शनिवार, माघ ०६ गते, २०७४
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
676.   मलेसियाबाट अवैध कामदार फर्काउन आइएमईको सहयोग
677.   प्रभु बैंक विधिवत रुपमा आरम्भ
678.   सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई मेगा बैंकका कर्मचारीहरुको सहयोग
679.   बाढिपीडितलाई प्रभु मनिको सहयोग
680.   सम्पदा संघलाई हिमायलय बैंकको सहयोग
681.   बाढिपीडितलाई रेमिट्यान्स एशोसिएसनको १ लाख सहयोग
682.   प्रभु मनिको चाडपर्व उपहार योजना
683.   दाङका बाढीपीडितलाई बेष्ट रेमिटको ३ लाख बराबरको सहयोग
684.   प्रभु र लुम्बिनी बैंकबीच रेमिट्यान्स सम्झौता
685.   प्रभु र काठमाडौं फाइनान्सबीच रेमिट्यान्स सम्झौता
686.   हिमालयन बैक कर्मचारीको बाढी पिडितलाई सहयोग
687.   अन्तर्राष्ट्रिय अवार्ड विजेता रविनालाई मेगा बैंकको सम्मान
688.   प्रभूमार्फत पैसा पठाउनेलाई थ्रीजी सीमकार्ड
689.   सिटी एक्सप्रेसबाट पैसा लिंदा सेलदेवीले पाइन सुनको सिक्री
690.   आईएमईको विदेशमै परिवार भेटाउने योजना सार्वजनिक
691.   सिटी एक्सप्रेस र नेपाल बैंकबीच रेमिट्यान्स सम्झौता
692.   दैवी प्रकोप पीडितलाई आइएमई समूहको २० लाख सहयोग
693.   बेष्ट रेमिटले थाल्यो बाढि पीडितलाई राहत संकलन
694.   प्रभु मनि ट्रान्सफर र कर्णाली विकास बैंकबीच रेमिट्यान्स सम्झौता
695.   बाढीपीडितलाई आईएमईको २० लाख सहयोग
696.   डिस होमको स्वर्ण उत्सव
697.   दैनिक एक अर्ब ४८ करोड रेमिट्यान्स भित्रन्छ
698.   सिटी एक्सप्रेस र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
699.   सुधीर बस्नेतलाई पक्राउ गर्न सर्वोच्चको आदेश
700.   बेष्ट रेमिट र नारायणी नेशनल फाइनान्सबीच रेमिट्यान्स सम्झौता
Results 792: You are at page 28 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media