शनिवार, असार ०९ गते, २०७५
मंगलवार, २०७४ पुस १० गते ००:४२

रामचन्द्र नेपाल / गैरआवासिय नेपाली संघ मलेशियाको जोहोर क्षेत्रीय शाखा गठन भएको छ । क्षेत्रीय कमिटीको अध्यक्षमा रविलाल अधिकारी, वरिष्ट उपाध्यक्षमा माधव श्रेष्ठ, महिला उपाध्यक्षमा संगिता राई,उपाध्यक्षमा हरिबहादुर बस्नेत, सचिवमा अर्जुनबहादुर सिंह,सहसचिवमा युवराज ज्योति र कोषाध्यक्षमा खेमबहादुर थापा रहेका छन् ।
 
यसैगरी सदस्यहरुमा रेस्मा राई,कविन्द्र राई,सिताराम बस्तेत,रवि लिम्वु,नारायण गिरि, विन्दु दर्लामी, गणेश आरपी, सिताराम फुयाल,अनिलकुमार,माया भुजेल, भिम दाहाल, विजय अधिकारी, रुद्र बस्नेत, धमेन्द्र महतो र नारायण बटाला रहेका छन् ।
 
शाखाको उद्घाटन आईसीसी सदस्य विश्व राई, एनआरएनएका मलेसिया अध्यक्ष खगेन्द्र न्यौपाने र संरक्षक रमेश तिवारीले सयुक्त रुपमा गरेका थिए ।
 
कार्यक्रममा वोल्ने वक्ताहरुले धेरै लामो समय पछाडि जोहोरवारुमा शाखाको स्थापना भएको र शाखाले नेपालीहरुको हितमा उपयुक्त हुने कार्य गर्दै नेपालमा श्रमिक लगानीको वातावरण भित्र्याउनु पर्नेमा जोड दिएका थिए । साथै उनीहरुले मलेशियाका अन्य क्षेत्रमा पनि शाखाहरु गठन गर्दै लैजाने बताए ।
 
कार्यक्रममा एनआरएनका महासचिव सुन्दर आलेले मलेशियामा एनआरएन गठन गर्दाका क्षणहरुको चर्चा गर्दै संस्थालाई सबै मिलेर सकारात्मक सोचका साथ अगाडि बढाउनु पर्नेमा जोड दिए ।
 
कार्यक्रममा जनप्रगतिशील मञ्चका अध्यक्ष प्रेम पाण्डे, आदिवासी जनजाति महासंघका मातृका धिमाल, पीएनसीसीका मलेसिया को-अडिनेटर रामचन्द्र नेपाल, श्रमिक एकता समाजका रविलाल अधिकारी, ब्यवसायी नारायण गिरि लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।
 
एनआरएनए मलेशियाका युवा संयोजक ज्ञानेन्द्र सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन रमेश मल्लले गरेका थिए । कार्यक्रममा नवनियुक्त शाखाका पदाधिकारीहरुलाई एनआरएन अध्यक्ष खगेन्द्र न्यौपानेले सपथ खुवाएका थिए ।
 
सयौ नेपालीहरु उपस्थित रहेको कार्यक्रममा कलाकारहरुले आआफना प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
1.   प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस
2.   दिभानको महिला हिंसाबिरुद्धको अभियान
3.   आज ११ औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइदै
4.   गुडिरहेको अत्याधुनिक बसमा भयानक आगो (भिडियोसहित)
5.   यूएर्इको नेपाली समुदायमा सर्वाधिक राशीको एनआरएन कप फुटबल प्रतियोगिता हुँदै
6.   शंखमूल पार्क निर्माणका लागि सहयोग जुटाउन एनआरएनले बनायो समिति
7.   एनआरएनए फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान
8.   जापानमा एनआरएनएले गर्यो लगानी सम्मेलन, पर्यटक र लगानी भित्र्याउन जोड
9.   टोपबहादुरले तिर्नुपर्ने ब्लडमनी दूतावासलाई हस्तान्तरण
10.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
11.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
12.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
13.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
14.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
15.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
16.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
17.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
18.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
19.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
20.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
21.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
22.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
23.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
24.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
25.   एनआरएनएको अस्तित्व संकटमा
Results 406: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media