सोमवार, असार ३२ गते, २०७५
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
626.   प्रभु बैंक सन्धिखर्कमा
627.   डलरको भाउ १०४ नाघ्यो
628.   जेएमईको भिबोर र सिटी डेभलपमेन्टसँग रेमिट्यान्स सम्झौता
629.   काठमाडौंमा बाँच्न मात्रै एक परिवारलाई महिनाको १७ हजार खर्च
630.   १५ बर्षभित्र विश्वको गरिबी उन्मूलन गर्ने लक्ष्य
631.   गोमा एयरले शुक्रबारदेखि तुम्लिङटार उडान गर्ने
632.   पेट्रोलियम पदार्थको मुल्य घटयो
633.   कुमारी बैंकद्वारा गोरखामा जस्तापाता वितरण
634.   चितवनमा लक्की ज्वेलर्शको उदघाटन
635.   राष्ट्र बैंकमा १४ कार्यकारी निर्देशकको सरूवा,
636.   शर्माको लगानीमा नारायणगढमा खुल्दै लक्की ज्वेलर्स
637.   कैलास विकास बैंकलाई उत्कृष्ठ वित्तीय प्रतिवेदन पुरस्कार
638.   प्रभु बैंकको बिशेष साधारण सभा सम्पन्न
639.   राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थाको पुँजी चारगुणा बढाउने निर्णय
640.   मेगा बैंक छैटौँ बर्षमा
641.   क्रेडिट लाइफ इन्सुरेन्सका लागि प्रभु र प्राइमलाइफबीच सम्झौता
642.   बेष्ट रेमिट र सनराइज बैंक लिमिटेडबीच रेमिट्यान्स सम्झौता
643.   आगामी आर्थिक बर्षको बजेट सार्वजनिक, कर्मचारीको तलब बढेन
644.   रिलायबल र एस डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
645.   आइएमई र ग्लोबल आइएमई बैंकको संयुक्त छात्रबृति योजना
646.   आईएमई को–अपरेटिभद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न
647.   महासंघको अध्यक्षमा मुरारका निर्विरोध
648.   इ–नेटको ‘अनलाइन पेमेण्ट’ लोकप्रिय बन्दै
649.   वैदेशिक रोजगार बचतपत्रको विक्रि खुल्ला
650.   मेगा बैंकको ब्रान्ड एम्बेसडरमा सुरजसिंह ठकुरी
Results 894: You are at page 26 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media