मंगलवार, बैशाख ११ गते, २०७५
मंगलवार, २०७४ पुस १० गते ००:४८

अष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवन निर्माणका लागि गैरआवासीय नेपाली संघका निबर्तमान अध्यक्ष अष्ट्रेलियाका सफल ब्यबसायी एवं परोपकारी ब्यक्तित्वहरु शेष घले र जमुना गुरुङले दुई लाख आठ सय अठासी डलर प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

‘अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली संस्कृति एवं पहिचानलाई स्थापित गर्न यो सामुदायिक भवनले निकै ठूलो महत्व राख्ने मैले विस्वास लिएको छु । यसले अष्ट्रेलियामा नेपाली समाजको एकता र सम्बृद्धिलाई समेत झल्काउने छ’- उक्त रकम घोषणा गर्ने क्रममा घलेले भने । सामुदायिक सम्पत्ति सिर्जना गर्ने काममा हरेक ब्यक्तिको सकृयता र अपनत्व हुनुपर्छ भन्नेमा आफुले सधै विस्वास राख्ने गरेको भन्दै घलेले गैरआवासीय नेपाली संघको नेतृत्व गर्दा पनि सोही मान्यतालाई स्थापित गरेको बताए ।
 
सामुदायिक भवन निर्माण गर्न आर्थिक सहयोग जुटाउने उदेश्यले मेलवर्नमा आयोजना गरिएको महापुराण कार्यक्रमको उदघाटनदेखि समापनसम्ममा तीन दिनसम्म गएर महापुराणस्थलमा पुराण श्रवणमा समय दिंदै समापनका दिन आइतबार उनीहरुले सो रकम दान गर्ने घोषणा गरेका हुन् । नेपाली सामुदायिक भवन निर्माणका लागि यति ठूलो रकम दान दिइएको नेपाली डायस्पोरामा सम्भवतः यो पहिलोपटक हो ।
 
यस अघि सप्ताहको तेश्रो दिन भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन र लक्ष्मीबाट १  लाख डलरको प्रतिबद्धता जाहेर गरिएको थियो भने त्यसभन्दा अघि सबैभन्दा ठूलो प्रतिबद्धता यस उद्धेस्य प्राप्तीका लागि स्थापित संस्था अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेण्टरका  अध्यक्ष डा चन्द्र दीपक पोखरेल र श्रीमती पोखरेलले कार्यक्रमको दोश्रो दिन २६,५०० डलरको प्रतिबद्धता जाहेर गरेका थिए । 
 
झण्डै साढे दुई दशकदेखि मेलवर्नमा ब्यबसाय गरिरहेका घले दम्पत्तिले सफल उद्यमी एवं परोपकारी ब्यक्तित्वको रुपमा आफूलाई स्थापित गरेका छन । उनीहरुको पहलमा नेपालको स्वास्थ्य एवं शिक्षा क्षेत्रमा काम गर्नेगरी एक अर्ब रुपैयाँको एमआईटी फाउण्डेसनसमेत स्थापना भएको छ ।
 
पशुपतिनाथ र स्वयम्भुनाथको मन्दिरसमेत अटाउने गरी बनाउन लागिएको नेपाली सामुदायिक भवन निर्माणका लागि मेलवर्नमा रहेका नेपाली समुदायले सकृयतापूर्वक सहयोग प्रदान गरेका छन् । समापनका दिनसम्म महापुराणबाट झन्डै १.१ मिलियन डलरको प्रतिबद्धता जाहेर भएको छ र महापुराणभन्दा पहिलाको समेत गरी जम्मा रकम १.४ मिलियन डलर पुगेको जानकारी कार्यक्रमको समाप्तीका अबसरमा दिइयो । योसंगै अब नेपाली सामुदायिक भवन निर्माण प्रकृया तिब्र गतिमा अगाडि बढ्नेछ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
251.   जनप्रगतिशिल मोर्चा जापानद्धारा बिरामी गोलेलाई सहयोग
252.   ओमानका लागि कार्यवाहक राजदूत रेग्मीको विदाइ
253.   इजरायलबाट टिर्सट र खाजा बेचेको रकमले विधालय निर्माण गरिदै
254.   नुवाकोटको विद्यालयलाई जनप्रगतिशिल मोर्चा जापानको सहयोग
255.   चितवन यूवा समुह कतारमा पुनः कार्की
256.   युएईमा मृत्युदण्डको सजाय सुनाइएका अनिश नेपाल फर्किए
257.   यूकेमा बस्ने बिष्णुको अगुवाई ५० लाख बराबरको सहयोग वितरण
258.   अमेरिका बस्ने सुरेन्द्रको सामाजिक सेवा
259.   जनप्रगतिशिल मञ्च ओमानको अध्यक्षमा अर्याल
260.   हङकङमा श्रेष्ठलाई स्वागत
261.   जापानका रामकृष्णको भूकम्पपीडितलाई १० लाखको सहयोग
262.   रोकिएन श्रेष्ठको सामाजिक अभियान
263.   भूकम्प पीडितलाई बुद्धभिजन ओमानको सहयोग
264.   प्रवासी झापाली मञ्चद्धारा १ करोड बराबरको राहतसामाग्री वितरण
265.   तामाङ दाजुभाईको नुवाकोटमा १३ लाखको राहत
266.   ओमानमा अबैधानिक रुपमा रहेका विदेशी नागरिकलाई स्वदेश फिर्तिको मौका
267.   युवा समूहद्धारा निःशुल्क औषधी वितरण
268.   कतारमा गोरखालीको शोकसभा तथा दिप प्रज्वलन कार्यक्रम
269.   जनसम्पर्क समिति मलेसियाले दूतावासलाई ज्ञापनपत्र बुझायो
270.   व्यवसायी बाटाजुको निधनप्रति नेपाल मलेसिया वैरो समन्वय संघद्धारा शोक ब्यक्त
271.   कतारमा शोया दाहालको शोकसभा
272.   टोरोन्टोमा नया वर्ष २०७२ को भव्य स्वागत
273.   सामाजिक सेवा सँगै व्यबसायको सुरुवात
274.   नेपालको सिको गर्दै मलेसियामा हड्तालमा उत्रिएका नेपाली काममा फर्किए
275.   ओमानमा अवैधानिक आप्रवासी कामदारलाई घरफिर्तीको अवसर
Results 387: You are at page 11 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media