शनिवार, माघ ०६ गते, २०७४
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
601.   जेएमईको आन्तरिक विप्रेशण सेवा शुरु
602.   बेष्ट रेमिटको कारोवार यूएईबाट
603.   आइएमर्इले सुरु गर्‍यो विश्वकप क्रिकेटको फेसबुक प्रतियोगिता
604.   हिमालयन बैंक मलेसियामा
605.   अक्सफाम र प्रभु मनीको अन्र्तकृया कार्यक्रम सम्पन्न
606.   जेएमई र निर्धन बैंकबिच रेमिट्यान्स सम्झौता
607.   प्रभुले ल्यायो नयाँ बचत खाता योजना
608.   आइएमई र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
609.   प्रभु बैंकको सिइओमा शेरचन
610.   बढ्दैछ जीडीपीमा रेमिटान्सको योगदान
611.   मलेसिया-काठमाडौं नयाँ वायुसेवा थपियो
612.   प्राइम बैंकको अध्यक्षमा श्रेष्ठ
613.   कुमारीको वित्तिय साक्षरता तालिम
614.   उत्कृष्ट रेमिट कम्पनी बन्ने लक्ष्यमा बेष्ट
615.   अरुण तेश्रोमा स्थानियको चासो
616.   बैंकर रविनालाई सिंगापुरमा अन्तर्राष्ट्रिय अवार्ड
617.   कुमारी बैंकको कपुरकोट शाखा उद्घाटन
618.   बिओकेको संमृद्ध जीवन बैंकिङ सेवा
619.   विओकेको 'जानकी बचत खाता' प्रारम्भ
620.   ग्लोबल आइएमई बैंक नवौं बर्षमा
621.   हिमालयन बैंकको लाभांस पारित
622.   गल्फ लुब्रिकेन्ट्सको मेकानिक्स मिट
623.   आइएमई समूहले किन्यो एनबी इन्स्योसेन्स
624.   प्रभु बैंकको नयाँ शाखा सुन्धारामा
625.   प्रभुको देशव्यापी सचेतना तालिम
Results 792: You are at page 25 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media