सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
501.   एसबिआई बैंकलाई औद्योगिक शान्ति पुरस्कार
502.   बजाजले एभेन्जर बाइकमा थप्यो तीन वटा मोडल, १५० देखि २२० सिसीसम्मको नयाँ एभेन्जर बजारमा
503.   स्मरण सहकारीको रक्तदान सम्पन्न
504.   मेगा र भारतको एस बैंकबीच रेमिट सम्झौता,
505.   हिरोले ल्यायो ड्युएट स्कुटर
506.   हिमालयन र शिखरबीच बैंकासुरेन्सका लागि सम्झौंता
507.   ग्लोबल आइएमइले ल्यायो ‘रेमिट्यान्स बचत खाता’
508.   राष्ट्रिय वाणिज्य बैंकको सीइओमा किरण श्रेष्ठ नियुक्त
509.   आईएमईको नयाँ वर्ष योजना – हरेक हप्ता एक जनालाई जापान घुम्ने टिकट
510.   लैंगिक हिंसाबिरुद्ध बेष्ट रेमिटमा अभिमूखिकरण कार्यक्रम
511.   आजबाट दिनमा एक घण्टा लोडसेडिङ घट्ने (तालिकासहित)
512.   रेमिट हाइड्रोको लाइसेन्स अझै आएन
513.   सिद्धार्थ बैकले जापानबाट सिधा कारोवार सुरु गर्ने
514.   बेष्ट रेमिटमा लैंगिक हिंसाको विषयमा अभिमूखिकरण कार्यक्रम
515.   प्रभु बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच सम्झौता
516.   ग्लोबल आईएमई र ट्रान्सफास्ट मनि ट्रान्सफरबीच सभ्झौता
517.   नीजि रेमिट्यान्स कम्पनीले कोरियाबाट काम गर्न पाउने नीति
518.   सिटी एक्सप्रेस र नेपाल क्लियरिङ्ग हाउसबीच विद्युतीय भुक्तानी सम्झौता
519.   चैत्र १ देखि लोडसेडिङ दैनिक एक घण्टा घट्यो (तालिकासहित)
520.   एनसेलले ल्यायो सबैलाई उपहार योजना
521.   हिमालय एयरलाइन्सको एयरबस आयो
522.   ग्लोबल आइएमई बैंक र एस बैंक, भारतबीच रेमिट्यान्स सम्झौता
523.   नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा सिवाकोटी र श्रेष्ठ नियुक्त
524.   सेञ्चुरी कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ
525.   अमेरिकाले नेपाललाई निर्यात व्यापारमा दियो विशेष ग्राहयता
Results 888: You are at page 21 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media