बुधवार, माघ ०३ गते, २०७४
बुधवार, २०७४ पुस ११ गते ०३:१६

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति मन्दिर परिसरमा मंगलबारबाट सवारी–साधन प्रवेशमा रोक लगाइएको छ । काठमाडौंको ठमेललाई सवारीमुक्त गरेको ट्राफिक प्रहरीले पशुपति मन्दिर परिसरमा पनि गाडी लैजान निषेध गरेको हो ।
 
पशुपतिको पश्चिम र दक्षिण ढोकासम्मै गाडीहरु आउने–जाने गर्न दिने गरिएकामा अब रोकिएको हो । गाडीकै कारण भक्तजनलाई हिँडडुलमै अप्ठ्यारो भएको गुनासो आएपछि ट्राफिकले नयाँ व्यवस्था गरेको हो ।
 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले पशुपति परिसर विश्व सम्पदा सूचीमा रहेको र श्रद्धालुलाई सहजरुपमा दर्शनको व्यवस्था गर्न गाडी प्रवेश रोकिएको बताए ।
 
शवबाहन र एम्बुलेन्सलाई भने छुट दिइनेछ । यस्तै, त्यहीँभित्र घर भएकाहरुले भने सवारी पास पाउनेछन् । शिवरात्रि, तीज, बालाचतुर्दशीजस्ता ठूला चाडपर्वमा पशुपतिनाथ मन्दिर वरपर सवारी–साधन लैजान नदिइने गरेपनि अरु बेला रोकतोक थिएन ।
 
अब वनकाली र उमाकुन्डभन्दा भित्र गाडी लैजान दिइनेछैन भने गाडी पार्किङका लागि वनकालीको चौर र उमाकुन्डमा ठूलो स्थान छुट्याइएको छ ।
 
गौशाला प्रहरी कार्यालयछेउबाट वनकालीतर्फ एकतर्फीरुपमा जान पाइने भएपनि फर्कन भने चारमूर्तितर्फको बाटो प्रयोग गर्नुपर्ने व्यवस्था पनि ट्राफिक प्रहरीले गरेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
2.   सुरक्षित घर अभियान सुरु
3.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
4.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
5.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
6.   अदालतको अपहेलना गरेको अभियोगमा डा. केसी पक्राउ
7.   चिसो अझै बढ्न सक्ने
8.   नाकामा अध्यागमन कार्यालय राख्ने तयारी
9.   ५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल
10.   फेरि इन्धनको मूल्य बढ्यो
11.   अन्तर्राष्ट्रिय हवाई यात्रु ९.६३ प्रतिशत बढे
12.   संसद् भवन भाडामात्र एक अर्ब ६८ करोड
13.   राष्ट्रपतिबाट राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण
14.   नेपालीकरणका नाममा लाइसेन्स बिक्री
15.   पशुपति मन्दिर परिसरमा सवारी साधन प्रवेशमा रोक
16.   आज क्रिसमस मनाइँदै, सरकारले दियो सार्वजनिक विदा
17.   स्थानीय तहमा अझै पुगेनन् कर्मचारी, सेवा प्रवाहमा समस्या
18.   एक लाख भूकम्पपीडितले दोस्रो किस्ता बुझे
19.   मंगलबारदेखि लागू हुने गरी बढ्यो हवाई भाडा
20.   मतगणना जारी, पूर्वमन्त्री गुरुङ पराजित
21.   निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द
22.   ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा सहित आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
23.   महासंघको साधारण सभामा ३ संचारकर्मी सम्मानित
24.   धुलोमुक्त बनाउन काठमाडौंको सडकमा ब्रुमर
25.   तारा एयरको विमान हुम्लाको सिमकोटमा दुर्घटना, पाइलटसहित ५ घाइते
Results 631: You are at page 1 of 26
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media