शनिवार, माघ ०६ गते, २०७४
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
201.   मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंक गाभिदै
202.   उत्कृष्ट बैंक बन्नलाई लम्किदै राष्ट्रिय वाणिज्य बैंक
203.   कृषि विकास बैंकको मोबाईल बैंकिङ सेवा सुरु
204.   रेमिट्यान्सको वृद्धिदरमा १३ प्रतिशतले कमी
205.   १०८ रुपैयाँमै चन्द्रागिरी केबलकारको टिकट
206.   प्रस्तोता समाजद्धारा एनसेल सम्मानित
207.   एभरेस्ट बैंकद्धारा वृद्धवृद्धालाई न्याना लुगा
208.   सनराइज बैंकले एनआईडीसी क्यापिटललाई एक्वायर गर्ने
209.   एभरेष्ट बैंकको सोह्रखुट्टेमा नयाँ एटीएम
210.   बुम रेमिट्यान्सको सातौ साधारणसभा सम्पन्न
211.   लोकदर्शन सहकारीको सातौ वार्षिक साधारणसभा सम्पन्न
212.   हिमालयन बैंकले ३० प्रतिशत बोनस सेयर र नगद लाभांश दिने
213.   निःसहाय सेवा सदनलाई ग्लोबल आइएमई बैंकको सहयोग
214.   सिटी एक्सप्रेसको घडेरी महतोलाई, नयाँ लोगो पनि अनावरण
215.   प्रभु मनि र आरम्भ माइक्रोफाईनान्सबीच सम्झौता
216.   हिमालयन बैंकको सहयोग भक्तपुरको अस्पताललाई
217.   चन्द्रागिरि हिल्सद्धारा निःशुल्क बस सेवाको शुभारम्भ
218.   नेपाल टेलिकमको फोर जी सेवा सुरु
219.   ५ बैंक गाभिएर आजदेखि एनसीसी बैंकका नाममा एकिकृत कारोबार
220.   वाइवाइको उत्पादन अव युरोपमा
221.   जनरल फाइनान्स एनसीएचएल ईसीसी प्रणालीमा
222.   सर्वसाधारणको करोडौं ठगेर फरार घरजग्गा व्यवसायी बस्नेत पक्राउ
223.   मेगा बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स सम्झौता
224.   सेञ्चुरी बैकलाई धितोपत्रको अनुमति
225.   पुस १७ गतेदेखि थप विद्युत् आयात हुने, मुलुकभर लोडसेडिङमुक्त गर्ने तयारी
Results 792: You are at page 9 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media