शनिवार, माघ ०६ गते, २०७४
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
176.   अन्तर्राष्ट्रिय नारी दिबसको अवसरमा यती बैंकको सम्मान कार्यक्रम
177.   नारी दिवसका अवसरमा नेपाल टेलिकमको स्पेशल अफर
178.   सेञ्चुरी बैंकले सगरमाथा फाइनान्सलाई गाभ्ने
179.   मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स सम्झौता
180.   गोमा एयरले भित्रयायो दुर्इ नयाँ जहाज, दुर्गममा उडान गर्ने
181.   सिटी एक्सप्रेसले दियो महतोलाई घडेरी
182.   हिमालयन वैंकद्धारा बालबालिकालाई सहयोग
183.   राष्ट्र वैंकको हचुवा निर्णयले रेमिट्यान्सका सेवाग्राही मारमा
184.   सिटी एक्स्प्रेस र यूएईको क्यास एक्स्प्रेसबीच सहकार्य
185.   बैंक तथा वित्तीय संस्थालाई मनपरी ब्याज नबढाउन निर्देशन
186.   नेपाल इन्भेष्टमेन्ट बैंक र सेनाले गरे लघुवित्त व्यवसायीलाई सम्मान
187.   १३ औं वार्षिक उत्सवको अवसरमा नेपाल टेलिकमको छुटैछुट
188.   यूएईबाट आइएमई गर्दा घडी उपहार
189.   युएईबाट आईएमई गर्दा घडी उपहार
190.   बुम रेमिट् र गरिमा विकास बैंकबीच रेमिट्यान्स सम्झौता
191.   बैंकर अनिल शाह कलाकार बन्दै
192.   प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ निर्वाचित
193.   शहीद दिवसको अवसरमा शहीद परिवारलाई चन्द्रागिरि केबलकारको छुट
194.   वैदेशिक रोजगार बचतपत्र २०७८ ‘ख’ को बिक्रि खुल्ला (सूचनासहित)
195.   एनसेलको नयाँ आर्कषक योजनाः अब एसएमएस ३ पैसामै
196.   नेपालद्वारा व्यापार सहजीकरण सम्झौता डब्लुटिओमा पेस
197.   आजदेखि क्यान इन्फोटेक–२०१७ सुरु
198.   युनियन र सगरमाथा फाइनान्ससँग बूम रेमिटको सम्झौता
199.   ग्रामीण तहमा बैंकिङ पहुँच पु¥याउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह
200.   आईएमई कस्टमर कार्ड प्रयोगमा बोनस पोइन्ट र उपहार योजना
Results 792: You are at page 8 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media