सोमवार, असार ३२ गते, २०७५
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
576.   बेष्ट रेमिट र गरिमा विकास बैंकबीच रेमिट्यान्स सम्झौता
577.   कञ्चनपुरको वेलौरीमा विओकेको ५१ औ शाखा संचालनमा
578.   मेगा बैंकको २९ औँ शाखा अछामको साँफेबगरमा
579.   ग्लोबल आइएमईको तिन शाखारहित बैंकिङ्ग सेवा विस्तार
580.   प्रभु मनि ट्रान्स्फर र नेष्डो नेपालबीच रेमिटेन्स सम्झौता
581.   एनसेलको ‘कतारबाट कल आयो पैसा पायो’ अफर
582.   तम्घासमा प्रभु बैंकको शाखा संचालनमा
583.   सुकेधारामा ग्लोबल आईएमईको शाखा
584.   प्रभु र भारतको मुथुतबीच रेमिट्यान्स सम्झौता
585.   कैलाली र दाङमा मेगा बैंकको अत्याधुनिक ‘शाखा रहित बैंकिङ सेवा’
586.   जेएमईको ११ औ साधारणसभा सम्पन्न
587.   आइएमई बचत १० लाख योजनाको बिजेता घोषित
588.   पुतलीसडकमा प्रभु बैंकको शाखा
589.   नेपालमै पहिलो पटक साझा बसमा स्मार्ट कार्डको सुरुवात
590.   ग्लोबल आइएमई बैंकको २३ प्रतिशत बोनस सेयर पारित
591.   इजी लिंक र जनता बैंकबीच रेमिट्यान्स सम्झौता
592.   सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर त्रिपुरेश्वरमा
593.   एनसेलको ‘भिडियो फर नेपाल’को भिडियो सार्वजनिक
594.   एस रेमिट र मेगा बैंकबीच रेमिट्यान्स सम्झौता
595.   आइएमई र सनराईज बैंकबीच रेमिट्यान्स सम्झौता
596.   कोरियाबाट रेमिट्यान्स भित्राउन ग्लोबल आइएमई र इन्डस्ट्रियल बैंकबीच सहकार्य
597.   शुभेच्छा र सिटी एक्सप्रेसबीच सम्झौता
598.   प्रभु बैंकद्धारा ग्राण्ड बैंक गाभ्ने प्रस्ताब पारित
599.   बेष्ट रेमिट र काष्ठमण्डप डेभलपमेण्ट बैंक बीच रेमिट्यान्स सम्झौता
600.   हिरोले भित्रायो ड्यास स्कुटर
Results 894: You are at page 24 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media