सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
426.   बुम रेमिट्यान्स र सिटिजन्स बैंकबीच विप्रेषण सम्झौंता
427.   नेपाल एसबिआई बैंकद्धारा नन्दीरात्री माविलाई सहयोग, छात्रबृतिका लागि ३ लाख ३० हजार प्रदान
428.   प्रभु बैंकले ल्यायो क्रेडिट कार्ड प्रयोगकर्ताका लागि नयाँ योजना
429.   सांस्कृतिक कार्यक्रमलाई यती बैंकको सहयोग
430.   एनएमबि बैंकको ‘एक घर, एक खाता’ अभियान
431.   प्रभु क्यापिटल लिमिटेडको कारोबार सुरु
432.   बिओके र लुम्बिनी बैंक मर्जपछि एकीकृत कारोबार
433.   राष्ट्र बैंकको मौद्रिक नीति आज
434.   सिटी एक्सप्रेस १०औं वर्षमा, सर्‍यो आफ्नै अत्याधुनिक भवनमा
435.   ग्लोबल आइएमई बैंकको थप २ एटिएम सेवा
436.   जेएमई र ट्रयाङ्लोबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
437.   प्रभु मनि र भारतीय एफआईए टेक्नोलोजीबीच रेमिट्यान्स सम्झौता
438.   एनसेलले ल्यायो ‘इन्डिया कलिङ्’ : अब मात्र रु १.९९ प्रति मिनेट
439.   मेगा बैंक र आइ पे बीच रेमिटान्स सम्झौता
440.   बेष्ट समुहको आफ्नै ट्राभल ‘बेष्ट फ्लाई’
441.   एसबीआई बैंकको अध्यक्षमा आचार्य
442.   हिमालयन बैंक र मलेसियाको ट्रयाङ्लोबीच रेमिट्यान्स सम्झौता
443.   इन्भेष्टमेण्ट बैंक र पशुपति बिकास कोषबीच सम्झौता
444.   बिओकेको एकै पटक ८ स्थानबाट शाखारसहत बैंकिङ सेवा
445.   एनसेलले ल्यायो नाईट डेटा प्याक
446.   सेञ्चुरी बैंकमा इनोभेटिभ डेभलपमेन्ट बैंक गाभिदै
447.   आइएमई अटोमोटिभ्स आठौं वर्षमा
448.   एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक योजना ८ रुपैयाँमा ३० मिनेट टक टाइम
449.   ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्ट सेवा अब आईओएस भर्सनमा
450.   सेञ्चुरी बैंकले सुरु गर्‍यो भिसा क्रेडिट कार्ड सेवा
Results 888: You are at page 18 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media