शनिवार, माघ ०६ गते, २०७४
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
76.   नेपाललार्इ वार्षिक नौ खर्ब व्यापार घाटा
77.   कुमारी बैंक र इजीलिंक रेमिट्यान्सबीच रेमिट्यान्स सम्झौता
78.   ‘धुर्मुस सुन्तली फाउण्डेशन’ लाई सिटी एक्सप्रेसको २० रुपैयाँ अभियान
79.   बैंक तथा वित्तीय संस्थाको सञ्चालक र कार्यकारी प्रमुख बन्न तोकियो योग्यता
80.   डा. स्वर्णिम वाग्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त
81.   ग्यासको मूल्य घट्यो, अरू इन्धनको मूल्य भने यथावत
82.   माछापुच्छे बैंकका एकै दिन खुले ६ वटा नयाँ शाखा
83.   सिभिल बैंकको कार्यभार सम्हाले गुरुङले
84.   नेपाली सामाग्री विदेशी बजारमा, सबैभन्दा बढी निर्यात हुनेमा गलैचा
85.   टेलिकमले ल्यायो अफरै अफर, फोन उठाउँदा बोनस पाइने, इन्टरनेट शुल्क घट्यो
86.   एनआईसी एशिया बैंकले मनायो २० औं वार्षिक उत्सव
87.   सम्सारा रेमिट र अलजाजीरा एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता
88.   एक लाखभन्दा बढी रकम बैंक खातामा जम्मा गर्दा परिचय–पत्र अनिवार्य
89.   प्रभु बैंकको सहयोगमा ‘इ शिक्षा पोर्टल’ सुरु
90.   नेपाल टेलिकमले ल्यायो डाटा किन्ने नयाँ प्रविधि
91.   चन्द्रागिरि हिल्स र यती एयरलाइन्सबीच सम्झौता
92.   मेगा बैंक आठौँ बर्षमा प्रवेश, सातवटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने घोषणा
93.   लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्री देउवाको निर्देशन
94.   रिलायवल रेमिटको व्यवस्थापन बेष्ट रेमिटले गर्ने
95.   एनआईसी एशिया बैंक २०औं वर्षमा प्रवेश
96.   कुमारी बैंक र राम्रो रेमिटबीच विप्रेषण सम्झौता
97.   हिमालयन बैंकको सचेतना कार्यक्रम
98.   ग्लोबल आइएमई र रिलायवल डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार सुरु
99.   खाता नभएको बैँकमा पनि रकम जम्मा गर्न सकिने, घरजग्गा कर्जामा कडाई
100.   मौद्रिक नीति आउँदै, के हुँदैछ परिवर्तन ?
Results 792: You are at page 4 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media