सोमवार, असार ३२ गते, २०७५
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
151.   एभरेष्ट बैंकको बार्षिकोत्सवमा रक्तदान र निशुल्क स्वास्थ्य शिविर
152.   नेपाल राष्ट्र बैंकद्धारा दुई अर्बको नागरिक बचतपत्र निष्काशन
153.   सिटी एक्स्प्रेसको ‘उत्सव एक्स्प्रेस’ योजना पाचौ हप्ताको विजेता घोषित
154.   एनसेल र आईफ्लीक्सबीच सहकार्य, ग्राहकलाई असीमित डेटा र आईफ्लीक्समा
155.   थानेश्वरलाई आईएमईको १० लाख
156.   आईएमई र वाइजम्यानको संयुक्त रेमिटेन्स सेवा सुरु
157.   निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली प्रहार गरी हत्या
158.   जनरल फाइनान्स अब बेस्ट फाइनान्स
159.   बाढिपीडितको सहयोगार्थ हिमालयन बैंकले दियो ११ लाख
160.   हिमालयन बैंकले ६ नेपालीलाई प्रदान ग¥यो एचबिएल-दायित्व फेलोसिप अवार्ड
161.   आईएमई छक्का पञ्जा अफरमा पर्वले पाए ६ लाखको जीवनबिमा
162.   एडीबीद्वारा हिमालयनलाई ‘लिडिङ पार्टनर बैंक इन नेपाल’ अवार्ड
163.   प्रभुको चाडवाड बिशेष उपहार योजना
164.   ग्लोबल आइएमई बैंकको कर्जा अब ३ दिन भित्रै
165.   सिटी एक्प्रेसको ९० दिने उपहार योजना सार्वजनिक
166.   युएम बाइकको ‘खरिदमा छुट पक्का बम्परमा छुट्टी पक्का’
167.   बाढि प्रभावितलाई रिया आईएमईको ५ लाख सहयोग
168.   नाडा अटो शो शुरु
169.   प्रभु बैंकको सहयोगमा वृक्षरोपण
170.   भाडादर वृद्धि नगरिएको भन्दै व्यवसायीद्धारा दशैलाई अग्रिम टिकट बुकिङ खुलाउन अस्वीकार
171.   आईएमईले ल्यायो ‘छक्कापञ्जा अफर’, भाग्यशाली बिजेतालाई १० लाख
172.   भारतीय लगानीकर्तालाई नेपालमा निर्धक्क लगानी गर्न आग्रह
173.   हिमालय बैंकद्वारा बाढी पीडितका लागि औषधी वितरण
174.   सेञ्चुरी बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
175.   समस्याग्रस्त कुबेर मर्चेन्ट सिटी एक्सप्रेसमा बदलियो, टण्डन अध्यक्षमा चयन
Results 894: You are at page 7 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media