बुधवार, माघ ०३ गते, २०७४
मंगलवार, २०७४ पुस १० गते ००:०७

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले लगाएको रोक आज सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । 
 
‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’ आदेशमा उल्लेख छ । 
 
एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेको थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो । अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । 
 
सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । 
 
सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ । 
 
अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
276.   बेष्ट रेमिट र रामारोशन माईक्रोफाईनान्स बीच रेमिट्यान्स सम्झौता
277.   एनएमबि बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
278.   प्रभु मनि र रामारोशन माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता
279.   बुम रेमिट र सिद्धार्थ डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
280.   एभरेष्ट बैंकको नयाँ सिइओमा सेठ नियुक्त
281.   जेएमई रेमिट र सनराइज बैंकबीच रेमिट्यान्स सम्झौता
282.   प्रभु लक्की सेभेनको पाँचौ हप्ताका बिजेता थापा दम्पत्तीलाई एलइडि टिभि प्रदान
283.   सिभिल बैंक र बुम रेमिट्यान्सबीच सम्झौता
284.   ‘आइएमई-ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति’ को आवेदन खुला
285.   सिटी एक्सप्रेसको टेलिभिजन उपहार पौडेललाई
286.   बुम रेमिट र भिबोर सोसाइटी बैंकबीच रेमिट्यान्स सम्झौता
287.   एनसेलले पायो फ्रोस्ट एण्ड सलिभन अवार्ड
288.   माछापुछ्रे बैंकको सीइओमा निरज श्रेष्ठ
289.   दसैंको विदाका दिन पनि बैंक खोल्नु पर्ने, भन्सार कार्यालय खुल्ने, दसैं र तिहारमा जम्मा ३ दिन बिदा
290.   एनसेलले ल्यायो डे डेटा प्याक अफर
291.   बुम रेमिट र जनता बैंकबीच रेमिट्यान्स सम्झौता
292.   सिटी एक्सप्रेस र स्वाबलम्बन लघुवित्तबीच रेमिट्यान्स सम्झौता
293.   हिरोको अफर अन्तर्गत यो साताको एक लाख गुप्तालाई
294.   आइतबारदेखि सर्वसाधारणलाई नयाँ नोट
295.   एनसेलले ल्यायो ‘दोब्बर पैसा ब्याक’ अफर
296.   टेलिकमको चाडबाड योजना सार्वजनिक
297.   सम्साराको ‘दशै तिहार दशलाख उपहार’ योजना
298.   बुम रेमिटको नेपाल कम्यूनिटि डेभलपमेन्ट बैंक नयाँ एजेण्ट नियुक्त
299.   बुम रेमिटको थप दुई एजेण्ट नियुक्त
300.   बेष्ट रेमिट र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता
Results 792: You are at page 12 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media