सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
26.   टेलिकमले ल्यायो मिस्ड कल एलर्ट सर्भिस
27.   आईएमई जनरल इन्स्योरेन्स र ओम हस्पिटलबीच सम्झौता
28.   मेगा बैंक र जीएमई रेमिटबीच रेमिट्यान्स सम्झौता
29.   एभरेष्ट बैंकले विद्यालयलाई वितरण गर्‍यो खेलकुद सामग्री
30.   प्रभु बैंकमा महिला संचालक अनिवार्य गरिँदै
31.   ग्लोबल आइएमई बैंकद्धारा कम्प्यूटर सहयोग
32.   बाल सुधार संघलाई हिमालयन बैंकको सहयोग
33.   सेञ्चुरी बैंकको नयाँ शाखा ललितपुरको सातदोबाटामा
34.   रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन, सेनाले आजै हस्तान्तरण गर्ने
35.   नौ महिनामा रेमिट्यान्स आम्दानी साढे पाँच खर्ब पुग्यो
36.   नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
37.   हिमालयन बैंकका दुई नयाँ शाखा सञ्चालनमा
38.   आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सेवा सम्झौता
39.   प्रभु बैंकका चार नयाँ शाखा सञ्चालनमा
40.   टुरिजम् डेभलपमेन्ट बैंक मेगामा गाभियो, देशकै तेस्रो ठूलो बैंक बन्यो मेगा बैंक
41.   आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पताल बीच च नगद रहित सेवा सम्झौता
42.   हिरोको नयाँ ग्ल्यामर मोटरसाइकल र ड्युओट स्कुटर बजारमा
43.   सिटी एक्सप्रेस र अल मुजैनीबीच रेमिट्यान्स सेवा सुरु
44.   एभरेष्ट बैंकले मायादेवी मन्दिरमा गर्‍यो खानेपानी व्यवस्थापन
45.   मेगा बैंकको सञ्चालन मुनाफा बढ्यो, खुद मुनाफा घट्यो
46.   नेपालभर ४ खर्ब ७३ अर्बको नोट बजारमा, एक वर्षमा १ खर्ब ८७ अर्ब रुपैयाँ राष्ट्र बैंकमा भित्रियो
47.   नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि, वार्षिक १ हजार ४ डलर पुग्यो
48.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
49.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
50.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
Results 888: You are at page 2 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media