाउनेबित्तिकै मन्त्रालयले दक्षिण अफ्रिकामार्फत खबर बुझ्ने प्रयास जारी राखेको छ’, उनले भने – ‘अफ्रिकी दूतावासले केन्यामा रहेका अवैतनिक नेपाली वाणिज्यदूतमार्फत पनि सूचना लिने प्रयास गरेको छ।’ मन्त्रालयकै एक उच्च स्रोतका अनुसार केन्यामा बन्धक बनाइएका नेपाली महिला स्थानीय डान्स बारमा काम गर्नेहरू हुन् ।
 
मानव तस्कर गिरोहले युवतीहरुको राहदानी र फोन कब्जामा लिएर सम्पर्क विहीन बनाएको अवस्थामा उद्धार गरिएको बताइएको छ ।  भारतीय समाचारपत्रहरुले युवतीहरुलाई केन्याको मुम्बासा पु¥याउने मानव तस्करहरुलाई पञ्जाव सरकारले कारबाहीको प्रक्रृया अघि बढाउने बताएका छन् । उनीहरु पञ्जावबाट त्यहाँ पु¥याइएका थिए ।
 
पछिल्लो केही वर्ष यता मानव तस्करहरुले आकर्षक कमाई हुने प्रलोभन देखाउँदै अफ्रिकी मुलुकका डान्सबारहरुमा नर्तकीका रुपमा काम गर्न नेपाली युवतीलाई त्यहाँ पु¥याउने गरेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
251.   मलेसिया सरकारसँग छलफल नै नगरी श्रम समितिको एकतर्फी निर्णय
252.   वन स्टप सेन्टर र इमिग्रेशन सेक्युरिटि सेन्टरको काम तत्काल रोक्न निर्देशन
253.   बेलायतमा गोर्खा सैनिकको भर्ना संख्या २५ प्रतिशतले थपिंदै
254.   सेक्युरिटी गार्डमा विदेश जान लागेको प्रतिबन्ध हटाउन समितिको निर्देशन,
255.   सरकारले सहमतिको वेवास्था गरेको भन्दै फ्रि भिसा फ्रि टिकटको औचित्य समाप्त भएको संघको ठहर
256.   कोरिया रोजगारीका समस्याबारे श्रममन्त्रीलाई ध्यानाकर्षण
257.   ‘सेफ जर्नी’ गर्न व्यवसायीलाई नवनियुक्त महानिर्देशक पाण्डेको निर्देशन
258.   मलेसिया रोजगारीमा किन गिरावट आयो?(भिडियो रिपोर्टसहित)
259.   वैरो बिभागका महानिर्देशकको सरुवा, महानिर्देशकमा पाण्डे आए
260.   अब कतार, मलेसिया, यूएई र साउदीसम्बन्धी जानकारी फोनबाटै
261.   मानव तस्करीमा श्रीलंका रुटको प्रयोग बढ्यो
262.   विदेश पठाउने दलाल छ्यासछ्यास्ती
263.   खाद्य संस्थानमा जागिर खुल्यो, ३१ कर्मचारी माग (सूचनासहित)
264.   'जिल्लातहमा तालिम संचालनको अनुमति दिनु राहदानी संकलन केन्द्र बनाउनु हो'
265.   नविल बैंकले माग्यो ११० जना फ्रेस स्टाफ, १० जना म्यानेजमेन्ट ट्रेनी र १०० जना ट्रेनी एसिस्टेन्ट
266.   कोरिया रोजगारीका नाममा ठग्दै लामा
267.   निजामती अस्पतालले माग्यो ८३ कर्मचारी (सुचनासहित)
268.   नेपाली सेनामा जागिर खुल्यो (सुचनासहित)
269.   अफगानिस्तान रोजगारीमा लागेको प्रतिबन्ध खुल्यो
270.   नेपाल एयरलाइन्समा जागिर खुल्यो, अधिकृतदेखि सहायकसम्म ५३ जना माग
271.   कतारमा आप्रवासी कामदार सम्बन्धी कानुन खुकुलो बन्दै
272.   मानव तस्कर विरुद्ध लड्न कतारद्धारा समिति गठन
273.   साउदीले भिसा शुल्कमा भारि वृद्धि ल्यायो,नेपाली प्रभावित हुने
274.   कोरिया रोजगारीका नाममा ठगी गर्दै हिडेका श्रेष्ठ पक्राउ
275.   फ्री भिसा र फ्री टिकट कार्यान्वयन भएन
Results 568: You are at page 11 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media