सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
651.   पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि
652.   इजी लिंक र एनआइसी एसिया बैंकबीच रेमिट्यान्स सम्झौता
653.   आर्थिक पत्रकार संघमा सापकोटाको नेतृत्व
654.   वायु सेवा निगमको महाप्रवन्धकमा कंसाकार नियुक्त
655.   भुकम्प पीडितलाई विओकेको सहयोग
656.   भूकम्प पीडितको ५० हजारसम्मको ऋण मिनाहा
657.   भूकम्प पीडितलाई ऋण दिन बैंकहरु तयार
658.   राष्ट्र बैंकको प्रतिवेदन : मूल्यवृद्धि ६.९ प्रतिशत मात्रै
659.   ग्लोबल आइएमईको सिइओमा ज्ञवाली
660.   बेष्ट र एनआईसी एसिया बैंकबीच रेमिट्यान्स सम्झौता
661.   आइएमईको साढे २ करोड प्रधानमन्त्री उद्दार कोषमा
662.   भूकम्प पीडितलाई हिमालयन बैंकको १ करोड राहत
663.   इन्भेष्टमेण्ट बैंकद्वारा भुकम्प प्रभावित क्षेत्रमा राहत वितरण
664.   दोलखामा प्रभु समुहको राहत
665.   २५ करोड राहत दिने चौधरी ग्रुपको घोषणा
666.   भूकम्प पीडितलाई कुमारी बैंकको ५१ लाख सहयोग
667.   कैलाश विकास बैंकद्धारा भुकम्पपीडितलाई २८ लाख ८० हजार सहयोग
668.   भूकम्प पीडितका लागि मेगा बैंकको ५० लाख सहयोग
669.   वेष्ट रेमिटले निशुल्क सेवा दिने
670.   रेमिट्यान्स कम्पनीहरुद्धारा राहत सहयोग
671.   ‘एस रेमिट’ले थाल्यो कारोवार
672.   यतीको जग्गा-गाडी विशेष कर्जा योजना
673.   कुमारी बैंकले ल्यायो ‘कुमारी स्वस्थ जीवन बचत खाता’
674.   विदेशमा नेपालीलाई लगानीको वाटो खोल्न गभर्नरसँग आग्रह
675.   आईएमइले ल्यायो नयाँ बर्ष अफर ‘खुशीका तीन दिन’
Results 888: You are at page 27 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media