सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
101.   नाट्टाको अध्यक्षमा पाण्डे निर्वाचित
102.   आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा रामहरि श्रेष्ठ
103.   अनाथ बालबालिकालाई हिमालयन बैंकको सहयोग
104.   सहकारीमा पनि १० लाखभन्दा बढीको कारोबारमा स्रोत खुलाउनुपर्ने
105.   अमेरिकाबाट पैसा पठाउन इन्भेष्टमेन्ट बैंकको रेमिन्ट्यान्स सेवा
106.   एनसेललाई लाभांश विदेश लैजान बाटो खुला
107.   सिङ्गापुरको इन्सटारेम र एनएमबी बैंकबीच रेमिट्यान्स सम्झौता
108.   सिटी एक्स्प्रेस र अल् फर्दान एक्सचेञ्जवीच रेमिट्यान्स सम्झौता
109.   आइएमई जनरलको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
110.   सिटी एक्सप्रेसको उपहार कार पाउने भाग्यमानी बने तामाङ
111.   हिमालयन बैंकले गर्‍यो सामुदायिक स्वास्थ्य सेवा परिषदलाई सहयोग
112.   ‘आईएमई छक्का-पञ्जा’अफरको अन्तिम नतिजा सार्वजनिक
113.   महालक्ष्मी विकास बैँकको दार्चुलामा नयाँ शाखा
114.   चुनावको अधिक खर्चले तरलतामा असर
115.   आइएमई र मुथुतफाइनान्सवीच रेमिटेन्स सम्झौता
116.   मतदानसँगै समृद्धिको अपेक्षामा व्यवसायीहरु
117.   चुनावमा अवैध पैसा धेरै
118.   कोकाकोलाले ल्यायो नेपाली बजारमा किन्ले ब्राण्डको पानी
119.   सहरी विकासका लागि एडीबीको ऋण सहयोग
120.   सिटी एक्स्प्रेस मनी ट्रान्सफरले गर्‍यो एघारौं हप्ताको बिजेताहरु घोषणा
121.   एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’
122.   एनबी इन्सुरेन्सको नाम परिवर्तन, अब आइएमईका नाममा संचालनमा
123.   सिटी एक्सप्रेस मनी ट्रान्सफरको भाइबर सेवा संचालनमा
124.   आईएमईका व्यवसायिक साझेदार रारा भ्रमणमा
125.   बुटवल पावरले ग¥यो चाइनाका तीन कम्पनीसँग साझेदारी
Results 888: You are at page 5 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media