सोमवार, असार ११ गते, २०७५
शनिवार, २०७४ पुस २१ गते ००:१५

वैदेशिक रोजगारका सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका नेपाली ७ महिलालाई भारतले उद्धार गरेको छ । ७ नेपालीसहित ३ भारतीय महिलालाई उद्धार गरिएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बताएकी छिन् ।
 
मानव तस्करीमा संलग्न गिरोहले केन्याको बन्दरगा शहर मोम्बासामा भारतीयसहित नेपाली महिलालाई बन्दी बनाएको थाहा पाएपछि उद्धार गरिएको स्वराजले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएकी हुन् । ‘हामीले ३ जना भारतीय युवतीलाई उद्धार गरेका छौं, ७ जना नेपाली युवती पनि उद्धार गरिएका छन्।’ –स्वराजले ट्वीटरमा उल्लेख गरेकी छिन् ।
 
संगठित मानव तस्कर समूहको फन्दामा परेर उद्धार गरिएका नेपाली र भारतीय महिलालाई भारत ल्याउने तयारी भइरहेको बताइएको छ । तर उद्धार गरिएका नेपालीबारे सरकारले बिहीबार अबेरसम्म विस्तृत सूचना पाउन सकेको छैन । यसबारेमा जिज्ञाशा राख्दा परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले खबर थाहा पाउनेबित्तिकै दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावासमार्फत सूचना लिने प्रयास भए पनि बिहीबार अबेरसम्म विस्तृत सूचना नआएको बताए ।
 
‘त्यस्तो खबर थाहा पाउनेबित्तिकै मन्त्रालयले दक्षिण अफ्रिकामार्फत खबर बुझ्ने प्रयास जारी राखेको छ’, उनले भने – ‘अफ्रिकी दूतावासले केन्यामा रहेका अवैतनिक नेपाली वाणिज्यदूतमार्फत पनि सूचना लिने प्रयास गरेको छ।’ मन्त्रालयकै एक उच्च स्रोतका अनुसार केन्यामा बन्धक बनाइएका नेपाली महिला स्थानीय डान्स बारमा काम गर्नेहरू हुन् ।
 
मानव तस्कर गिरोहले युवतीहरुको राहदानी र फोन कब्जामा लिएर सम्पर्क विहीन बनाएको अवस्थामा उद्धार गरिएको बताइएको छ ।  भारतीय समाचारपत्रहरुले युवतीहरुलाई केन्याको मुम्बासा पु¥याउने मानव तस्करहरुलाई पञ्जाव सरकारले कारबाहीको प्रक्रृया अघि बढाउने बताएका छन् । उनीहरु पञ्जावबाट त्यहाँ पु¥याइएका थिए ।
 
पछिल्लो केही वर्ष यता मानव तस्करहरुले आकर्षक कमाई हुने प्रलोभन देखाउँदै अफ्रिकी मुलुकका डान्सबारहरुमा नर्तकीका रुपमा काम गर्न नेपाली युवतीलाई त्यहाँ पु¥याउने गरेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
226.   श्रम स्वीकृतिको अनलाइन सेवा : ‘बाँदरको हातमा नरिवल...’
227.   ‘आफ्नै असक्षमताले संघ नेतृत्व अवुधावी डाइलगमा सहभागी हुन सकेन’
228.   गैह्रकानूनी विदेशी कामदारलाई ‘वर्कपास’ दिने मलेसियाको घोषणा
229.   आप्रवासी कामदारको लेबी हटाउने निर्णय मलेसिया सरकारले उल्टायो
230.   विद्युत प्राधिकरणमा जागिर खुल्यो, २५० बढी कर्मचारी माग (सूचनासहित)
231.   मलेसियाबाट जान चाहने सबै नेपालीलाई फर्काउँछौ: राजदुत बस्न्यात
232.   नेपाल वायु सेवा निगमले माग्यो २० जना पाइलट (सूचनासहित)
233.   भूकम्प अति प्रभावित जिल्लामा ४५ हजार दक्ष कामदार अभाव
234.   वैदेशिक रोजगार विभागमा अनियमितताको पराकाष्ठा
235.   मंसीर महिनामा ६६ हजार युवा वैदेशिक रोजगारमा उडे
236.   लोकसेवा आयोगले मागेभन्दा ३० गुणा बढी आवेदन
237.   मलेसियामा अब कामदारले लेबी तिर्नु नपर्ने
238.   नेपाली कामदारका लागि युरोपेली मुलुक लिथुएनिया खुल्ला गर्न सिफारिस
239.   वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक विचलनको भयावह अवस्था
240.   सोचेजस्तो माग सन् २०१७ मा कतारबाट आउदैन : पूर्वअध्यक्ष तामाङ
241.   कुवेतबाट फर्केकि एक महिलाको पीडा, ‘तलब माग्दा तातो पनिउँले कुट्थे’
242.   दक्षिण कोरियाले घटायो कामदारको कोटा, सन् २०१७मा ५६ हजार मात्र लिने
243.   कर्मचारी सञ्चय कोषमा २३ जना कर्मचारीको माग (सुचनासहित)
244.   कार्यान्वयन गर्न कठिन भए फ्री भिसा फ्री टिकट खारेज गरे हुन्छ : राज्यमन्त्री गच्छादार
245.   लोकसेवा आयोगले माग्यो ५ सय ४ अधिकृत (सूचनासहित)
246.   कतारमा कफला प्रणाली खारेज, आप्रवासी कामदारलाई जागिर परिवर्तनमा सहजता
247.   खाडि मुलुक जाने कामदार माथि आर्थिक भार थपिदै
248.   जिएफएमडीमा नेपालको जोड : गन्तव्य मुलुकसित ‘श्रम सम्झौता’
249.   'आप्रवासन डे'का दिन अनलाइन सिस्टम सुरु हुने
250.   वैदेशिक रोजगारीमा खाडि र मलेसियाको विकल्प कहिले खोज्ने ?
Results 568: You are at page 10 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media