सोमवार, असार ३२ गते, २०७५
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
51.   मेगा बैंकको सञ्चालन मुनाफा बढ्यो, खुद मुनाफा घट्यो
52.   नेपालभर ४ खर्ब ७३ अर्बको नोट बजारमा, एक वर्षमा १ खर्ब ८७ अर्ब रुपैयाँ राष्ट्र बैंकमा भित्रियो
53.   नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि, वार्षिक १ हजार ४ डलर पुग्यो
54.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
55.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
56.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
57.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
58.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
59.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
60.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
61.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
62.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
63.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
64.   विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटे वैंकहरु
65.   नयाँ बर्षमा मेगा बैंकको नयाँ अफर सार्वजनिक
66.   एभरेष्टको नयाँ शाखा नवलपुरको कावासोतीमा
67.   सिटी एक्सप्रेसको बम्पर उपहार विजेतालाई रेनल्ट क्विड प्रदान
68.   पूर्वप्रधानमन्त्री, अर्थमन्त्री र मेयरलाई महासंघको ज्ञापन–पत्र
69.   कुवेतबाट पनि थाल्यो सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा
70.   एभरेष्ट बैंकको नँया एक्सटेन्सन काउन्टर बिराटचोकमा
71.   एनआईसी एशियाको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु
72.   सेन्चुरी बैंकको सिइओमा तुल्सीराम गौतम
73.   हिमालयन बैंकद्धारा नेपालगञ्ज उपमहानगरपालिकालाई सहयोग
74.   इन्भेष्टमेण्ट बैंकको एकै दिन तीन नयाँ शाखा
75.   सिटी एक्सप्रेस र बैंक अल बिलाद, एन्जाज साउदी अरबबीच रेमिट्यान्स सम्झौता
Results 894: You are at page 3 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media