बुधवार, माघ ०३ गते, २०७४
आइतवार, २०७४ पुस १६ गते २२:०४

संसद्को आफ्नो भवन नहुँदा संसद् बैठकका लागि भाडाबापत एक अर्ब ६८ करोड खर्च हुने भएको छ । सरकारले संघीय संसद्का लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएको छ । यसअघि संविधानसभा बैठक पनि भाडामा लिएर सोही भवनमा सञ्चालन भएको थियो भने संविधान जारी भएपछि संसद् बैठक पनि त्यहीं बसेको थियो । 
 
संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई वार्षिक १५ करोड भाडा बुझाउने सम्झौता भएको छ । सम्झौतामा बर्सेनि कति बढाउने उल्लेख छैन तर न्यूनतम १० प्रतिशत बढाउने सहमति भएको स्रोतले बतायो । २०६६ देखियता प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा बढाउँदै आएको छ ।  प्रतिनिधिसभा पाँच वर्ष र राष्ट्रियसभा ६ वर्षको भएकाले सम्मेलन केन्द्र ६ वर्षका लागि भाडामा लिने सहमति भएको छ । 
 
सचिवालयले आगामी ६ वर्षको भाडा ९९ करोड ३० लाख रुपैयाँ तिर्नुपर्नेछ । सचिवालयले सम्मेलन केन्द्रलाई यसअघि ६८ करोड ४३ लाख ४९ हजार १ सय ७ रुपैयाँ भाडा बुझाइसकेको छ । दुवै रकम जोड्दा १ अर्ब ६७ करोड ७३ लाख ४९ हजार १ सय ७ रुपैयाँ हुन्छ ।  दुईवटा संविधानसभा र रूपान्तरित संसद् बैठकका लागि नौ वर्ष अवधिमा भाडाबापत ६८ करोड ४३ लाख ४९ हजार १ सय ७ रुपैयाँ खर्च भएको छ । संघीय संसद्को बैठक भवन मर्मतका लागि ३ करोड ३३ लाख खर्च भएको छ । यसबाहेक भवनभित्र हुने अन्य खर्च संसद् सचिवालयले गर्दै आएको छ ।
 
अबको संसद्मा भाडा र मर्मत खर्च १ अर्ब ७१ करोड ६ लाख ४९ हजार १ सय ७ रुपैयाँ लाग्नेछ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति र संसद् सचिवालयबीच एक साताअघि भएको सम्झौताबमोजिम सचिवालयले अब वार्षिक १५ करोड भाडा बुझाउनुपर्नेछ । गत साउनमा भएको सम्झौताबमोजिम वार्षिक भाडा १० करोड ५७ लाख १० हजार रुपैयाँ थियो ।
 
संघीय संसद् दुई सदनात्मक भएका कारण राष्ट्रियसभा बैठकका लागि सम्मेलन केन्द्रको क्षेत्र बढाइएको छ । 
 
संसद् सचिवालयले सिंहदरबारमा रहेको राष्ट्रियसभाको हलको प्रयोग नगरी सम्मेलन केन्द्रको थप क्षेत्र भाडा लिएको छ । संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने स्थानको दूरी  फरक फरक ठाउँमा राख्दा असहज हुने भएकाले एकै ठाउँमा बनाइएको बताए । राष्ट्रियसभाको पुरानो भवन भने प्रयोग गर्न मिल्ने अवस्थामा छ । 
तर गौतमले नयाँ भवन नबनेसम्म संघीय संसद्को बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै बस्ने बताए । नयाँ भवन बनाउन संसद् सचिवालय एक्लैले गरेको प्रयास सम्भव नभएको पनि उनले बताए । 
 
२०६५ वैशाख ९ गते संसद् सचिवालय र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिबीच वार्षिक ५ करोड ६३ लाख ३२ हजार १ सय रुपैयाँमा  सम्झौता भएको थियो । २०६६ सालमा १० प्रतिशत वृद्धि गरी वार्षिक ६ करोड १९ लाख ६५ हजार चार सयमा सम्झौता भएको थियो । त्यसपछि प्रत्येक दुई वर्षमा वार्षिक १० प्रतिशत वृद्धि भएको थियो । 
 
२०६७ सालमा ६ करोड १९ लाख ६५ हजार ३ सय १०, २०६८ सालमा ६ करोड ८१ लाख ६१ हजार ८ सय ४१, २०६९ सालमा ६ करोड ८१ लाख ६१ हजार ८ सय ४१ रुपैयाँ पु¥याइएको थियो । यस्तै २०७० सालमा ७ करोड ४९ लाख ७८ हजार २५, २०७१ सालमा ७ करोड ४९ लाख ७८ हजार २५, २०७२ सालमा ८ करोड २४ लाख ७५ हजार ८ सय २७ रुपैयाँ, २०७३ सालमा ८ करोड २४ लाख ७५ हजार ८ सय २७ रुपैयाँ, २०७४ सालको पुससम्मको ५ करोड २८ लाख ५५ हजार भाडा केन्द्रलाई बुझाइसकिएको छ । 
 
मर्मतका लागि अर्थ मन्त्रालयबाट छुट्याइएको ३ करोड ३३ लाखमा राष्ट्रियसभाको बैठक कक्ष तयारीका लागि २ करोडको टेन्डर गरिएको छ ।  प्रतिनिधिसभाको पुरानो भवन भूकम्पले भत्किने अवस्थामा छ । पुरानो भवन २ सय ५ जना मात्रै सांसद् धान्ने क्षमताको भएकाले संसद् सचिवालयलाई विगत देखि नै नयाँ भवन आवश्यक परेको थियो । २०६५ देखि २०७४ सालसम्मको संविधानसभाका दुई कार्यकाल सकिँदा पनि सचिवालयले संसद् भवन निर्माणका लागि निर्णय लिन सकेको छैन ।
 
संसद् भवन बनाउने विषयमा महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा समिति गठन भएको थियो । समितिले संसद् भवन सिंहदरबारभित्रै बनाउनुपर्ने सुझाव दिएको थियो । गत वर्ष मन्त्रिपरिषद्ले निर्णय गरेर भवन बनाउन सिंहदरबारको पुतली बगैंचाको १ सय ५१ रोपनी जग्गा  छुट्याएको थियो । 
 
तर सो ठाउँमा भवन बनाउने कार्य अहिले रोकिएको छ । सिंहदरबारभित्र संसद् भवन बनाउन नसकिने भएपछि सिंहदरबारबाहिर भवन बनाउने जग्गाको खोजी गरिएको छ । 
 
प्रतिनिधिसभाको बैठककक्ष १० दिनभित्रै तयारी हुने संसद् सचिवालयले जनाएको छ । ६ सय १ संविधानसभाका सदस्य रहेको बैठक सञ्चालन भइरहेको हललाई पार्टेसन गरेर अहिले आएका कुल २ सय ७५ सांसद रहेको प्रतिनिधिसभाको बैठक बस्ने कक्ष बनाउन लागिएको छ । राष्ट्रियसभाका ५९ सदस्यका लागि बोलपत्र आह्वान गरेर नुप्सेहलमा बैठक कक्ष निर्माण कार्य जारी छ ।  
संसद् सचिवालयले प्रतिनिधिसमा र राष्ट्रियसभा बैठकका लागि आवश्यक कर्सी मर्मत, कार्पेट खरिद तथा अडियो, भिडियोको व्यवस्थाका लागि टेन्डर आह्वान गरिसकेको छ । सचिवालयका प्रवक्ता तथा सहसचिव भरतराज गौतमको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरी व्यवस्थापकीय कार्य अगाडि बढाइएको छ । 
 
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सञ्चालन गर्न, वार्षिक बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रतिनिधिसभाको हल प्रयोग गरिने भएको छ । बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्दा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु संयुक्त रुपमा उपस्थित हुनुपर्दछ । प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 
 
त्यसैले, संसद् सचिवालयले प्रतिनिधिसभाको हलमा संयुक्त बैठकसमेत सञ्चालन गर्नुपर्ने हुँदा ३ सय ३४ सिट राख्ने भएको छ ।  प्रतिनिधिसभा २ सय ७५ सदस्यीय र राष्ट्रिय सभा ५९ सदस्यीय हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिहरूको बैठक भने सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बस्ने भएको छ । 
नागरिक दैनिकबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
2.   सुरक्षित घर अभियान सुरु
3.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
4.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
5.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
6.   अदालतको अपहेलना गरेको अभियोगमा डा. केसी पक्राउ
7.   चिसो अझै बढ्न सक्ने
8.   नाकामा अध्यागमन कार्यालय राख्ने तयारी
9.   ५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल
10.   फेरि इन्धनको मूल्य बढ्यो
11.   अन्तर्राष्ट्रिय हवाई यात्रु ९.६३ प्रतिशत बढे
12.   संसद् भवन भाडामात्र एक अर्ब ६८ करोड
13.   राष्ट्रपतिबाट राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण
14.   नेपालीकरणका नाममा लाइसेन्स बिक्री
15.   पशुपति मन्दिर परिसरमा सवारी साधन प्रवेशमा रोक
16.   आज क्रिसमस मनाइँदै, सरकारले दियो सार्वजनिक विदा
17.   स्थानीय तहमा अझै पुगेनन् कर्मचारी, सेवा प्रवाहमा समस्या
18.   एक लाख भूकम्पपीडितले दोस्रो किस्ता बुझे
19.   मंगलबारदेखि लागू हुने गरी बढ्यो हवाई भाडा
20.   मतगणना जारी, पूर्वमन्त्री गुरुङ पराजित
21.   निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द
22.   ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा सहित आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
23.   महासंघको साधारण सभामा ३ संचारकर्मी सम्मानित
24.   धुलोमुक्त बनाउन काठमाडौंको सडकमा ब्रुमर
25.   तारा एयरको विमान हुम्लाको सिमकोटमा दुर्घटना, पाइलटसहित ५ घाइते
Results 631: You are at page 1 of 26
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media