बुधवार, माघ ०३ गते, २०७४
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
726.   इजी लिंक र मेगा बैंकवीच रेमिट्यान्स सम्झौता
727.   ग्लोबल आइएमर्इ र कमर्जको एकीकृत कारोबार सुरु
728.   सिटी एक्सप्रेस र कालिञ्चोकवीच रेमिट्यान्स सम्झौता
729.   मेगा बैंकको ‘मेगा डिपोजिट धमाका’
730.   सुमार्गीको नगरकोटमा एक दिने गोष्ठी सम्पन्न
731.   बागमती सफाइमा जनता बैंक
732.   वेष्ट रेमिट र प्राइम बैंकबीच रेमिट्यान्स सम्झौता
733.   अफ्रिकाको किलिमन्जरो हिमालमा आईएमईको झण्डा
734.   प्रभू मनी ट्रान्सफर र प्राइम बैंकबीच रेमिट्यान्स सम्झौता
735.   सिटिजन्स र मलेसियाको म्याक्स रेमिटबीच सम्झौता
736.   सिटि एक्सप्रेस र प्राईम बैंकवीच रेमिट्यान्स सम्झौता
737.   एभरेष्ट बैंकका सीइओद्धारा ग्राहक भेटघाट
738.   क्रिकेट जर्सीमा मेगाका कर्मचारी
739.   आईएमईले बालबालिकासँग मनायो होली
740.   वेष्ट रेमिट र सिटिजन बैंकबीच रेमिट्यान्स सम्झौता
741.   हिमाल रेमिटको हिमालोत्सव कार्यक्रम हुँदै
742.   पारस सम्साराको ब्राण्ड अम्वेसडर
743.   ग्राण्डीमा एभरेष्ट बैंकको एटिएम
744.   सिटी एक्सप्रेस र फेवा फाइनान्सबीच रेमिट्यान्स सम्झौता
745.   नेपाल टेलिकमको निशुल्क वाइफाइ सेवा
746.   ठग समात्नेलाई मेगाको ३ लाख इनाम
747.   वसुन्धरामा सुविधासम्पन्न फिडियस ट्राभल शुरु
748.   वेष्ट रेमिट र सिनर्जी फाइनान्सवीच रेमिट्यान्स सम्झौता
749.   सिटी एक्सप्रेस र विश्व विकास बैंकवीच रेमिट्यान्स सम्झौता
750.   सानिमाको प्रमुख कार्यकारी अधिकृतमा दाहाल
Results 792: You are at page 30 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media