विहिवार, असार ०७ गते, २०७५
शनिवार, २०७४ पुस २१ गते ००:००

सरकारले भारतसँग सीमा जोडिएका दक्षिणतर्फका ७ नाकामा अध्यागमन कार्यालय राख्न तयारी थालेको छ । विदेशी नागरिकका गैरकानुनी गतिविधि नियन्त्रण तथा अध्यागमन तथ्यांक व्यवस्थित गर्न इलामको पशुपतिनगरदेखि पर्साको ठोरीसम्मका आधा दर्जन नाकामा अध्यागमन कार्यालय स्थापना गर्न गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।
 
गृह मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा इलामको पशुपतिनगर र मोरङको रानीमा अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ । पारस्पारिक सहमति र समन्वयबिनै भारतले इलामको पशुपतिनगर जोड्ने फाटक र मोरङको रानी जोड्ने जोगबनीमा कार्यालय स्थापना गरेर अध्यागमन अधिकारी खटाएपछि नेपाल पक्षले पनि आधादर्जन नाकामा अध्यागमन संयन्त्र स्थापनाको गृहकार्य थालेको हो । अध्यागमन कार्यालयको भौतिक संरचना र जनशक्तिका लागि साधनस्रोत व्यवस्थापन गर्ने वितिक्कै कर्यालय स्थापना गरिने गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
 
गृह मन्त्रालय स्रोतका अनुसार पशुपतिनगर र रानीसहित पर्साको ठोरी, धनुषाको जटही, महोत्तरीको भिट्टामोड, रौतहटको गौर–वैरगनिया, सर्लाहीको मलंगवा–सोनवर्षा नाकामा पनि अध्यागमन कार्यालय स्थापना गर्न प्रस्ताव गरिएको छ ।
 
यी नाकामा अध्यागमन कार्यालय स्थापना भए तेस्रो मुलुकबाट गैरकानुनी रुपमा भित्रिने नागरिकका गतिविधि नियन्त्रण हुनुका साथै प्रवेश शुल्क व्यवस्थित हुँदा सरकारलाई राजस्वमा पनि थप योगदान पुग्ने गृहका अधिकारीहरू बताउँछन् ।
 
अहिले विभाग तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित भारतसँग सीमा जोड्ने झापाको काकडभिट्टा, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहैया, बाँके (नेपालगञ्ज)को जमुनाह, कैलालीको धनगढी, कञ्चनपुरको गड्डाचौकी (महेन्द्रनगर) तथा उत्तरतर्फ रसुवाको रसुवागढीमा अध्यागमन कार्यालय सञ्चालनमा छन् । विनाशकारी भूकम्पपछि तातोपानी नाका बन्दसँगै कोदारीस्थित अध्यागमन कार्यालय अनिश्चितकालका लागि बन्द भएको छ । मुस्ताङको कोरला नाकामा पनि अध्यागमन कार्यालय खोल्ने चर्चा चलेपनि सरकारले अहलेसम्म पूर्वाधार निर्माण गर्न सकेको छैन ।
 
अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले सातवटै प्रदेशअन्तर्गतका नाकामा साधनस्रोतले भ्याएसम्म विदेशी आवागमन नियमन तथा व्यवस्थापन गर्न अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने बताए । अध्यगमन विभागको तथ्यांकअनुसार भारततर्फ ७४ चेकप्वाइन्टबाट आर्थिक कारोबार तथा मानिस आवागमन हुने भए पनि अध्यागमन कार्यालयको अभावमा विदेशी नागरिकको अभिलेख व्यवस्थित हुन सकेको छैन । 
गतवर्ष मात्रै सरकारले विदेशी नागरिकबाट प्रवेश (भिसा शुल्क, ओभरस्टे तथा आपराधिक गतिविधिमा संलग्नबाट प्राप्त जरिवाना बापत २ अर्ब २३ करोड रुपैयाँभन्दा बढी राजस्व असुल गरेको छ । दक्षिणतर्फका नाकाबाट आवागमन व्यवस्थित गर्न सके रजस्वमा वृद्धि र गैरकानुनी ओहोरदोहोर नियन्त्रण हुने सुझाव अध्यागमन विभागका अधिकारीले गृह मन्त्रालयलाई सुझाव दिएका छन् । 
 
मुख्य नाका र छोटी भन्सारबाहेक दक्षिणतर्फका चेकप्वाइन्ट मार्फत अबैध हातहतियार (लागुऔषध कारोबार, भन्सार छली तथा विदेशी नागरिकको अवैध आवतजावत हुने गरेको भन्दै मन्त्रालयले पहिचान भएका नाकाको सुरक्षाजाँचमा कडाइ गर्न यसअघि नै सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकेको छ । उत्तरतर्फ २५ भन्दा बढी नाका तथा सीमा भञ्ज्याङ भए पनि १ दर्जनभन्दा बढी स्थानमा मात्रै मानिस आवतजावत गर्न मिल्ने गृह मन्त्रालयको भनाइ छ ।
 
 भारत र चीन जोड्ने मुख्य नाक, भन्सार र चेकप्वाइन्ट गरी ८७ स्थानमा सशस्त्र प्रहरीले ‘बोर्डर आउट पोस्ट’ (बीओपी) स्थापना गरेको छ । यस्ता कतिपय स्थानमा नेपाल प्रहरीका पनि सीमा चौकी सक्रिय छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
2.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
3.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
4.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
5.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
6.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
7.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
8.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
9.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
10.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
11.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
12.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
13.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
14.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
15.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
16.   नयाँ अमेरिकी राजदूत नेपाल आउदै, को हुन् र्‍यान्डी ?
17.   चक्रपथमा मोनोरेल चलाउन कानमपा र चिनियाँ कम्पनीबीच सम्झौता
18.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
19.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
20.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
21.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
22.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
23.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
24.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
25.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
Results 724: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media