सोमवार, असार ३२ गते, २०७५
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
351.   ग्लोबल आइएमई बैंकको ईएमभी चिप कार्ड
352.   नेपाल घुम्न आउँने पर्यटकले अब नगद बोक्नु नपर्ने
353.   बेष्ट रेमिट र जनउत्थान विकास बैंककबीच रेमिट्यान्स सम्झौता
354.   बैंक अफ काठमाण्डौं लुम्बिनी र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
355.   सिटी एक्सप्रेस मनी ट्रान्सफर र मलेसियाको म्याक्स मनीबीच सम्झौता
356.   राष्ट्रिय वाणिज्य बैंकमा कर्पोरेट शाखा स्थापना
357.   सुरक्षा गार्डको अन्तिम र पूर्व स्वीकृति खुला
358.   बैंकर रविनालाई कोरियामा अन्तर्राष्ट्रिय अवार्ड
359.   हिरोले ल्यायो ३ नयाँ मोडलका मोटरबाइक
360.   एनसेलले ल्यायो ‘एकमा दुई अफर’, २५ पैसा प्रति मिनेटमा भ्वाइस सेवा
361.   ‘प्रभु लक्की सेभेन’को उपहार मण्डल र वलीलाई प्रदान
362.   भारतीय रुपैयाँ व्यवस्थापनका लागि पहल गर्न सरकारलाई निर्देशन
363.   रेमिट्यान्स क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बन्यो आइएमई
364.   सिटी एक्सप्रेसको जनरल म्यानेजरमा कोइराला
365.   सिप्रदीका सिद्धार्थ शमशेर सबैभन्दा ठूला करदाता, बढी आयकर तिर्ने सूर्य नेपाल
366.   नेपाल बैंक लिमिटेड असीऔँ वर्षमा
367.   बैंकर्स संघको अध्यक्षमा अनिल शाह निर्वाचित
368.   सिटी एक्सप्रेसको चौथो साप्ताहिक विजेतालाई एलइडि टिभि प्रदान
369.   आईएमईलाई 'रेमिटेन्स कम्पनी अफ द इयर अवार्ड'
370.   ग्लोबल आईएमई र नेशनल फाईनान्स कर्पोरेसनबीच छलफल
371.   एनसेलले पायो ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्ड
372.   कोकाकोलाले ल्यायो सुगर फ्रि 'कोक जिरो'
373.   'आइएमर्इ हात हुदैन खाली' योजनाको बिजेता घोषणा, ४ जनालाई स्कुटर उपहार
374.   एनसेलले ल्यायो ‘रोमिङ् कम्बो प्याक’
375.   कृषि विकास बैंक र इजी लिंकबीच रेमिट्यान्स सम्झौता
Results 894: You are at page 15 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media