सोमवार, असार ३२ गते, २०७५
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
326.   सेञ्चुरी बैकलाई धितोपत्रको अनुमति
327.   पुस १७ गतेदेखि थप विद्युत् आयात हुने, मुलुकभर लोडसेडिङमुक्त गर्ने तयारी
328.   एसबीआई बैंकका दुई नयाँ सेवा सुरु
329.   एनआरएन समूह भित्रिएसँगै जनरल फाइनान्सले थाल्यो कारोवार
330.   सेञ्चुरी बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
331.   रिजेन्ट एयरवेजको पहिलो उडान उत्साहजनक
332.   रिजेन्ट एयरवेजले शुरु गर्दै काठमाडौं उडान, बंगलादेश जान सहज हुने
333.   नेपाल टेलिकम र ओरिडु कतारबीच सम्झौता
334.   आईएमईले उत्कृष्ट साझेदारलाई थाईल्यान्ड भ्रमण गरायो
335.   अमेरिकाले दियो ६६ नेपाली वस्तुलाई भन्सार छुट
336.   मनाङमा प्रभू बैंकको नयाँ शाखा
337.   आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढायो
338.   ग्लोबल आइएमई बैंकलाई ‘बेष्ट इन्टरनेट बैंक २०१६’ अवार्ड
339.   चार महिनामा देश फाइदामा
340.   एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा
341.   मेगा बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
342.   बेष्ट समूहको लगानीमा जनरल फाइनान्स उक्सिदै
343.   देशभर लोडसेडिङ नगर्न भारतबाट थप २२० मेगावाट विद्युत ल्याइदै
344.   एभरेष्ट बैंकले ल्यायो पैसा रकमान्तर गर्ने नयाँ सेवा
345.   इन्भेष्टमेण्ट बैंक पाँचौं पटक ‘बैंक अफ द इयर’ बाट सम्मानित
346.   रेमिट्यान्स बृद्धिदर घटदो, अथतन्त्रमा कस्तो प्रभाव पर्ला ? (भिडियो रिर्पोटसहित)
347.   आइएमई र अक्सिजन सर्भिस इण्डियाबिच रेमिट्यान्स सम्झौता
348.   नेपाली होटल ब्यवसायी संघमा दाहाल
349.   चन्द्रागिरी विश्वकभरकै पर्यटकको गन्तब्यः अर्थशास्त्री साच्स
350.   लोडसेडिङ अन्त्यका यी तिन बाधक, ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण
Results 894: You are at page 14 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media