सोमवार, असार ३२ गते, २०७५
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
526.   एनसेलले ल्यायो सबैलाई उपहार योजना
527.   हिमालय एयरलाइन्सको एयरबस आयो
528.   ग्लोबल आइएमई बैंक र एस बैंक, भारतबीच रेमिट्यान्स सम्झौता
529.   नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा सिवाकोटी र श्रेष्ठ नियुक्त
530.   सेञ्चुरी कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ
531.   अमेरिकाले नेपाललाई निर्यात व्यापारमा दियो विशेष ग्राहयता
532.   कुमारी बैंकका ग्राहकले स्वास्थ्य सेवामा छुट पाउने
533.   पुर्ननिर्माणमा सेञ्चुरी बैंक
534.   यती डेभलपमेण्ट बैंकको बित्तिय साक्षरता कार्यक्रम
535.   मेगा बैंकको ३० औँ शाखा डडेल्धुरामा
536.   कैलाली र बर्दियामा विओकेका थप २ शाखा संचालनमा
537.   बेष्ट पत्रकारिता पुरस्कारका लागि आवेदन माग
538.   विद्युतीय भुक्तानी प्रणालीका लागि आइएमई र क्लियरिङ हाउसबीच सम्झौता
539.   एनबी बैंकका ढुंगाना वर्षकै उत्कृष्ट व्यवस्थापक
540.   चौधरी ग्रुपका संस्थापक लुनकरणदासको निधन
541.   लोडसेडिङ फेरि बढ्यो, अब हप्तामा ९३ घन्टा बत्ती नआउने (तालिकासहित)
542.   बंगबन्धु विजेता खेलाडीलाई आइएमर्इको सम्मान
543.   बेष्ट पत्रकारिता पुरस्कारलाई आवेदन मागियो
544.   विओकेले विकट गाँउमा गरयो न्यानो कम्बल वितरण
545.   हिमालयन बैंकले भूकम्प पीडितलाई बाँड्यो सोलार बत्ति
546.   निक्षेपको ब्याजदर घट्यो तर कर्जाको घटेन
547.   एभरेष्ट बैंकले भूकम्प प्रभावित बालबालिकालाई न्यानो कपडा बाँड्ने
548.   देश भित्रिने रकम उल्लेख्यरुपले बचत
549.   मेगा बैंक र क्लियरिङ हाउसबीच अन्तर बैंकिङ भुक्तानी
550.   अन्तर बैंक भुक्तानीका लागि बेष्ट रेमिट र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता
Results 894: You are at page 22 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media